17.3k
Shares
काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित आधाभार जंगलमा ट्रक र बोलेरो पिकअप एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
बारा प्रहरीका अनुसार मृत्यु हुनेहरूमा बोलेरो पिकअप चालक नुवाकोट जिल्ला, विदुर नगरपालिका–९ कोल्नी बस्ने ३० वर्षका सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी जिल्ला मधुवन थानाग्राम कुन्दनपुर बस्ने २८ वर्षका चन्दन चौहान रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका मगराती र चौहानको उपचारको क्रममा बाराको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए ।