बाहिर फोहर हुनुको कारण के हो ?

7.6k Shares

-श्वामी सत्यव्रत

    खास गरिकन विश्वका प्राणीहरुमा मानिसहरुले सरसफाइ र विकासको श्रेय लिएका छन् र यस्ता कार्य गर्नमा सक्षम पनि छन् । यस धर्तीमा राम्रा र नराम्रा कार्य गर्ने मानिस नै हुन् । एउटा कलाकारले कुनै पनि चित्र कोर्नुभन्दा पहिले त्यो चित्र उसले आप्mनो हृदयभित्र कोरिसकेको हुन्छ र त्यसलाई बाहिर प्रस्तुत गर्दछ । कुनै विद्यार्थीले परीक्षा भवनभित्र आफ्नाे उत्तर पुस्तिकामा उत्तर लेख्नुभन्दा पहिले उसले आफूभित्र नै उत्तर लेखिसकेको हुन्छ र त्यसैलाई आफ्नाे उत्तर पुस्तिकामा उतार्छ, त्यसै गरि समग्र रुपमा यस धर्तीमा जति पनि सिर्जना देखिन्छन् ती सबै अन्तर जगतका उपलब्धीहरु हुन् – चाहे ती नकारात्मक हुन् वा सकारात्मक । अन्तर जगत्का उपलब्धीहरु भन्नाले आत्मिक उपलब्धीहरु, आत्मिक उपलब्धीहरु भन्नाले जागरणका उपलब्धीहरु हुन् । जागरण समाधान हो –समस्या हैन, जागरण व्यबहार हो – सिद्धान्त हैन, जागरण प्रयोग हो – विचार हैन, जागरण प्रक्रिया हो – चिन्तन हैन, जागरण विज्ञान हो – दर्शन शास्त्र हैन, जागरण कण्ठष्थ गर्नु हैन – जागरण हृदयष्थ गर्नु हो, जागरण अभ्यास ज्ञान हैन – विवेक ज्ञान हो, जागरण बाह्य क्रान्ति हैन – आन्तरिक क्रान्ति हो । आन्तरिक क्रान्तिले बाह्य शान्ति ल्याउँछ भने बाह्य क्रान्तिले आन्तरिक अशान्ति ल्याउँछ । 
   

यति भन्नुको पछाडि अब म विषय बस्तुतिर प्रवेश गर्दछु । बाहिर जुन फोहर देखिन्छ, त्यो मानिसको आन्तरिक स्थितिको उपज हो । Face is the index of mind भनेको के हो ? मानिस आन्तरिक रुपमा हर्षित छ भने उसका लागि संसार नै हर्षित भएको आभास हुन्छ । यो नै चिदाभास हो, संसार हर्षित भएको हैन कि व्यक्ति जागरणको अबस्थामा आएकोले उसमा समस्या नरहेको अवस्था हो । चिदाभाष भनेको के हो ? एउटा फलामको टुक्रालाई आगोमा ततायौ भने त्यसले पोल्छ, हामीहरुले के भन्छौ, फलामले पोल्यो तर हैन, फलामको स्वभाव तातो हैन, फलामको स्वभाब चिसो हो, फलाम तातो हुँनै सक्दैन, पोलेको आगोले हो, फलामले हैन तर तपाईहरुलाई लाग्छ कि फलामले पोल्यो । तपाइहरुले तातो दुधले पोल्यो, तातो पानीले पोल्यो, तातो चियाले पोल्यो भन्नुहुन्छ तर पानीको, दुधको, चियाको स्वभाव भनेको तातो हैन । तर पिउने बेलामा चियालाई तातो बनाएर पिइन्छ ।  यी सबैलाई आगोले तातो गराएको हो र पोलेको आगोले हो । दाउरामा आगो हुन्छ, त्यो सामान्य समझ र आँखाले देख्न सकिदैन, त्यस्तै शरीरमा आत्माको बास छ, त्यो पनि सामान्य समझ र आँखाले देख्न सकिदैन । दुधमा घिउ छ त्यो पनि सामान्य समझ र आँखाले देख्न सकिदैन, त्यो मैले देख्न सक्छु र त्यही देख्न सक्ने शक्ति तपाईलाई दिने मेरो जीवनको लक्ष्य हो, तपाइहरुलाई जसलाई यी शाश्वत सत्यको बोध छैन, म inform गर्न आएको हैन, transform गर्न आएको हुँ, मैले निर्जिब मूर्तिमा सजीव आत्मा र सजीव शरीरमा निर्जिव मूर्ति देख्न सक्छु र मैले त्यही दिएको छु, लिनु नलिनु तपाईहरुको मेधाको कुरो हो, आगो आत्माको प्रतिक हो – 

“अग्ने नय सुपथा राय अस्मानन् विश्वानि देव वयुनानि विद्वान् । 
युयोध्यस्मज्जुहुराणमेनो भूयिष्ठां ते नमउत्तिंm विद्येम ।।”

अग्निको यात्रा माथितिर नै हुन्छ, त्यस्तै आत्माको यात्रा पनि माथितिर नै हुन्छ । आगोलाई तलतिर फर्काएर बाले पनि त्यसको ज्वाला आकासतिर नै जान्छ तर पानीलाई आकासतिर फाले पनि त्यो तलतिर नै आउँछ तर दुबैको महत्व र महानता आप्mनो आफ्नाे ठाउँमा उत्तिकै छ – ईषोपनिषद् १८ । 
   

त्यस्तै गरेर तपाईहरुले जुन कर्म गर्नु हुन्छ, त्यो कर्म मेरो बुद्धिले गरे भनेर आफूमा अहंकार आउँछ तर हैन बुद्धिले कहिल्यै पनि आपैm काम गर्न सक्दैन, बुद्धिले आत्माको प्रकासमा काम गरिरहेको हुन्छ । काम गराउँने आत्मा हो, फलामलाई तताउँने आगो हो । आत्मा र आगोमा आध्यात्मिक रुपमा कुनै अन्तर छैन, यी दुबै पर्यायवाची हुन् आध्यात्मिक रुपमा तर बृहत् नेपाली शब्दकोषको गणितले यसलाई मान्दैन, भौतिक जगत् र आध्यात्मिक जगत्मा धेरै भिन्नता छ, अध्यात्मले विज्ञानलाई अज्ञान भनेको छ र अज्ञानले जीवन चल्छ तर जीवन रुपान्तरण हुँदैन । यी दुबै जगत्को आफ्नै महत्व छ । बुद्धिले काम गर्यो भन्नु पनि चिदाभास हो र फलामले, पानीले, दुधले, चियाले पोल्यो भन्नु पनि चिदाभास हो ।

अब व्यक्ति आन्तरिक रुपमा हर्षित भएको बेलामा उसका अङ्ग प्रत्यङ्ग प्रफुल्लित हुन्छन् । हर्षको कारण खुसीको कारण बाह्य हैन आन्तरिक हो । कुनै पनि व्यक्तिको मन दुःखी छ भने उसको लागि कुनै पनि साधन स्रोत प्रिय लाग्दैनन् । मानिसलाई ज्वरो आउँछ, रुघाखोकी लाग्छ, त्यो merely systom हो । मनुष्य जाति यिनै लक्षणहरुसँग लडिरहेका छन्, आजको मानव समुदायमा गन र धनको बलमा हरेक क्षेत्रमा बलात् काम गराइएको छ र त्यसैलाई नियम मानिएको छ । नियम अरुद्वारा दिइन्छ, थोपरिन्छ भने जागरण स्वयंद्वारा आउँछ । मानिस जागरणमा आएर आप्mनो नियत बदल्यो भने त्यो चिरस्थायी हुन्छ । अन्यथा मौका पाउन वित्तिकै मानिसहरुले नियमलाई मिचेर सर्वसाधारण जनतालाई नराम्रो नियति भोग्न बाध्य गराउँछन् । जसरी ज्वरो आउँनु, टाउको दुःख्नुको अर्थ व्यक्तिको भित्र केही न केही गडबडी छ भन्ने लक्षण हो । एउटा घडीले ठीक समय नदिनुको अर्थ घडीको भित्री कुनै पाटर्सले काम गरेको छैन वा त्यसको बेट्री सिद्धिएको छ भन्ने बुझनु पर्छ । त्यसै गरी बाहिर फोहर गर्नु भनेको मानिसहरुको आन्तरिक मनस्थिति फोहर हुनुको कारण हो, व्यक्ति जागरणमा नआएको अवस्था हो । यदि बाहिर सफा राख्न चाहन्छौ भने जिम्मेवार पदमा रहेर काम गर्नेहरुले मस्तिष्कमा समभ्mदारी, काँधमा जिम्मेवारी, हृदयमा ईमान्दारी, समाजमा अनुशासन र आत्मिक जागरणमा आफू र संपूर्ण मानिसहरुलाई उत्प्रेरित गरी व्यबहारिक रुपमा काम गर्नु जरुरी छ । व्यक्ति आन्तरिक रुपमा सफा नभएसम्म बाह्य रुपमा सफा हुन सम्भब छैन ।

बाहिरी फोहर मानिसको दुःषित् मन र बुद्धिको उपज हो, आध्यात्मिक जागरण, आत्मिक जागरण नभएसम्म बाहिरी फोहर सु–व्यवस्थित हुन सक्दैन । एउटा उदाहरण दिन चाहन्छ, म अमेरीकामा मात्रै पाँच वर्ष बसे । त्यहाँको भौतिक विकासको पराकाष्टा देखेँ, विश्वका विज्ञ व्यक्तिहरुलाई अमेरीकाले राम्रोसँग स्थान दिएको छ । त्यहाँका मानिसहरु विहान घुम्न जाँदा धेरै जसोले कुकुरलाई लिएर जाने गर्छन्, उनीहरुले आफूसँग एउटा प्लाष्टिकको झोला पनि लिएर जाने गर्छन्, त्यो किन रहेछ भने त्यो कुकुरले कतै खुला ठाउँमा वा बाटोमा फोहर गर्यो भने तुरुन्तै त्यो फोहरलाई त्यही झोलामा उठाएर लिएर घरमा गई त्यसको सही व्यवस्थापन गर्दा रहेछन्, त्यो मेरै आँखाले देखेको र मैलै व्यक्तिगत रुपमा एक जनालाई सोधेको अनुभव हो । 

तर नेपालमा मैले के देखेँको छु भने हाम्रा दाजुभाइ दिदी बहिनीहरु जो कतै मन्दिरमा वा कतै मेला पर्वमा जानु भएको छ र साथमा आप्mना बाल बच्चाहरु पनि छन् भने र उनीहरलाई दिसा – पिसाव लाग्यो भने कसैले नदेख्ने गरी मन्दिरको पछाडि वा कसैको करेसा बारीमा वा सार्वजनिक ठाउँमा लुकेर सुटुक्क लगेर दिसा पिसाव गराएको देखेको छु । सायद यस शाश्वततालाई तपाइहरुले पनि महसुस गर्नु भएको होला । मानिसको मनस्थितिमा रुपान्तरण हुनु जरुरी छ । मानिस स्वयंमा जागरणमा जबसम्म आउँदैन तबसम्म कुनै क्षेत्रमा पनि सुधार हुने आशा न्यून छ । मैले पटक पटक भन्ने गरेको छु कि शारीरिक तलमा महिला र पुरुष देख्छौ, मानसिक तलमा विभिन्न धर्म सम्प्रदाय देख्छौँ तर आत्मिक तलमा कुनै भेद देखिदैन । आत्मिक स्तरबाट कार्य गर्न नसकेसम्म भेदबुद्धि रहन्छ र विभिन्न प्रकारका फोहर बाहिर प्रकट हुन्छन् । 

मानिस भित्रको निराकार फोहर साकार रुपमा बाहिरी देखिएको हो, त्यसैले बाहिरी फोहरलाई सही व्यबस्थापन गर्न र सफा सुग्घर राख्नको लागि व्यक्ति भित्र आध्यात्मिक जागरण हुनु जरुरी छ । यसको लागि नेपालको परिप्रेक्षमा राष्ट्र व्यापि रुपमा जागरण सम्बन्धि कार्यक्रम गर्न सकेमा व्यक्तिमा जागरण आउने र यसमा सफलता पाइने शाश्वत सत्यलाई मैले यहाँहरु सामु प्रस्तुत गरिदिएको छु । यस विषयमा तपाईहरुका क्रिया प्रतिक्रिया, सुझावलाई हृदयदेखि नै स्वागत गर्दै आउने परिस्थितिहरुलाई सु–व्यबस्थित बनाउन संयुक्त रुपमा कार्य गर्नु पर्ने समेत जानकारी गराउँदछु । 
“संघौ शक्ति कलौ युगे ।” 

सम्बन्धित समाचार