आयरल्यान्ड ‘ए’ विरुद्ध आरिफ शेखको अर्धशतक

15k Shares

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ का ब्याट्सम्यान आरिफ शेखले अर्धशतक बनाएका छन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले २९ बलमा तीन छक्का र तीन चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् ।

आरिफ शेखलाई अविजित १२ रन बनाउँदै पवन सर्राफले साथ दिइरहेका छन् । आरिफ शेखले अर्धशतक पुरा गर्दा नेपालले १३.३ ओभरमा चार विकेट गुमाएर एक सय १५ रन बनाएको छ । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।

सम्बन्धित समाचार