ललितपुर/किताबी ज्ञानमा मात्र सिमित नराखी व्यवहारिक ज्ञानमा पनि जोड दिन एम्स इन्टरनेशनल कलेज, लगनखेलले पूर्ब घोषित कार्यक्रम अनुरुप बि.बि.एस. दोस्रो बर्षका विद्यार्थीहरुलाई असार १६ र १७ गते (दुई दिने) सुकुटे भ्रमण गराएको छ ।
भ्रमणमा शिक्षक र विद्यार्थी सहित ३६ जनाको जम्बो टोली सहभागी थिए । साथै हालै सम्पन्न फुटसलको बिजेता टोली समेत पुरस्कार स्वरुप सो टुरमा सहभागी थिए ।
टुरमा विद्यार्थीहरुले साँगामा अवस्थित महादेबको दर्शन, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीको दर्शन गर्ने मौका पाएका थिए भने सिन्धुपाल्चोकमा पर्ने सुकुटे बिचको पनि आनन्द प्राप्त गर्ने अवसर पाएका थिए ।
उक्त भ्रमणमा विद्यार्थीहरुले आन्तरिक पर्यटन तथा प्रबद्र्धन, साना तथा घरेलु व्यवसाय संचालन, व्यवसायका विभिन्न प्रकारका बारेमा जानकारी, उद्यम सञ्चालन बारेमा जानकारी प्राप्त गरेका थिए ।
हरेक बर्ष आयोजना गरिने यस किसिमका कार्यक्रमहरुबाट विद्यार्थीहरुले विभिन्न आन्तरिक, बाह्य एवं मनोरञ्जन लगायत अनुशासन, आत्मीयता, नेतृत्व विकास, कार्य प्रतिको जवाफदेहीता, जिम्मेवारीपन बृद्धि गर्ने कुरामा कलेजले विश्वास लिएको छ ।















