काठमाडौं । कलाकार हरिवंश आचार्य र पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त भएका छन् । १६ दिनपछि होम आइसोलेसनमा बसेका आचार्य दम्पतीले घरमै बसेर कोरोनालाई जित्न सफल भएका हुन् । गत असोज २० गते पीसीआर परिक्षण गर्दा उनीहरुमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।
हरिवंश आचार्य आफैले आफुहरु दुवैको रिपोर्ट निगेटिभ आएको जानकारी दिएका छन् । हरिवंश आचार्यले कोरोना संक्रमण मुक्त भएपछि फेसबुक मार्फत स्वास्थ लाभको कामना गर्नेहरु सबैलाई धन्यवाद व्यक्त गरेका छन् । आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जालबाट दिएका थिए ।
उनले भने,'कोरोना संक्रमण ब्यापक रुपमा फैलिएकाले सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।'
कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका बेला हरिवंशले कोरोनालाई सामान्य नठान्न आग्रह गर्दै यसपटकको दशैंमा आफ्नो घरमा टीका लगाउन नआउन उनले सबैलाई भनेका थिए ।