कोटेश्वरमा अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता संचालन

19.5k Shares

काठमाडौं । १० औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता कोटेश्वर डोजोमा हिजो शनिबार संचालन भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा सन्चालन भएको सो प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले गरेका थिए । 
सो कार्यक्रममा मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि महर्जनले यो यस्ता प्रतियोगिताले खेलाडीहरुको मनोबल बढेको र यसले तेक्वान्दो खेलको बिकासमा अझै सहयोग पुगेको भन्दै आयोजकलाई बधाई दिँदैै यस्ता प्रतियोगिता  नियमित रुपमा  हुनु पर्ने बताएका थिए ।
उद्घाटनका अवसरमा स्वागत मन्तव्य राख्नु हुँदै प्रतियोगिताका संयोजक कोटेश्वर डोजाङका प्रमुख साथै नेपालको तेक्वान्दो खेलका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले  सबै तहका खेलाडीहरुलाई अवशर दिने र उनिहरुको आत्मबल उचो बनाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको जानकारी गराएका थिए । उक्त  कार्यक्रममा आयोजकको तर्फबाट संयोजक नवीन श्रेष्ठले  प्रमुख अतिथी भरत महर्जनलाई मायाको चिनो प्रदान गरेका थिए  भने सोही अवसरमा तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामा र काठमाडौ जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा अन्तरास्ट्रिय निर्णायक अशोक खड्कालाई पनि सम्मान गरियो । 
काठमाडौका ८ वटा डोजाङको सहभागिता रहेको प्रतियोगितामा करिब दुईसय जना खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता उद्घाटनका अवशरमा रा.खे.प. तालिम बिभागका उपनिर्देशक हिमाल दहाल, कोरियाली तेक्वान्दो प्रशिक्षक कोओन योङ्ग दल, प्रशिक्षक हेमन्त डागी, नोर्बु लामा, हिरा बहादुर थापालगायत जिल्ला संघका अध्यक्ष र  १३ औ सागका पदक बिजेता राष्ट्रिय खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार