17.7k
Shares
सुनसरी । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो घुससहित पक्राउ परेका छन् । उद्योगमा बिद्युत् क्षमताबृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले महतोलाई पक्राउ गरेको हो ।
क्त रकमसहित उनलाई इनरुवा नगरपालिका वडा नम्बर ३ बाट मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।