18.2k
Shares
काठमाडौं । त्रिशूली नदीमा गाडी खसेको पुष्टि भएको छ । भारतीय नम्बर प्लेटको गाडी फेला परेको चितवन प्रहरीले जनाएको छ ।
बीआर(९जीसी१४३) नम्बरको सेतो रङको सिंगल क्याब बोलेराे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट बिहान पौने ५ बजे त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।
सडकबाट तलका बोटबिरुवा लछारिएको र नदीको पानीभित्र गाडीको लाइट बलेजस्तो देखिएपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए ।