रोनाल्डो प्रेमिका जियोर्जियाना रोड्रिग्वेज, २ छोरा र ३ छोरीसँग मस्तीमा

18k Shares

काठमाडौं - पोर्चुगलका सुपरस्टार फूटबलर क्रिस्टियानो रोनाल्डो परिवारलाई समय दिनेमा पर्छन् । उनी थोरै समय बच्नेबित्तिकै उनी आफ्नी प्रेमिका र छोराछारीसँग घुम्न जान्छन् ।

यसैबीच, साउदी अरेबियाको अल नासर क्लबमा आबद्ध रोनाल्डोले थोरै समय पाउनेबित्तिकै बुधवार परिवारसँग घुम्न गएको पाइएको छ । उनले कहाँ गएको भनेर खुलाएका भने छैनन् । तर उनी कुनै समुन्द्र किनारतिर घुम्न गएको हुनसक्ने तस्वीरले बताउँछ ।

रोनाल्डो प्रेमिका जियोर्जियाना रोड्रिग्वेज, २ छोरा र ३ छोरीसँग मस्तीमा देखिएका छन् । सन् २०१५ पछि रोनाल्डो स्पेनिस नागरिक जियोर्जियानासँग लिभिङ टुगेदरमा छन् । तर विहे भने गरेका छैनन् ।

रोनाल्डोले सन् २०१० मा भाडाकी आमाबाट अमेरिकामा पहिलो सन्तान जन्माएका थिए । उनी रोनाल्डो जुनियर हुन् । अरु ४ मध्ये २ पनि भाडाकै आमाबाट जन्मिएका बच्चा हुन् । २ छोरी भने जियोर्जियानाबाटै जन्मिएका हुन् । 

सम्बन्धित समाचार