18.1k
Shares
काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड विस्तारको काम ढिलाई भएपछि जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम आजदेखि आमरण अनशन बसेका छन्।
उनले चार किलोमिटर उक्त सडकखण्ड विस्तार सम्झौताको करिव एक महिना बाँकी रहँदा एक तिहाई पनि काम नभएपछि आज दिउँसो २:३० बजेदेखि आमरण अनशन बसेका हुन्।
गौतमले सडक विस्तारको काममा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन पाँचखाल र धुलिखेल नगरपालिकाको सीमास्थल खावामा आमरण अनशन सुरु गरेको बताइएको छ। उनले जिल्लास्थित सम्पूर्ण निर्माणाधीन सडकको निर्माण छिटो गर्न माग गर्दै आमरण अनशन बसेको बताए।