ललितानिवास जग्गा प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्ण राउत पक्राउ

20.3k Shares

काठमाडौँ । सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो ।

ललितानिवास जग्गा प्रकरणमा प्रहरीले ५ जना पूर्वसचिवविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । मन्त्रालयको आर्थिक प्रशासन शाखामा अधिकृत रहेको समयमा जग्गा सट्टा भर्ना र नक्कली मोहीलाई जग्गा कायम गर्नेसम्बन्धी टिप्पणी उठाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

ललितानिवास काण्डमा तत्कालीन भौतिक योजना मन्त्री विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाइसकेको छ । बहालवाला सचिव पक्राउ परेसँगै अन्य पूर्वसचिव समेत तानिने सम्भावना बढेर गएको छ । ललिता निवास क्षेत्रमा बाटो बिस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धानबाट खुलेकाे छ।

सम्बन्धित समाचार