17.3k
Shares
काठमाडौँ । नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिएका तीन वर्षीय बालकको आज डिस्चार्ज हुने भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत पुस २७ गते डा. पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा वीरगन्ज, पर्साका ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण सफलता पूर्वक गरिएको थियो ।
उनको आज २ बजे १० दिनपछि डिस्चार्ज गरिने केन्द्रका वरिष्ठ प्रशासक सहायक विश्वनाथ पौड्यालले बताए । उनका अनुसार १५ देखि २० लाख रुपैयाँ कलेजो प्रत्यारोपणमा खर्च लाग्ने भए पनि १५ लाख मात्रै अस्पतालले लिएको छ । ती बालकलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन । प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको पौड्यालले उल्लेख गरे ।