19.2k
Shares
काठमाडौं, ११ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत ईन्जिनियरहरु सडक आन्दोलनमा उत्रिएका छन् । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । हिजोमात्रै उनीहरुले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आज आन्दोलनमा उत्रिने जानकारी दिएका थिए । सोहीअनुसार उनीहरु आज काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।