नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतले धरौटीमा छाड्न आदेश दिएका कोही पनि छुटेनन्

16.9k Shares

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश दिएका ७ जना प्रतिवादी आज पनि छुटेनन् । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलले ७ जना प्रतिवादीलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

प्रतिवादीहरू हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको थियो । अदालतले हरिभक्तसँग १५ लाख, शमशेर र नरेन्द्रसँग १०–१० लाख रुपैयाँ धरौटी मागेको थियो । पुर्पक्षको लागि थुनामा रहेका आशिष बुढाथोकीलाई पनि साधारण तारेखमा राख्न उच्चले आदेश दिएको थियो ।

धरौटी माग भएका मध्य तीन जनाले उल्लेखित धरौटी बुझाए पनि कारागारमा आउँदा ढिला भएको र सो प्रक्रियाको फाइल सम्पत्ति शुद्धीकरण विभागमा पठाउँदा ढिला उनीहरु नछुटेका हुन् । कारागारले धरौटीमा छुट्ने प्रकृयाका लागि सम्पति शुद्धीकरणमा पठाएपछि सो कार्यालयको निर्देशन अनुसार उनीहरु छुट्नेछन् ।

साधारण तारेखमा छोड्न आदेश दिएकालाई पनि अख्तियार सम्पति शुद्धिकरणमा बुझाउनुपर्ने भएका कारण नछुटेको कारागार स्रोतले बताएको छ ।

उच्च अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग ३० लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।उनीहरूले भने धरौटी बुझाएका छैनन् ।

सम्बन्धित समाचार