ललितपुरका फरार अभियुक्त अनिल खुल्लमखुल्ला हिँड्दै, प्रहरी मुकदर्शक

26.1k Shares

काठमाडौं । विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका ललितपुर लुभुका अनिल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरे पनि प्रहरीसँग सेटिङ मिलाएकै भरमा खुल्लम खुल्ला हिँडेको पाइएको छ ।
गत २०८० साल पुष ४ गते काठमाडौं बागबजारकी एकल महिला रति तण्डुकारकी भार्ई कविन्द्र तण्डुकारलाई प्रयोग गरी रति तण्डुकारको पहिला नै सहीछाप गरेको खाली चेक प्याड लिई सो चेकमा मनलाग्दी रकम भरेर बोन्स गरी कानुनी रुपमा आफूलाई माथि पारी रतिलाई घर न घाटको बनाएपछि न्यायको ढोका ढक्ढक्याउन पुगेकी थिइन् । अनिलले सो खाली चेकमा १ करोड ८६ लाख रुपैयाँ भरी अदालतको आँखामा छारो हाल्ने काम गर्दै रति विरुद्ध मुद्दासमेत दायर गरेका थिए । रतिका भाई कविन्द्र तण्डुकारले पनि ९ लाख ५० हजार रुपैयाँ भरी अदालतमा मुद्दा दायर गरेका थिए । 
रतिले आफूले दिँदै नदिएको चेकलाई बोन्स गरी आफू घर न घाट बनाएपछि न्यायका लागि काठमाडौं प्रहरी परिसर टेकुमा आफू अन्यायमा परेको र बाँच्ने आधारसमेत नभएको भन्दै छानविनको लागि उजुरी दिएपछि प्रहरीले सो उजुरीको छानविन गरी रति पीडित देखिएपछि मिटरव्याजी अनिल र कविन्द्रलाई कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो । प्रहरीले पेश गरेको मुद्दा उपर काठमाडौं जिल्ला अदालतले २०८० साल माघ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो । 
सम्मानित जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेलगत्तै काठमाडौं प्रहरी परिसरले जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी वृत्त स्वयम्भुलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन पत्र जारी गरेको थियो । फरार भनिएका अनिल श्रेष्ठ र कविन्द्र तण्डुकारमध्ये कविन्द्र तण्डुकारलाई दुई हप्ता अगाडि काठमाडौं जिल्ला प्रहरी परिसर परिसर टेकुबाट खटिएको असईको टोलीले पक्राउ गरी जिल्ला अदालत पेश गरेको थियो । त्यसपछि तण्डुकार थुनछेक बहसपछि १ लाख ५० हजार धरौतीमा बेुलकी छुटेका थिए । त्यति नै बेला फरार सूचिमा रहेको अनिल श्रेष्ठ तण्डुकारसँगै भए पनि उनलाई प्रहरीले नचिनेर हो वा सेटिङ मिलेकै भरमा हो अनिल पक्राउ किन परेनन् ? 
यस समाचारको विषयमा अनिल श्रेष्ठसँग साउन २७ गते आइतबार २ः५३ मा ९८५१०७२३५२ मा सम्पर्क गर्दा उनको मोबाइल स्वीच अफ गरिएको थियो । 
अनिल यस्तै अपराधिक गतिविधि पेस्तोल काण्ड, महिला काण्ड, मिटरब्याजी काण्डकै कारण आफू बस्दै आएको लुभुबाट निकालिएर अहिले इमाडोलतिर कोठा भाडामा बस्दै आएका छन् । 

सम्बन्धित समाचार