काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
उनीहरू आइतबार साँझ बालुवाटार गएको बालुवाटार स्रोतले बताएको छ। ओली आइतबार बिहान पनि बालुवाटार गएका थिए। साँझ ओलीसँगै महासचिव शंकर लामिछाने पनि सँगै गएका छन्।
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार गएका थिए। दिउँसो लामिछाने पनि गएका थिए। आइतबार बिहान प्रचण्ड, ओली र देउवाबीच संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा छलफल भएको थियो।
त्यस्तै, लामिछानेसँग दिउँसोको छलफलमा संक्रमणकालीन न्यायका अतिरिक्त चितवनमा एक छात्राको मृत्यु प्रकरणको विषयमा छलफल भएको थियो।