काठमाडौं । प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरबाट सूर्यदर्शन सहकारीसँग सम्बन्धित विवरण भएको एउटा विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।
जोशीको नाममा रहेको काठमाडौंको शंखमुलस्थित घरमा नेचर हब इन्टरनेसनल प्रालिको अफिस थियो। सोही अफिसमा प्रहरीले छापा मारेको हो।
पोखरा प्रहरीको टोलीले काठमाडौं प्रहरीको सहयोगमा बुधबार काठमाडौंको शंखमूलबाट बचतकर्ताको विवरण रहेको आशंका गरिएको विद्युतीय उपकरण नियन्त्रणमा लिएको काठमाडौं प्रहरी स्रोतले बतायो ।
पूर्व डीआईजी जोशी फरार रहेका सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईका पार्टनर हुन् । ग्यालेक्सी टेलिभिजनमा जोशीको पनि लगानी थियो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।