स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजी सम्बन्धी निर्णय कार्यान्वयन भएन : वैदेशिक रोजगार व्यवसायी

5.3k Shares

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले खारेज गरिसकेको स्वास्थ्य परीक्षण शुल्क वृद्धिसम्बन्धी निर्णयलाई स्वास्थ्य संस्थाहरुले कार्यन्वयनमा ल्याउन नमानेको गुनासो गरेको छ । केही स्वास्थ्य संस्थाहरुले सरकारको निर्णयको अवज्ञा गर्दै श्रमिकलाई अनावश्यक दुःख दिएको सङ्घको आरोप छ ।

केही स्वास्थ्य संस्थाहरूले सेवा बन्द गर्ने, कामदारलाई अन्योलमा पार्ने र विभिन्न बहाना बनाएर स्वास्थ्य परीक्षण नगरि दुःख दिने गतिविधि गरिरहेको सङ्घका महासचिव महासचिव महेशकुमार बस्नेतले बताउनुभयो ।

सरकारको वृद्धि गरेको शुल्क खारेज गरिसकेपछि पनि श्रमिकलाई अल्झाउने र दुःख दिने काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले सरकारको निर्णय विरुद्ध स्वास्थ्य संस्थाहरूले अदालतमा भ्रमपूर्ण ढङ्गले रिट दायर गरेको पनि आरोप लगाउनुभयो ।

सङ्घका अध्यक्ष भूवनसिंह गुरुङले अनावश्यक परीक्षणको नाममा गरिएको अन्यायपूर्ण शुल्कवृद्धि खारेज गर्ने निर्णय लागू हुनुपर्ने बताउनुभयो । स्वास्थ्य संस्थाहरूले सरकारले खारेज गरेको शुल्क वृद्धिको निर्णयको विरुद्ध उत्प्रेषण आदेश तथा परमादेशको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका छन् । मुद्धामा आदेश आइनसकेको अबस्थामा स्वास्थ्यसंस्थाहरुले परीक्षण नै रोकेर दुःख दिएको व्यवसायीहरुको भनाइ छ ।  

सम्बन्धित समाचार