कैलालीबाट दुई बालक बेपत्ता

24.2k Shares

धनगढी, ३२ साउन । कैलालीबाट दुई बालक बेपत्ता भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीबाट दुई बालक बेपत्ता भएका हुन्। 

आफन्तका अनुसार नगरपालिकाको वडा नम्बर ५ अण्डैयाका कौशल चन्द र कुचैनीका लक्ष्मण साउँद वेपत्ता भएका छन्। उनीहरु कुचैनीकै शिव नमुना माविमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए। 

उनीहरू दुबै जना बुधबारदेखि वेपत्ता भएका हुन्। उनीहरू दुबै जना १२ वर्षिय हुन्। उनीहरूलाई फेला पार्नेले नजिकको प्रहरी कार्यालय अथवा मोबाइल नम्बर ९८४७५४५७७१ र ९८२१६४५०७६ मा सम्पर्क गर्न भनिएको छ।

 

सम्बन्धित समाचार