19k
Shares
काठमाडौं, ३१ जेठ । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकाहरु सहभागी भएका छन् यसअघि बुधबार नै संसद्को संयुक्त बैठक सञ्चालन तथा समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै छलफल बहिस्कार गरेका उजुरीकर्ताहरु समितिको वैधतामाथि सामूहिक छलफल गर्ने सहमतिपछि बैठकमा सहभागी भएका हुन् ।
समिति सचिव पदम पाण्डेलगायत सचिवालयसँग भएको छलफलपछि अधिवक्तासमेत रहेका युवराज कोइरालासहित उजुरीकर्ता छलफलमा सहभागी भएका हुन् । बुधबार उजुरीकर्तासँग छलफल गर्न लागेको समितिले बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग अन्तिम सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ । कार्कीविरुद्ध २९ वटा उजुरी दर्ता भएका छन्।