अर्जेन्टिनालाई आज ‘गर या मर’ को अवस्था

18.9k Shares

दोहा– कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ मा आज बुधवार मध्य रातिको खेल अति नै महत्वपूर्ण रहेको छ । किनभने स्टार फुटबल् लियोनेल मेस्सीको टीम अर्जेन्टिनाको भाग्य आज रातिको खेलमार्फत निर्धारण हुनेछ ।

आज राति १२ः४५ बजे हुने अर्जेन्टिना र पोल्याण्डबीचको खेलसंगै त्यही समयमा साउदी अरब र म्याक्सिकोको प्रतिस्पर्धा पनि रोमाञ्चक हुने देखिन्छ । यी दुई खेलबाट अर्जेन्टिनाको भाग्यको निर्णय हुनेछ । किनभने यदि आज अर्जेन्टिनाले हार्यो भने विश्वकप २०२२ मा उसको यात्रा यहिँ समाप्त हुनेछ ।

ग्रुप ‘सी’ का लागि बुधवार राति समुह स्टेजको अन्तिम दिन हो । अहिले पनि अर्जेन्टिना यो समुहको दोस्रो नम्बरमा रहेको छ भने पोल्याण्ड पहिलो स्थानमा रहेको छ । यदि पोल्याण्ड–अर्जेन्टिनाको खेलमा पोल्याण्डको जीत भयो भने यो टीम समुह विजेताको रुपमा राउन्ड–१६ का लागि छनोट हुुनेछ । तर, यदि पोल्याण्ड हार्यो भने उसले मेक्सिकोको जीतका लागि प्रार्थना गर्नु पर्ने हुन्छ ।

अर्जेन्टिनालाई राउन्ड–१६ मा पुग्नका लागि जीतको आवश्यकता रहेको छ । यदि अर्जेन्टिनाले आज रातिको खेल जित्यो भने उ सोझै राउन्ड–१६ मा प्रवेश गर्नेछ, तर यदि खेल ड्र भयो भने पनि अर्जेन्टिनाका लागि एउटा मौका बाँकि रहने छ । यस्तो स्थितिमा मेक्सिकोले साउदी अरबलाई फराकिलो अन्तरले हरायो भने ड्र भएर पनि अर्जेन्टिना राउण्ड १६ मा पुग्न सक्छ । यदि अर्जेन्टिना पराजित भयो भने विश्वकपबाटै बाहिरिने छ ।

सम्बन्धित समाचार