महोत्तरी । सशस्त्र प्रहरी बलले केही दिनमा नै निरीक्षकदेखि डिआइजीसम्मको सरूवा तयारी गरिरहेको छ ।
यस अर्थमा पनि अहिले महोत्तरीको बिओपी भिट्टामोडका निरीक्षक बिर्ख शाही मात्रै होइन गणका एसपी सुरेश सापकोटा पनि तस्करी चलाएर रकम असुल्न सक्रिय भएका छन् ।
तस्करी मिलाउने र तस्करसँग रकम उठाउने काम नेपाल प्रहरीका भूपू सई मनोज मिश्रले गरिरहेका छन् । उनले व्यापारीसँग सशस्त्रका एसपी र निरीक्षक शाहीको नाममा रकम उठाउने गरेको भिडियो समेत हामीलाई प्राप्त भएको छ । डिआइजी सिपी गौतमसँग पनि आफ्नो नजिकैको सम्बन्ध रहेको भन्दै मिश्रले तस्करीको लाइन मिलाउने र रकमको लेनदेन गरेको भेटिएको छ ।
अहिले भिट्टामोडबाट तस्करीको लाइन पाउनेहरूमा कपडाको काम गर्नेहरू शम्भु , बिपिन , मिठु , वन्ठा, बिनोद, राजकलवाल, रघुवा, शंकर साह, दिनेश साह, बौवाआली छन् भने खसीको तस्करीको लाइन पाउनेमा सयमुन, बिरेन्द्र, मुन्नी, जाकिर, सुरमानी र सतिश झा रहेका छन् । यो नाकाबाट ठूलो तस्करीको लाइन चलेको छ । तस्बिरमा भएका भिट्टामोड बिओपीका निरीक्षक बिर्ख शाही, सेटिङ मिलाउने भूपू सई मनोज मिश्र हुन । एसपी सापकोटाले अहिले तस्करीको लाइन खुलेयाम चलाएका छन् ।