अनुदानमा दिँदै अाएकाे मल सरकारद्वारा कटाैती, किसान मारमा

17.7k Shares

 काठमाडौं । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान कटौती गरेसँगै किसान मारमा परेका छन् । यससँगै समयमा मल पाउन नसकेका किसानले अब मूल्य पनि बढी तिर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले सम्हालेको कृषि तथा पशुपन्छी मन्त्रालयले २७ फागुनमा मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको हो ।

यसअनुसार सोमबार (२९ फागुन) मध्यान्ह १२ बजेपछि आयात भएको मल किसानले किलोमै ११ रुपैयाँसम्म महंगो तिर्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार २६ फागुन अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डिएपी ७ र पोटास ९ रुपैयाँले महँगो पर्नेछ ।

बढेको मूल्यअनुसार किसानले यूरिया मलको प्रतिकिलो मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ तिर्नुपर्ने छ । यसअघि १४ रुपैयाँमा यूरिया, ४३ रुपैयाँ किलोमामा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास मल किन्न पाइन्थ्यो ।

सम्बन्धित समाचार