काठमाडौँ । विगत लामो समयदेखि गायन, संगीत तथा शब्दरचनामा समर्पित हुँदै आउनुभएका राजेश 'एकल'ले फेरी अर्को गीत दर्शकहरुमाझ प्रस्तुत गर्नुभएको छ । एकलले आफ्नै शब्द, संगीत तथा निर्माणमा 'जीवन साथी' बोलको गीत यूट्युबमार्फत सार्वजनिक गर्नुभएको हो ।
यूट्यूबमा राजेश एकल म्यूजिक च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा चर्चित तथा सदाबहार गायक आनन्द कार्की तथा गायिका एन्जिला श्रेष्ठको स्वर रहेको छ भने एरेञ्ज चर्चित संगीतकार सञ्जय खड्कीले दिनुभएको छ ।
त्यस्तै गीतको सिनेमाटोग्राफर रतिश थापा र आदित्य थापाले गर्नुभएको छ भने गीतकाे भिडियाेमा अभिनय तुलाराम थापा र निकिशा दाहालकाे रहेकाे छ । गीतको सम्पादन तथा निर्देशन तुलाराम थापाले गर्नुभएको छ ।
लामो समयदेखि गायन, संगीत र शब्दरचनामा आफ्नो प्रतिभा प्रस्फुटन गर्दै असंख्य गीतहरूमा आफ्नै गायन र शब्दरचनाद्धारा सबैको मन लोभ्याउन सफल व्यक्तित्वमध्ये एक हुन् राजेश ‘एकल’ । वहाँले शब्दरचनासंगै थुप्रै गीतहरुमा आफ्नो सुमधुर आवाज पनि दिईसक्नु भएको छ l एकलकाे थुप्रै शब्दहरूमा नेपालका चर्चित हस्ती शर्मिला बर्देवा, आनन्द कार्की, रामकृष्ण ढकाल, विश्व नेपाली, एन्जेला श्रेष्ठ, बबिता मानन्धर, सुरेश मानन्धर, सुरेनमान शाक्य, मिलन नेवार लगायत अरु थुप्रै गायक गायिकाहरूले स्वर दिइसक्नुभएको छ ।