घुमुवा भन्दै असुली धन्दा मच्चाउने सशस्त्रका दुई जना स्थानीयको कब्जामा

21.5k Shares

सम्सी । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनबाट घुमुवा परिचालन नगर्ने उद्घोष गरेको पनि डेढ बर्ष बितिसक्यो । अहिले पहिले जस्तो घुमुवा परिचालन भएको त देखिँदैन तर पनि गण र धेरै बिओपी पतिहरूले घुमुवा परिचालन गरिरहेका छन् । तर मुख्यालयबाट घुमुवा परिचालन गरेको त सुनिएको छैन ।
गते शनिबार सांझ महोत्तरीको सम्सी नाकामा आंफुहरू सशस्त्र मुख्यालयको त कहिले पोखरवृन्द र सम्सी बिओपीको घुमुवा भन्दै व्यापारीसंग रकम असुली गरिरहेका दुई जना सशस्त्र प्रहरीलाई जनताले घेरा हालेपछि रंगेहात पक्राउ परेका छन् । 
सम्सीमा जनताले रंगेहात पक्राउ परेकामा सहायक हवल्दार इमाम आलम र सन्तोष यादव भएको सशस्त्र प्रहरी बल बिओपी सम्सीले जानकारी दिएको छ । उनीहरूले सम्सीबाट रामगोपाल जाने बाटोमा घरायसी पूजाआजाको लागि टेम्पोमा ल्याएको किराना सामान रोकेर बार्गेनिङ गरेपछि बिबाद भएको थियो । पहिले सशस्त्र मुख्यालय र पछि आलमले सम्सी बिओपी एवं सन्तोषले पोखरवृन्द बिओपीको घुमुवा भएको बताएका थिए । त्यसपछि स्थानीयले स्थानीय जनप्रतिनिधिलाई बोलाएपछि उनीहरू भाग्न खोजेका थिए ।
स्थानीय जनप्रतिनिधिले यी दुबै बिओपीका निरीक्षकहरूलाई बोलाएर सोधपुछ गरेपछि उनीहरू महोत्तरीमा कार्यरत नभएको खुलेको हो । स्थानीयले जनताले घेरेपछि सम्सीका निरीक्षक कमल र पोखरवृन्दका निरीक्षक सुदर्शन खतिवडा घटनास्थल पुगेका थिए । सोधपुछ पछि थाहा भयो कि सन्तोष यादव २० नम्बर गण काठमाडौं र आलम ईलाम दरबन्दी भई अस्पतालमा नक्कली बिरामीका नाममा काजमा बसेका रहेछन् । उनीहरू बिदामा र आउट गएर अहिले पनि घुमुवाको रूपमा असुली धन्दामा सक्रिय रहेको यो घटनाले पनि पुष्टि गरेको छ । यी दुबै जना मधेस प्रदेशमा लामो समयदेखि घुमुवाको रूपमा कार्यरत भई धेरै बदनाम भए पछि पहिले काज र पछि सरूवामा परेका थिए । इलाम दरबन्दी भएर अस्पतालमा नक्कली बिरामी बनेर काजमा बसेका आलम सधै बारा र पर्सा मात्रै होइन मधेस प्रदेशमा अहिले पनि घुमुवा बनेर हिडिरहने गरेको समेत खुलेको छ ।

सम्बन्धित समाचार