-डी. बी. नेपाली
मानव सभ्यताकाे इतिहास र विकासकाे गति बारे जति ब्याख्या गरिदै आए पनि , जति इतिहासका पाना भरे पनि आँखिरमा " जिस की लाठी उस की भैंस" भन्दा एक कदम अगाडि बढेकाे कतै देखिन्न,वर्गिय बिभाजन संसारमा कतै पनि मेटिएकाे देखिन्न ,हाे सडकहरु बने,बिल्डिङ्गहरु बने,एक से एक मै हुँ भन्नेका सरकार बने, आकाशमा गुड्ने हवाइ जहाँज बने, पानीमा सफर गर्ने नाउ र जहाज बने, पृथ्वी टुक्र्याएर राष्ट्रहरु बने, स्वास्थ्य उपचार गर्ने अस्पताल बने,शिक्षा हाँसिल गर्ने विद्यालय बने , मान्छेहरु भगवान बने, राजा बने, सम्राट बने, नेता बने, साधु सन्त बने, डाकटर बने, इन्जिनियर बने,पाइलट बने, किसान बने, मजदूर बने, उच्च र निम्न जाति बने, गाेरा र काला बने, राजा र रंक बने तर जति सुकै र जुन सुकै व्यवस्ता लाधे पनि मान्छे बनेकाे इतिहास कतै कसैले पनि काेरेकाे या काेर्ने आँट गरेकाे देखिन्न ? मनुश्य अविकसित भएकाे,शिक्षित नभएकाे, बस्ने, उड्ने गुड्ने सुविधा नभएकाे वेला बरु मानवीय भावना राख्थ्याे तर जति जति विकास गर्दै गयाे मानवता हराउदै गएकाे देखिन्छ । अंझ भन्नु पर्दा या व्यवहारमा छर्लङ्ग देखिएकाे जब बस्तु साटासाट या जाे संग धेरै जमिन र वस्तुहरु हुन्थ्याे त्याे ब्यक्ति समाजमा धनी या सम्पन्न भनेर चिन्ने अवस्तासम्म मानवीयता र सद्भाव जीवित थियाे तर विस्तारै समाजकाे विकास र उन्नति वस्तु र जग्गा जमिनबाट समाजमा सम्मानित , आदरणीय र सम्पन्नताकाे मापडण्ड पैंसा,नेता र साधुसंतलाई आम नागरिककाे श्रेर्णीबाट माथि राखेर सम्पन्ता,महानता,उच्च र सफल मानव भनेर समाजमा भ्रमकाे हाइब्रिड खेती गर्ने चलन शुरु भयाे तब देखि मानवीयता याे ब्रह्माण्डबाट नै हराएकाे कुरा भन्नै पर्दैन प्रष्ट देखिएकाे छ ।
आज सभ्यता,समानता,समानुपातिक, सुशासन, न्याय कानुनका कुरा जति गरे पनि आँखिर प्रेक्टिसमा उतारेकाे कतै देखिन्न । राष्ट्रकाे बारेमा जति सुकै राष्ट्रवादी हामी मात्रै हाैं भनेर घाेषणा गरे पनि आँखिर कतै न कतै दक्षिण र पश्चिमी दरवारमा हाजिरी लगाएर नेपालकाे सत्तमा राखी दिन भनेर नेपालका प्राय: सबै दलका नेताहरू पुग्ने गरेकाे इतिहास कसैबाट लुकेकाे छैन । खासगरी २००४ साल पछि नेपालकाे राजनीतिमा साउथ ब्लककाे प्रष्ट हात रहेकाे देखिन्छ । २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएकाे भनेर हालसम्म आइ पुग्दा प्रत्येक बर्ष हामीहरू प्रजातन्त्र दिवस मनाउदै आइरहेका छाैं तर याे सात दशककाे इतिहासमा खाेइ त नेपाली जनताले प्रजातन्त्रकाे अनुभूति गरेकाे ? याे सम्झाैताकाे एउटा मुख्य पक्ष नेपाली काँग्रेसका नेता तथा तल्कालिन गृह मन्त्री बनेका बि. पी. काेइरालाले आफ्नु आत्म वृतान्तमा दिल्ली सम्झाैतालाई काल्पनिक भनेकाे र डाक्टर के. आइ. सिंह ( कुँवर इन्द्रजित सिंह ) ले अस्वीकार गरेकाे भनेर लेखेकाे पाइन्छ । राणाहरूकाे अचाक्ली बढ्दै गएकाे कुरा राजा त्रिभूवनलाई मन परेकाे थिएन याे कुरा राणाहरूले थाह पाए पछि उनलाई मार्ने या सत्ताच्युत गर्ने याेजना बन्न थाल्याे राजा त्रिभूवनले याे थाह पाए पछि कार्तिक २१, २००७ सालमा भारतीय दुतावासमा जृठा छाेरा महेन्द्र र नाती बीरेन्द्र सहीत शरण लिन पुग्छन र २३ गते राजा त्रिभूवन भारतीय दुतावासले हवाइ मार्ग द्वारा दिल्ली पुर्याउछ यता तत्कालिन प्रधानमन्त्री माेहन शम्शेरले ४ बर्षकाे ज्ञानेन्द्रलाई गद्दी आराेहण गराउछन् ।
दिल्लीमा तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले राजा त्रिभूवन,नेपाली काँग्रेस अनि राणाहरुसंग छुट्टाछुट्टै भेटघाट गरेर राणा, नेपाली काँग्रेस र राजा त्रिभूवन बीच त्रिपक्षीय सम्झाैता गर्न लगाउछन, जसलाई दिल्ली सम्झाैता भनिन्छ त्याे सम्झाैता माैखिक थियाे । याे सम्झाैता भएपछि फागुण ४ गते २००७ साल राजा त्रिभूवन भारतका पूर्वप्रमुख सचिव गाेविन्द नारायणलाई नेहरुकाे हुकुममा आफ्नु नीजि सचिव बनाएर नेपाल फर्किन्छन् र फागुण ७ गते २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएकाे घाेषणा गर्छन् र नेपाली काँग्रेस र राणाहरुकाे गठबन्धनकाे भागबन्डे सरकार गठन गरिन्छ तर स्वयं काँग्रेस आफैमा र राणाहरुमा पनि आपसमा प्रधानमन्त्री र अन्य मन्त्री बन्ने सत्ताकाे लुछाचुडीमा स्थायी सरकार बन्न सक्दैन । ०७ सालकाे प्रजातन्त्र घाेषणाकाे मुख्य उद्देश्य थियाे संसदकाे चुनाव गराउने र संबैधानिक प्रजातान्त्रिक सरकार बनाउने तर लाधे र अह्राएकाे काम भने जस्ताे कहाँ हुन्छ लगभग आठ बर्ष आलाे पालाे र भागबन्डाकाे खिचडी पाक्दै गयाे । यसरी नेपालकाे राजनीतिमा प्रजातन्त्र स्थापनाकाे निहुमा बिदेशी कठपुतलीहरुले सत्ता लुछाचुडी गर्न थाले । याे कुरा युवराज महेन्द्रलाई पटक्कै मन परेकाे थिएन जब २०११ फागुण ३० गते राजा त्रिभुवनकाे जुरिक स्विटजरलैण्डमा ४८ बर्षकाे उमेरमा मृत्यु भएपछि चैत १, २०११ मा महेन्द्र नेपालकाे १० ओैं राजा भए अनि २०१५ सालमा संसदकाे चुनाव गराएर बिशेश्वर प्रसाद काेइरालाकाे नेतृत्वमा नेपाली काँग्रेसकाे एकमना सरकार बन्याे तर त्याे दुइबर्ष मै राजा महेन्द्रले २०१७ साल पुस १गते कु गरेर सबै दलहरुमा प्रतिबन्ध लगाउदै नेताहरुलाई जेलमा काेचेर सत्ताकाे सबै लगाम आफ्नु हातमा लिए र नेपालमा निर्दलीय पञ्चायति शासन लागु गरे याे व्यवस्थामा राजा स्थिर भए पनि राजाले चुनेका प्रधानमन्त्रीहरू भने राजाले जतिखेर चाह्याे बदल्न सक्ने अधिकार राजामा थियाे ।
यसरी ३० बर्ष निरंकुश पञ्चायती शासन चल्याे तर फेरी २०४६मा साउथकै नेताहरु आएर नेपालका नेपाली काँग्रेस,कम्युनिष्ट लगायत अन्य पञ्याती व्यवस्था बिराेधी दलहरुलाई पञ्यायती व्यवस्ता फाल्नमा सहयाेग गर्ने आश्वासन दिए पछि सबैदलहरू मिलेर आन्दाेलनमा हाेमिएर आँखिर २०४६ मा राजालाई बहुदलीय व्यवस्था घाेषणा गर्न बाध्य पारे र २०४७ मा अन्तरिम संबिधान बनाएर संसदीय चुनावमा सबै दल लागे तर यति खेर पनि सत्ताकाे लुछाचुडीमा लाग्दा बहुमतका सरकार पनि टिक्न सकेनन् देश झन्झन् अस्थिरतामा अल्झिदै गयाे २०४६ काे जनआन्दाेलनकाे एउटा प्रमुख दल कथित जनयुद्धकाे भारी बाेकेर दश बर्षसम्म १७ हजार जनताकाे वलि र अथाह राष्ट्रिय सम्पत्ति खरानी बनायाे युवाहरु राेजगारी खाेज्न खाडी जान बाध्य बनायाे भने ०५८मा बीरेन्द्रकाे वंशनाश अनि राजा ज्ञानेन्द्रद्वारा सत्ता आफ्नु हातमा लिएर शासन चलाउन खाेज्दा फेरि भागबन्डे डिप स्टेटका दलालहरु मिलेर ०६४काे जनआन्दाेलनले राजालाई त फेरी फर्किन नसक्ने गरी बिस्थापित त गर्याे तर लडाइकाे र आन्दाेलनकाे स्वरुप उही रह्याे परिवर्तन भनेकाे देश टुक्राटुक्रा पारेर भागबन्डा गरि लुट्ने केन्द्रदेखि गाँउसम्म सिंहदरवार पुर्याउने नाममा हजाराैं राजा चुनेर राष्ट्रीय ढुकुटी लुटेर देश टाट पल्टाउने राष्ट्रलाई लुसिफरकाे आज्ञाकारी बनाएर धर्मनिरपेक्ष बनाउने बाहेक राष्ट्र र जनताले खासै कुनै उपलब्धी हासिल गरेकाे अनुभुति सम्म पनि गर्न सकेकाे कतै देखिन्न भने पुरानाले केही गरेनन् । भ्रष्टाचार, तस्करी, नेपाेबेबी, मानव तस्करी, कुशासन आदिलाई बढावा दिए यिनीहरुलाई सफाया गर्नु पर्छ भन्दै ७२ जनाकाे वलि सिंहदरवार,सर्वाेतच्च अदालत,मालपाेत आदि खर्वाैंकाे राष्ट्रिय सम्पत्ति आगाे लगाएर गरेकाे परिवर्तन या आन्दाेलनले आँखिर दियाे त के ?
कुनै एउटा बिदेशी डाेनरबाट डाेनेशन लिएर एउटा एनजिओ चलाइ रहेकाे र कुनै संस्थासंग रिलेटेड एउटा ब्यक्तिले प्रधानमन्त्री, मन्त्री बनाउन, सेना, प्रहरी, राष्ट्रपति लगाएत दलका नेताहरुदाई खुल्लमखुला धम्की दिने कुराहरु छर्लङ्ग देखिदा पनि कसैले चुइक्क गर्न सकेकाे देखिन्न । काेराेना आतंकले जसरी संसार भरिका मान्छेलाई मुखमा मास्क लगाएर चुप गराएकाे थियाे त्यस्तै आतंक अहिले नेपालकाे राजनीतिमा देखिएकाे छ। माने माने नमाने अपहरण गरेर पनि उसकाे अर्डर मान्न बाध्य पारकाे भन्ने कुरा जताततै चर्चामा छ त्यसकाे कसैले नखण्डन गर्छ न प्रतिराेध कसैले गरेकाे देखिन्छ । राष्ट्र, जनता, तस्करी, भ्रष्टाचार, कुशासन, मानव बेच बिखनका कुराहरु उठ्नै छाेडीसके । नयाँ हुन या पुराना सबैकाे आन्द्रा भुडी खाेतल्ने हाे भने भगाएका दलका नेता हुन,या जेलबाट भगाइएका दलका नेता हुन या,जेन्जीले चुनेका नेेता तथा मन्त्री कतै न कतै भ्रष्टाचारमा मुछिएकै भन्छ मिडिया । अनि चुनाव गरेर यही संविधान,यही व्यवस्था र उनै दल र नेताहरु नै चुन्न चुनाब मात्रै गराउनु थियाे भने दुइ बर्ष पछि त चुनाब आफै हुँदै थियाे यत्राै नाैटंकी केका लागि ? राष्ट्र र जनताकाे कुनै ओैचित्य रहेन छ जाे जी हुन सबै एउटा दलाल नेताका अगाडि पछाडी जाे हुकुम सरकार भनेर लागेकाे देखिन्छ !
आँखिर २००७ साल पछि भएका या कसैले गर्न लगाएका कथित जनआन्दाेलनबाट आम नेपाली जनताले राेजगारीकाे लागी खाडी पुग्नै पर्ने बाध्यता बाहेक पाए के त ? ठग, भ्रष्ट, तस्कर,कमिशनखाेर, बलात्कारी, मान्छे बेच्ने दलाललाई नेता मानेर हिड्नु पर्ने बाध्यता बाहेक जाे हुकुम सरकार भनेर मान्नै पर्ने याे संघीय गाँडतन्त्रकाे के नेपाल र नेपाली जनतालाई नभै नहुने बाध्यता छ । हामीले जति सुकै विज्ञान र उन्नतिका हवा गफ हाँके पनि हाम्राे हैसियत बिदेशी गल्लीमा सिट्टी र डण्डा बजाउने मात्रै हाे त ? वर्तमान भारतका ७/८ सय राव्य कब्जा गरेर हैकम चलाउने संसार खाने ब्रिटिशसंग लडन सक्ने हिम्मत शाहस र ताकत राख्ने नेपाली आज भिगी बिल्ली भएर कसैकाे कठपुतली भएर जाे हुकुम सरकार भनेर कसैकाे इशारामा नाच्ने बाँदर बनेर निरिह भएर हिंडनु र तिनैका एजेन्टहरूकाे जालाेमा फंसेर हिड्ने प्रवृति वर्तमान राजनीतिमा हावी हुनु नेपाली जनता र राष्ट्रकाे लागि अत्यन्त घातक हुन सक्ने वातावरण बन्दै गएकाे प्रष्ट देखिन्छ ? याे डिप स्टेटकाे षडयनत्र र नेपाली दल्लाहरुकाे सफाया गर्न कुनै वादी या जेन्जी हाेइन नेपाली चाँहिन्छ ,पृथ्वी र महेन्द्र जस्ताे राष्ट्र प्रति माया गर्ने नेपाली सपुत चाँहिन्छ ।