राष्ट्रियसभा उपाध्यक्ष अर्यालले तोकिन् अध्यक्षको निर्वाचन

15.6k Shares

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको सभालाई जानकारी गराएकी छिन् ।

आइतबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभाको नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएकी छिन् । 

भोलि सोमबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार