जसपाका केन्द्रीय सदस्य रौनियार एमालेमा प्रवेश गर्दै

14.9k Shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनियार (पर्सा) नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनी मंसिर ५ गते एमालेमा प्रवेश गर्न लागेका हुन् ।

पर्सामा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले उनलाई प्रवेश गराउने जनाइएको छ । रौनियारले पर्सा क्षेत्र नम्बर ३ बाट २०७४ मा चुनाव जितेका थिए ।  

सम्बन्धित समाचार