आइसियुको अन्तिम अवस्थाबाट बाँचेर आउन सफल व्यक्ति चक्र बहादुर शाह !

20.8k Shares

डाक्टर पूर्ण शाही 

उमेर ले ६० बसन्तपार गरिसकेका चक्र बहादुर शाह 'क' श्रेणीका निर्माण व्यवसायी हुन्। नाताले मेरो दाजु, हामी दुई भाइको एकदमै घनिष्ठ सम्बन्ध आजसम्म रहेको छ। आज भन्दा करिब २० बर्ष अगाडि रगतमा चिनि (ब्लड-सुगर) बढेर गयो र तपाई मधुमेह (डाईबेटिज) को रोगी हुनुभयो भनेर आधुनिक मधुमेह र‍ोग बिशेषज्ञ तथा डाक्टरको सल्लाह अनुसार रक्त-चिनि घटाउने चक्कि (ट्याबलेट) सेवन गर्न शुरु गरे, जुन बेला उहाँको स्वास्थ्य अवस्था  सामान्य स्वस्थ मानिस भन्दा पनि राम्रो थियो। चार वर्षसम्म लगातार रक्त-चिनी कम गर्ने चक्कि खाँदै जाँदा रगतमा चिनीको मात्रा घट्नुको सट्टा झन् बढेर प‍‍ो गयो र डाक्टरको सल्लाहमा रक्त-चिनी कम गर्ने ईन्सुलिन प्रयोग गर्न शुरु गरे तर शारीरिक एवं मानसिकरुपमा भने वहाँ एकदमै स्वस्थ थिए। दवाई ईन्सुलिनको मात्रा बढ्दै गयो तर स्वास्थ्य अवस्था भने सप्रिनुको सट्टा बिग्रँदै गयो।

यसरी मेडिकल माफियाको जालोको चक्करमा फंसेर कुनैपनि शारीरिक र मानसिक समस्या नै नभएकाे तर रगतमा चिनि धेरै देखिएको भन्दै चिनी कम गर्ने बहानामा स्वास्थ्यलाई घात गर्ने बिषालु दवाईको प्रयोग गर्दा गर्दै शरिरले कतिसम्म थेग्न सक्ने त ! ४ बर्ष सम्म रक्त-चिनि घटाउने चक्की र १२ वर्षसम्म लगातार बिषाक्त ईन्सुलिन शरिरमा घोच्दा घोच्दा शरिर भित्रको रगत दुषित हुंदै हुंदै गयो र अन्तत्वगत्व सम्पुर्ण अंगहरु  कमजोर हुँदै गए। यति मात्र भएन फेरि नक्कली महामारीको नाम मा ६ वर्ष जति अगाडि कोभिड-१९ को विभिन्न डर-त्रास भुमरीमा पार्दै, परिबन्ध र बाध्यताले घेर्दै,  बिभिन्न जालझेल गर्दै मान्छे मार्ने कोरोनाको भ्याक्सिन लगाई सकेपछि झनै शरीर गल्दै  गयो र दुईटै खुट्टा सामान्यरुपमा दगुर्न उफ्रिन पनि नसक्ने भए र हिडिरहेका बेला पनि घ्वाच्च अगाडि लड्ने, घ‍ोप्टिने अवस्थामा पुगे, खुट्टाको समवेदना चाल पाउने क्षमता हराउँदै गयो। आजभन्दा साढे तीन बर्ष जति अगाडिको कुरा हो, एक दिन राती उहाँलाई झाडावान्ता भएर नथामिएपछि राती नै नजिकको अस्पताल लगेर भर्ना गरियो।IMG-20260102-WA0006.jpg

प्राकृतिकरुपमा त्यस्तो झाडावान्ताको माध्यमबाट स्वयं शरिरक‍ो प्रणालीले शरिर भित्र जमेको विजातिय द्रव्य (मल/बिकार) सफाइ गरेको कुरा बुझ्नु पर्ने हुन्छ तर नबुझेर विभिन्न भ्रमले उहाँको राती नै अस्पताल लगेर उपचार शुरु भयो, उपचार गर्दै जाँदा स्थिति झनै बिग्रेको कुरा लगत्तै बिहान मलाई जानकारी भयो र मलाई पनि अस्पतालमा भेट्न जान सबै आफन्तहरुवाट करकाप हुन थाल्यो। अब म प्राकृतिक चिकित्सक जो यी शरिरमा दवाईको नाममा विष प्रयोग गरेर स्वस्थ मानिसहरुलाई जबरजस्ती बिरामी बनाउने अस्पताल-उपचार नै बन्द गर्नुपर्छ, यदि हामी स्वस्थ हुन चाहन्छौं भने, भनेर जन चेतना जगाइरहेको मान्छे मैले त्यो अस्पतालमा गएर मेरो आफ्नो  उपचार पध्दती प्रयोग गरेर उपचार गर्न नपाउने ठाउँमा  के गर्न जाने त !!!

बिरामीलाई त्यहाँबाट छुटाएर म कहाँ उपचारार्थ ल्याएर आउन बारम्बार भनिरहेको थिएँ तर त्यस्तो गर्नुको सट्टा २ दिनको उपचार पश्चात् त्यो अस्पतालबाट अर्को ठूलो महंगो र धेरै सुबिधायुक्त अस्पतालमा लगेर आईसियु मा राखिएछ। बिरामीको स्थिति एकदमै नाजुक हुँदै गईरहेको थियो। मैले बिरामीलाई अस्पतालबाट छिटो छुटाएर ल्याउ नत्र बचाउन गाह्राे छ भनेर ताकेता गरिरहेको थिएँ भने आफन्त जनले भने बिरामी अन्तिम अवस्थामा पुगिसकेको छ एकचोटि पुगेर हेरि मात्र देउन भनेर ताकेता गरिरहेका थिए। नयाँ ठूलो अस्पतालको आईसियु मा राखेको तीन दिन पश्चात्, आईसियु मा भेट गर्न धेरै कठिन थियो र राती ८ बजेपछि धेरै अनुनय विनय गरेर मलाई बिरामी भेट्ने अवसर मिल्यो। एउटा ठूलै खतरनाक आतंककारीलाई कडा निगरानीका साथ जेलमा राखिएको जस्तो वातावरण थियो, आईसियुको वातावरण प्रायः सबै जसो आधुनिक अस्पतालमा यस्तै नै हुन्छ, टाढैबाट हेर्न मात्र पाईने, अन्तिम अवस्थामा छटपटाईरहेको देखें, दासहरुले लगाउने मास्कले मुख छोपेर जानुपर्ने र क्यान्सर बनाउने  सेनिटाईजर हातमा लगाएर मात्र जान पाइने अनिवार्यता भएता पनि सुरक्षा गार्डलाई अनुरोध गरेर मास्क सेनिटाईजर प्रयोग नगरेरै  गएर भेटें, के भेटें भन्ने टाढैबाट हेरेर ईशारा गरें, नजिक गएर बोल्न नपाईने भएपनि के छ भने उताबाट निरीह भएर "सिध्याउने भए मलाई यहाँबाट मुक्त गराउन सक्छौ भने गर" भन्ने आशय झल्कियो, आईसियुको वातावरणले मलाई बधशाला अझै भन्नुपर्दा दुरुस्त यमलोक जस्तै महसुस भैरहेको थियो। किनकि डाक्टर र नर्सहरूकाे पहिरन आतंकवादीहरुले मुख छ‍ोपेजस्तो सबैको मुखमा मास्क, मान्छेको सातो लिने पिपिई पोशाकले छ‍‍ोपिएक‍‍ो शरीरले डरलाग्दो दृश्य बिल्कुलै स्वस्थ मानिसको पनि डरले होस हवास नै उडाउने अवस्था देख्न पुगें। यस्तो अत्यन्तै डरलाग्दो दृश्यले स्वस्थ मानिस नै भयभित हुन्छन् भने बिचरा एकदमै कमजोर अवस्थाको मानिस त डर त्रासले नै रहे पहेक‍ो प्राण पनि उडेर गईहाल्छ त्यसमाथि  आफन्तसँग खुशी, वेदना, भावना साट्न नपाउँदा आफुलाई पूर्णरूपमा निरीह बनाईसकेका बिरामी मर्ने बाहेक त्यस्तो यमलोकबाट कसरी जिउदै फर्केर आउने हो यमराजले हमला गरिसकेपछि !!

यसपछिको चरण भनेको भेन्टिलेटरमा पठाउने हो जहाँबाट फर्केर आउने सम्भावना नै हुँदैन, पहिले पनि दुर्भाग्यवश धेरै आफन्त यस्तै अवस्थामा गुमाइसकेको हुँदा त्यसैपनि सबै भयभीत थियौ नै। भेन्टिलेटरमा लगिसकेपछि न त त्यहाँ गएर आफ्ना बिरामीलाई भेट्न पाईने हो, आईसियुको भन्दा दोब्बर तेब्बर शुल्क तिरेर ठूलो धनराशि खर्च गरेर बिरामी निको गराउनुको सट्टा उल्ट‍ो आफ्नो बिरामीहरुको प्राण हत्या गराउनुपर्ने कस्तो विडम्बना, कस्तो अत्याचार ! त्यो यमलोकबाट म रन्थनिदै बाहिर निस्किएँ र बिरामीको धर्मपत्नी (नाताले मेरो भाउजु) सँग भेटेर  "मान्छेकाे ज्यान लिने त्यो यमलोक-आइसियु" बाट तुरुन्त जनरल वार्डमा सार्न लगाउनुपर्यो अन्यथा अब भेन्टिलेटरमा लग्छन् र त्यसपछि  भेन्टिलेटरबाट फिर्ता आउने त कुनै सम्भावना नै रहदैन भने। आइसियु बाट  डिस्चार्ज गराएर सिधै हाम्रो उपचार केन्द्रमा ल्याएर मैले आफैले उहाँक‍ो उपचार गर्ने हिम्मत गरिन किनकि स्थिति अन्तिम थियो मैले आफ्नोमा ल्याएर उपचार गरेर सफल नभए मलाई यी सबै मिलेर सिधा्याउने थिए।  जनरल वार्डमा १-२ दिन राखेमा आईसियु जस्तो भयभित वातावरण नभएको र आफन्त जनसंग सजिलै भेटघाट गर्न पाईने वातावरणले निश्चितरूपमा बिरामीको आत्मबल बढेर स्वास्थ्यमा पक्कै पनि सुधार आउँछ र त्यसपछि लगेर जाउँला भन्ने सोच बनाएँ। त्यसअनुसार फेरि अर्को दिन जनरल वार्डमा सार्न सफल भएको खबरले अचम्भित हुनुको साथै खुसी पनि भएं र उत्साहित हुंदै धेरै आशावादी भएर गएर भेटें हौसला दिएँ। अरु आफन्तजनलाई सजिल‌ै भेटघाट गर्न पाइने खुला सामान्य वातावरणले तीन दिन सामान्य वार्डमा बसेपछि केही सजिलो महसुस गरे र  दवाई हरुको सेवन पनि धेरै कम गरिसकेपछि ३ दिन पश्चात डिस्चार्ज भएर  म कहाँ सिधै नआएर आफ्नो निवासमा गए र बल्ल ६ दिन पश्चात् अस्पतालमा फलो-अप गराएर साँझ करिब ७ बजेतिर मात्र म कहाँ आईपुगे। फलो-अपमा अस्पतालमा गएर सम्पर्क गर्दा  दवाई घटाउनुको सट्टा उल्टै  बढाउनु पर्ने सल्लाह दिएपछि बल्ल मसंग उपचार गराउन हाम्रो उपचार केन्द्र आईपुगेका रहेछन्।

हाम्रो केन्द्रमा आईपुग्दा खेरि निकै कमजोर थिए, तर पनि आज सय मिटर जति बिहान अस्पतालमा फलो-अपमा जाँदा पैदल हिंडेको जिकिर गरे र फेरि पनि म धेरै नै कमजोर छु, अझ‌ पनि गाह्राे छ भने - रक्त-चिनि घटाउनको लागि   दैनिक ८० युनिट ईन्सुलिन लगाउने र मेटफरमिन चक्की पनि ५०० मिग्रा को बिहान बेलुका सेवन गरिरहेका रहेछन, उच्च-रक्तचाप घटाउने दवाई बिहान बेलुका २ चक्कि सेवन गर्दा रहेछन्, मुटुको लागि भनेर दैनिक १ चक्कि कोलेस्ट्रोल घटाउने दवाई सेवन गर्दा रहेछन भने साथमा ग्यास्ट्रिक र दुखाई कम गर्ने दवाई पनि सेवन गर्ने रहेछन्। हाम्रो उपचार केन्द्रमा आईपुगेपछि अन्तिम एक पटक पनि प्रयोग गर्न नदिएरै माथि उल्लेखित उहाँले सेवन गरिरहेका ईन्सुलिन लगायत सम्पूर्ण दवाई बन्द गराईदिएँ। आजको मिति सम्म ३ बर्ष छ महिना भन्दा बढी  समय पुगिसकेको छ उहाँले सबै प्रकारका दवाई बन्द गरेर पनि अत्यन्तै  सामान्य  जीवन यापन गरिरहनु भएको छ।

यो लेखले दिन खोजेको सन्देश:

१. प्रत्येक मानिसको सामान्य रक्तचाप या रक्त-चिनि या कोलेस्टेरोल यति नै  हुनुपर्छ भनेर अरु कसैले या विश्व स्वास्थ्य संगठन या अस्पताल डाक्टरले निर्धारण गर्ने होइन, स्वतः 
कुनै पनि जाँच गरेर आएक‍ो संख्यालाई सामान्य या असमान्य भन्न मिल्दैन। रक्तचाप या रक्त-चिनि या कोलेस्टेरोल सामान्य र असमान्य कति हुन्छ भनेर  थाहा पाउने यो धर्तीमा कोही छ र !!! त्यो त प्रत्येक ब्यक्ति - ब्यक्तिमा आ-आफ्नो   शारीरिक र मानसिक अवस्था अनुसार फरक फरक हुन्छ, सबैको लागि सामान्य मापदण्ड एउटै हुन सक्दैन। त्यो त देशान्तर वा भौगोलिक  बनावट अनुसार , विभिन्न वातावरण अनुसार जस्तै - धार्मिक, शैक्षिक, शारिरिक, मानसिक, आर्थिक तथा नैतिक जिम्मेवारी आदि अनुसार फरक हुन्छ। यो खानपान र जीवन शैलीमा त भरपर्छ नै, शारीरिक बनावट ; ऊचाई, तौल, मानसिक अवस्था अनुसार पनि फरक हुँदै जान्छ। प्रत्येक ब्यक्तिको सामान्य मापदण्ड आ- आफ्नो किसिमको हुन्छ, यति मात्रा भनेर सामान्य भन्ने हुदैन। फेरि कुनै पनि मापदण्ड त रोगको आधारमा बनाइएको देखिँदैन नि, गहिरिएर अध्ययन गर्ने हो भने त्यो व्यापारी - फर्मा मेडिकल माफियाहरुले  आफ्नो दवाई धेरै भन्दा धेरै कसरी बिक्री गर्न सकिन्छ र धेरै भन्दा धेरै बिरामी कसरी बढाउन सकिन्छ भन्ने आधारमा  बनाएका हुन्। जति धेरै दवाई बिक्री भयो त्यति धेरै कमाइ हुन्छ, जति धेरै बिरामी बढ्छन् त्यति नै धेरै व्यापार र कमाइ बढ्छ। जति सामान्य मापदण्ड कम हुन्छ त्यति नै धेरै बिरामीक‍‍ो संख्या बढेर जाने हो। यहाँ मापदण्डको रोगसँग त सम्बन्धै छैन, मापदण्ड अनुसार बिरामीको संख्या कसरी बढाउने भन्नेसंग यो सम्बन्ध छ। जस्तै आज भन्दा ४०-५० बर्ष अगाडि  १६०/१०० भन्दा माथि रक्तचाप भएको व्यक्तिलाई मात्र उच्च रक्तचापको बिरामी मानेर दवाई सेवन गराईन्थ्यो जुन कुरा हामी स्वयंले पनि प्रत्यक्ष देखेका थाहा पाएका कुराहरु हो र अध्ययनले पनि त्यही देखिएको छ। त्यसबेलाको शुध्द खानपान प्राकृतिक भोजन र जीवनशैलीले १६०/१०० रक्तचाप मुश्किलले कसैको भेटिन्थ्यो र उच्च रक्तचापको बिरामी नै नभेटिने भएपछि फर्मा माफियाहरुको  व्यापारको दवाई नै बिक्री नहुने भयो, आफ्नो दवाईको ग्राहक बढाएर व्यापार पनि बढाउने उदेश्यले धेरै धन कमाउन फर्मा माफियाको व्यापारीले नै रक्तचापको सामान्य मापदण्ड घटाउदा घटाउदा १२०/८० पुर्याए। जसले गर्दा विश्वका सम्पूर्ण मानिसहरुलाई उच्च रक्तचापको रोगी बनाउन फर्मा माफियाहरु सफल भए। यस सन्दर्भमा अब जसले रक्तचाप नापेन त्यो मात्रै निरोगी हुने भयो, रक्तचापको जाँच गराइसकेपछि उच्च रक्तचापको बिरामीको छाप  लागि हाल्ने भयो किनकि अहिलेको आधुनिक जीवन शैली र खानपानले रक्तचाप नाप्यो कि त १२०/८० भन्दा बढी सबैको आईहाल्छ र बिना कुनै समस्या उच्च-रक्तचापको बिरामी भएर दवाई सेवन गरेपछि त्यही जहरयुक्त दवाईले वास्तविक बिरामी बनाउँदै लैजान्छ। यस्तै बेइमानी जाल झेल भ्रम सबै मापदण्ड सुगर, कोलेस्टेरोल लगायत सबै स्वास्थ्य परीक्षण मा लागि गरेका छन्।

निस्कर्ष:

१. मेडिकल माफिया हरु ले उत्पादन गरेका मधुमेह (डायबेटिज/सुगर), प्रेसर, कोलेस्टेरोल या कुनै पनि यस्ता खालका मापदण्ड बनाएर 
 स्वास्थ्य परीक्षण गरिएका कुनैपनि रोग हुदैनन्।
२. रक्त-चिनि (ब्लड-सुगर), प्रेसर, कोलेस्टेरोल आदि शरिरलाई जति आवश्यक हुन्छ त्यति नै शरिरले बनाउने गर्दछ र यस्को बारेमा परिक्षण गराउने पर्दैन।
३. मधुमेह,प्रेसर, कोलेस्टेरोल लगायत को दवाई एकपटक शुरु गरिसकेपछि बाचुन्जेल खानुपर्छ भन्ने कुरा झुट हो, जुनसुकै बेला पनि छुटाउन सकिन्छ ।
४. मधुमेह, प्रेसर, कोलेस्टेरोल लगायत को दवाई खाएर संख्या घटाउने भनेको मानव स्वास्थ्य बिरुद्धको दुष्कर्म हो, जसले मानव स्वास्थ्यलाई घात गर्ने बाहेक अन्य फाइदा केही गर्दैन।
६. रक्त-चिनी, प्रेसर, कोलेस्टेरोल लगायत कम गर्ने दवाईले बिरामीलाई फाईदा नगरेर दवाई व्यापारीलाई मात्र फाईदा गरेको हुन्छ।
७. रगतमा चिनि, प्रेसर, कोलेस्टेरोल या अरु कुनै तत्व घटाउने / बढाउने काम शरिरको हो, कुनै अस्पताल र डाक्टरको होइन।
८. प्राकृतिक जीवनशैली र खानपानले सबै किसिमका शारीरिक र मानसिक समस्याबाट सजिलै मुक्त हुन सकिन्छ । 
चक्र शाह ले निम्न अभ्यास गरेर  स्वस्थ हुन सफल भए का हुन् :
१. हाम्रो उपचार केन्द्रमा पुगेकै दिन दवाईको रुपमा सेवन गरिरहेको ईन्सुलिन लगायत विषले भरिएका सम्पूर्ण दवाई बन्द गरेर।
२. पकाएको खाना लगायत सबै खाने कुरा बन्द गरेर।
३. चौबीसै घन्टा हाम्रो प्रत्यक्ष निगरानी मा बसेर।
४. योग थेरापि, प्राकृतिक चिकित्सा, हास्य योग, ऊर्जा थेरापि लगायतबाट आर्जन गरेर अनुभव गरेका आवश्यक उपचार पध्दति को अभ्यास गरेर।
५. द‌ैनिक हिंड्ने डुल्ने अभ्यास गरेर।
६. ३५ औं दिनसम्म ऋतु अनुसारको ताजा फलफूलको जुस, ताजा फलफुल, काँचो तरकारीको सलाद तथा अंकुरित चना - मुंगको मिश्रित सेवन गरेर।
७. ३६ औं दिनबाट 
 पकाएको खानाको सेवन गर्न शुरु गरेर।
८. उपचार शुरु गरेको एक हप्तामा जोखिम मुक्त भए ।
९. उपचार गरेको १५-२० दिनबाट ४-५ किमि. हिड्न सक्ने भए, एक महिनापछि दैनिक साँझ बिहान ८-१०
कि.मि. सजिलै हिड्न सक्ने भए, साथै स्वस्थ र बलवान् भएर सामान्य जिवनयापन गर्दै आफ्नो व्यवसाय कारोवार गरिरहेका छन्।

तर धेरै को मनमा कौतुहलता होला उनको रक्त-चिनी पक्कै पनि एकदमै सामान्य, एकदमै थोरै होला भनेर ! आजको दिन, मिति २०८२ साल पौष १६ गते बुधबार को रिपोर्ट अनुसार खाली पेटमा रक्त-चिनी २७८ युनिट छ भने  खाना पश्चात ४१४ युनिट छ र प्रायः यतिकै  रहन्छ, जुन मेडिकल माफिया ले बनाएको सामान्य मापदण्ड भन्दा झन्डै ३ गुणा बढी छ। उहाँ को शरीर लाई जति आवश्यक छ त्यति नै उहाँको शरिर ले रक्त-चिनी बनाउने हो, भगवान ले बनाएको शरिर ले आफ्नो काम जहिले पनि कुनै पनि गल्ती बिना नै एकदमै सही तरिकाले गर्दछ, तसर्थ हाम्रो शरिर भित्र नै शरिर लाई बाचुन्जेल स्वस्थ राख्ने सम्पूर्ण चिज जन्म बाट नै शरिर ले लिएर आएको हुन्छ र हाम्रो शरिर को डाक्टर शरिर भित्र नै हुन्छ !!! सबै लाई चेतना भया !!!
ॐ तत् सत् 🙏 🙏 🙏 
जय गोरख 🙏 🙏 🙏 
सबै क‍ो मंगल होस्

सम्बन्धित समाचार