18k
Shares
घोराही । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन् ।
दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुने गरी जनताको पक्षमा काम गरेर देखाउन चुनौती दिए ।
सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने गर्दै आएको टिप्पणी गरे ।
जनताको पक्षमा काम गर्न भनेर गएका दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गाली गर्नमा मात्र समय खर्चिएको उनको भनाइ छ । उनले पार्टीको भन्दा जनताको समस्याका बारेमा चिन्ता लिन सुझाव दिए । रासस