20k
Shares
काठमाडौंं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको खुशियालीमा नेपाली कांग्रेस गोदावरी समितिले दीप प्रज्ववलन गरेको छ ।
नेपाली कांग्रेस गोदावरी नगर समितिको आयोजनामा ललितपुरको चापागाउँमा दिप प्रज्वलन गरेको हो । सर्वोच्च अदालतको संसद पुनःस्थापनाको फैसलाले नेपालीको जित र कानुनि व्यवस्थाको जित हो भन्ने नगरसभापति सुरज श्रेष्ठको धारणासहित सो दिप प्रज्वलन कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, तरुण सभापति बिक्रम बहादुर श्रेष्ठ, तरुण विभाग वागमति सचिव उमेश कायस्थलगायत अग्रज नेताहरुको सहभागिता रहेको थियो ।