काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा १२.९० प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा २० अर्ब ६ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बिमा शुल्क १८ अर्ब ६२ करोड ७२ लाखको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले समीक्षा अवधिमा तीन अर्ब १६ करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले दुई अर्ब ६४ करोड रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेको थियो ।
नवीकरण बिमा शुल्क १६ अर्ब ८३ करोड छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब ९७ करोड रुपैयाँ नवीकरण बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा ६ अर्ब ८२ करोड पाँच करोड खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले छिटो र छरितो तरिकाले बिमितहरूको दाबी भुक्तानी गर्ने नीति अवलम्बन गरेको जानकारी दिएको छ ।
कम्पनीले नेपाल बिमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा एक खर्ब ८६ अर्ब १० करोड भरपर्दाे एवं सुरक्षित क्षेत्रमा लगानी गरेको बताइएको छ ।
गत आर्थिक वर्षको अन्त्य सम्ममा करिब एक खर्ब ५० अर्ब ८६ करोड रुपैयाँ रहेको जीवन बिमा कोष २१.७४ प्रतिशतले वृद्धि भई करिब एक खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।