सिन्धुलीका २३ विद्यालयमा ‘पुलिस टिचर’

14.3k Shares

सिन्धुली । जिल्लाका २३ विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको छ । विद्यार्थीलाई समाजलाई कसरी अपराधरहित, सुरक्षित, सभ्य बनाउन सिकाउन र सामुदायीक सुरक्षालाई संस्थागत गर्न सकिन्छ भनि सिकाउन लागि विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको हो ।

teku final.jpg

जिल्ला सदरमुकामका १० वटा नीजि र १३ वटा सामुदायिक विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । विद्यालयले खेलकुद, सामाजिक वा अन्य कुनै शिक्षकलाई पुलिस टिचरको रुपमा तोकेपछि प्रहरीले उनीहरुलाई नियुक्त गरेको हो ।

जिल्लाका सबै विद्यालयमा पुलिस टिचर नियुक्त गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पुलिस टिचरले आफ्नो विद्यालयका बालबालिकालाई आधारभूत सुरक्षा सचेतना, सडक सुरक्षा, आकस्मिक नम्बरहरुको प्रयोग, लागु औषध मादक पदार्थ, सुर्तिजन्य पदार्थ र साईबर अपराध, बालबालिका, यौनजन्य हिंसा र दुव्र्यवहार सम्बन्धि, सामाजिक विकृति, दाईजो प्रथा, बोक्सीको आरोप सम्बन्धि प्रशिक्षण गर्ने छन ।

यस्तै उनीहरुले विपद जोखिम न्युनिकरण, लैंगिक हिंसासँग आकर्षित कानुनहरु, एकद्धार संकट व्यवस्थापन केन्द्र लगाएतका ’boutमा समेत प्रशिक्षण दिने छन । प्रहरीले ति विद्यालयहरुमा प्रहरी विद्यालय सम्पर्क समिति समेत निर्माण गरेको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार