-डा. पूर्ण शाही
प्राकृतिक चिकित्सक
आधुनिक चिकित्सा विज्ञान अर्थात् एलोपेथिक उपचार पद्धतिका अनुसार "क्यान्सर एक प्राणघातक विराम हो"। मानव शरीरको अंगमा क्यान्सर कोशिकाहरु (Cancer Cells) तेज गतिमा बढेर गाँठहरु (Tumors)
बनाउँदछन् जुन शरीरको कुनै पनि अंग वा तन्तुहरूमा हुन सक्छ । जब सामान्य सेलहरु अनियन्त्रित रूपमा बढ्छन् भने त्यसलाई नै क्यान्सर भनिएको छ ।
जब क्यान्सर मूल ट्युमरबाट सरेर अन्य तन्तु र अंगहरूमा फैलिन्छ तब मात्र मानिसको ज्यान जान सक्छ
। क्यान्सरको कारण विश्वभर वर्षेनी करौडौं मानिसहरुले ज्यान गुमाइरहेका छन् । सन् २०२० को तथ्याङ्क अनुसार पनि करिब एक करोड क्यान्सर पिडित मानिसको मृत्यु भएको उल्लेख छ । तसर्थ विश्वव्यापी रूपमा "क्यान्सर" मृत्युको प्रमुख कारणहरु मध्ये दोस्रो नम्बर मा पर्दछ । फोक्सो, प्रोस्टेट, ठूलो आन्द्रा तथा मलाशय (कोलोरेक्टल), पेट
र कलेजोको क्यान्सर पुरुषहरूमा हुने सबैभन्दा सामान्य प्रकारको क्यान्सर हो भने स्तन, ठूलो आन्द्रा तथा मलाशय (कोलोरेक्टल), फोक्सो, पाठेघर र थाइरोइड क्यान्सर महिलाहरुमा धेरै सामान्य छन् । तर,
दैनिकरुपमा व्यक्ति, परिवार, समुदाय र स्वास्थ्य प्रणालीमा ठूलो शारीरिक, भावनात्मक र आर्थिक तनाव बढ़ाउँदै क्यान्सरको बोझ विश्वव्यापी रूपमा बढिरहेको छ ।
१. सामान्यतया क्यान्सर लाई ४ अवस्थाहरु (4 stages) मा वर्गीकरण गरिएको छ :
प्रथम अवस्था (First Stage):
यो प्रारम्भिक अवस्थामा क्यान्सर सेलहरुको बृध्दि एकदमै छिटो हुन्छ
तर जुन ठाउँमा उत्पन्न भयो त्यहीँ ठाउँमा सिमित रहन्छ ।
दोस्रो अवस्था : यो प्रथम अवस्थाकै सेलहरुको आकारमा वृद्धि हुन्छ र आफ्नो वरिपरिको सेलहरुलाई दवाब
दिन शुरु गर्छ ।
तेस्रो अवस्था : त्यही दोस्रो अवस्थाको क्यान्सर सेलहरु बढेर गाँठ (Tumour) बनाउँछ या आसपासको
लसिका ग्रन्थी (Lymph Nodes) या निकास क्षेत्र (Draining Area) मा फैलिन सक्छ ।
चौथो या अन्तिम अवस्था : यही क्यान्सर सेलहरु शरिरको अन्य भागहरुमा फैलिन शुरु गर्छ । जस्तो कि स्तन क्यान्सरबाट फोक्सोमा सर्ने, फोक्सोको क्यान्सरबाट लिभरको क्यान्सर बन्ने या शरिरको कुनै पनि
भागमा फैलिन शुरु गर्छ र विभिन्न माध्यमबाट फैलाइएको डर त्रासले मानिसको मृत्यु पनि हुन सक्छ ।
२. क्यान्सर हुने कारणहरु :
क्यान्सर सेल के हो ?
वास्तवमा हरेक मानिसको शरिरमा क्यान्सर सेल हुन्छ । क्यान्सरको सेल दैनिकरुपमा हाम्रो शरिरमा बन्छ र दैनिक हाम्रो प्रतिरक्षा गर्ने सेलहरुले मार्दै गर्छन् । पुरानो सेल मर्ने र नयाँ सेल जन्मिने प्रक्रिया त
आमाको गर्भबाटनै शुरु हुन्छ र मानिसको जीवन रहुन्जेल चलिरहन्छ । जब क्यान्सर सेललाई मार्ने सेल
(Defence Cells) र क्यान्सर सेल बिचको तालमेल मिल्दैन तब हामीलाई समस्या आउँदछ ।
३. मानव शरिरमा क्यान्सर सेल छैन भने मानिस जीवित रहन सक्दैन । क्यान्सर सेल शरिरको लागि एक महत्त्वपूर्ण सेल हो । यसको वृद्धि घातांकिय दर (Exponential Rate) ले हुने गर्दछ : १ बाट २, २ बाट ४, ४ बाट १६ हुँदै जान्छ । यो मानव शरीरमा हुने क्यान्सर सेलको एक प्रक्रिया हो तर दुर्भाग्यवश मानव शरीरमा प्राकृतिक नियम उलंघन हुँदै जाँदा हाम्रो शरिरको स्वभोजी संयन्त्र (Autophagy Mechanism/Self
Eating Mechanism) बन्द हुन जान्छ । जसले गर्दा क्यान्सर सेलको वृद्धि आफ्नो ठाउँ भन्दा धेरै हुन्छ र अन्य सेलहरुको ठाउँमा हस्तक्षेप गरेर काम गर्न दिदैनन् । यो प्रक्रिया बढ्दै गएर अनियन्त्रित हुदै शरीर भरि फैलिन्छ र मानिसको ज्यान समेत लिने गर्दछ। यसरी वृद्धि भएको क्यान्सर सेलहरुको व्यवस्थापन गर्न हाम्रो शरिरको स्वभोजी संयन्त्र सक्रिय हुदै
क्यान्सर सेललाई निल्ने, खाने या टुक्रामा बिभाजित गर्दै आहार बनाउने गर्छ र त्यसभित्रको पोषण
तत्वलाई शरिरको काममा लगाउँछ । तसर्थ क्यान्सर सेल स्वभोजी संयन्त्रको माध्यमबाट हाम्रो शरिरमा
धेरै महत्वपूर्ण भूमिका खेल्दछ । जस्तै शरिरलाई पोषण तत्व उपलब्ध गराउने देखि शरिरको वृद्धि, तथा मर्मतसम्भार गर्ने र जीवनीशक्ति (Immunity Power) बढाउने लगायतको काम गर्दछ । तर, मानिसहरुमा कुनै कारणवस यो स्वभोजी संयन्त्रको बटन बन्द (Switch Off) भइदिन्छ र क्यान्सर सेलको वृद्धि अनियन्त्रित रुपमा बढ्दै जान्छ । कुनै पनि अंगको तन्तु (Tissue) हरुमा क्यान्सर सेल घातांकात्मक तवरले बढ्दा ट्युमर, गीर्खा (Cyst) हरू देखा पर्दछन् । यो समस्या शरीरको जुनसुकै अंगमा पनि हुन्छ। विश्वको २०% जनसंख्या विभिन्न कारणले गर्दा यो स्वभोजी संयन्त्र बन्द भएर क्यान्सरको समस्याबाट
पिडित हुने गरेका छन् । जब शरिरमा कुनै दुखाई महसुस हुन्छ, असजिलो महसुस हुन्छ या कतै रगत बगिरहेको छ भने हामी डाक्टर-अस्पतालमा गएर क्यान्सरको जाँचकोलागी जब वायप्सी, MRI, CT Scan,
Ultra Sound लगायतका विभिन्न परीक्षणहरू गराउँदछौं तब क्यान्सर हुने सम्भावना अती तीब्र गति मा बढेर जान्छ।
क्यान्सरको परिक्षणले नै क्यान्सर हुने गर्दछ (Cancer Diagnosis Causes Cancer) :
शरिरमा कतै दुखिरहेको ठाउँमा गाँठहरु (Tumors) हुन सक्छ, तर ट्युमर हुदैमा क्यान्सर नै हुन्छ भन्ने छैन । जब हाम्रो शरिरमा ट्युमर, फोका (Cyst), गिर्खा (Polyps) देखा पर्दछ, तब हाम्रो शरिरको स्वभोजी संयन्त्र सक्रिय भएर यिनिहरुलाई बिघटन गरिदिन्छन् जस्तै डन्डीफोर, फोका, खटिरा आदि । तर जब हामी डराएर अस्पताल जान्छौं र रोग निवारक जाँच (Pre-ventive Checkup) को नाममा डाक्टरले जाँच गर्न लगाउँछन् तब क्यान्सर
नभएको सेल पनि क्यान्सर सेलमा परिणत हुन्छ । जब वायोप्सि (Biopsy) को लागि सेल निकालिन्छ या
ट्युमरलाई चलाउने या छेडछाड गरिन्छ या चीरफार गरिन्छ एवं एक्सरे गरिन्छ तत्पश्चात् यी सबै
क्यान्सरमा परिणत हुन्छन् ।
कसैलाई पनि ट्यूमर, रगत बग्ने, दुखाई, असजिलो भएको छ भने अस्पताल/चिकित्सक को मा गएर क्यान्सरको परिक्षण गराउने जस्तो गम्भीर भुलले गर्दा नै हामी वास्तविक क्यान्सर रोगको सिकार बन्दछौं
। किनकि क्यान्सर हुने सम्भावना एकदमै न्यून हुन्छ तर क्यान्सर जाँच गराएमा त निश्चितरूपमा क्यान्सर
हुनेछ । अस्पताल को प्रदूषण, मेसिनहरुको विकिरण, शरीरमा अनावस्यक प्वाल पार्ने, रगत निकाल्ने, मांसपेशि काट्ने/चिर्ने, घोच्ने जस्ता क्रियाकलापले शारिरिक र मानसिक रुपमा प्रदूषित बनाई दिन्छ। त्यसमाथि आर्थिक भारका कारण क्यान्सर नभएको मानिस पनि जबरजस्ती क्यान्सर रोगी बन्ने प्रवल सम्भावना बनेर जान्छ।
भारतका बहुचर्चित व्यक्तित्व राजिवभाई दिक्षितका अनुसार "क्यान्सरको बिरामी क्यान्सरबाट मर्दैन,
क्यान्सरको बिरामीलाई दिइने क्यान्सरको उपचारले मर्दछ।" क्यान्सर पिडितको उपचारमा प्रयोग हुने किमियो थेरापि, रेडियसन थेरापि, चीरफार र क्यान्सरको लागि प्रयोग गरिने दवाई आदिको कारणले हाम्रो
रोगसंग लड्ने शक्ति प्राणवायु (Immunity Power) लाई ध्वस्त पारिदिन्छ जसका कारणले क्यान्सर पिडितहरुको अकालमै ज्यान जाने गर्दछ । क्यान्सरको उपचारले क्यान्सर सेलहरुलाई मार्ने क्रममा हाम्रो शरिरको
काम लाग्ने सेलहरुलाई पनि मार्दछ ।
डाक्टर विश्वरुप राय चौधरी को ३ चरणिय प्रोटोकल को अनुसरणले क्यान्सर निको पार्न सकिन्छ (Cancer Can be cured by 3 Step protocol made by Dr. Biswaroop Roy Chaudhari) :
छिमेकी मुलुक भारतका विश्व बिख्यात डाक्टर विश्वरुप रोय चौधरीले ३ जना नोवेल पुरस्कार विजेता
वैज्ञानिकहरुको खोज अनुसन्धानबाट प्रमाणित विज्ञानलाई आधार मानेर सबैले प्रयोगमा ल्याउन सक्ने सरल तरिका प्रदान गर्नु भएको छ, जुन यसप्रकार छ :
प्रथम चरण (First Step) :
सन् १९९८ मा नोवेल पुरस्कारद्वारा सम्मानित अमेरिकाको वैज्ञानिक लुइस जे ईगन्यारो (Luise J
Ignarrow),
ले नाइट्रिक अक्साइड (Nitric Oxide) ले क्यान्सर सेललाई फैलिन/बृध्दि हुनबाट रोकिदिन्छ भनेर साबित गरेका थिए। तसर्थ हाम्रो शरिरमा नाइट्रिक अक्साइडको उत्पादन बढ्यो भने हामी क्यान्सरको समस्याबाट मुक्त हुन्छौं । हाम्रो खानपिनमा सुधार ल्याएर शरिरमा सजिलै नाइट्रिक अक्साइडको उत्पादनमा वृद्धि गराउन सकिन्छ । डाक्टर विश्वरुप को DIP Diet Protocal लाई अनुसरण गर्दा शरिरमा नाइट्रिक-अक्साइडको उत्पादन सजिलै बढाउन सकिन्छ, जुन निम्नानुसार छः
DIP Diet Protocal
Phase 1:
३-४ किसिमको मौसमी फलहरु मिलाएर (आफ्नो शरिरको तौल x १०) ग्राम फल सेवन गर्ने । मानौ
शरिरको तौल ७० किलो छ भने,
(७० x १०) ग्राम = ७०० ग्राम फल दिनको १२ बजेसम्म सेवन गर्ने ।
Phase 2:
दिउँसो र बेलुका खाना सेवन गर्ने तरिकाः
१. प्लेट नम्बर १ :
३-४ किसिमको मौसमी काँचो तरकारीको सलाद या तरकारी बफाएर सेवन गर्ने
मात्रा : (शरिरको तौल x ५) ग्राम,
मानौ शरिरको तौल ७० किलो छ भने
(७०x५) ग्राम =
३५० ग्राम काँचो मौसमी तरकारीहरुको ३-४ थरी मिसाएर सेवन गर्ने
२. प्लेट नम्बर २ :
प्लेट न १ को काँचो तरकारी सेवन गरीसकेपछि आफ्नै घरमा बनाएको खाना (रोटी, दाल, भात तरकारी) सेवन गर्ने।तरकारी बिना तेलको, पानीमा उमालेर पकाउनसपर्छ।
Phase 3:
सेवन गर्न नहुने खाने कुरा
१. सबै प्रकारको पशुजन्य आहारः माछा-मासु, अन्डा
२. सम्पूर्ण दुग्ध परिकारः
दूध लगायत दुधबाट बनेका परिकार दही, मही, घिऊ, नौनी बटर पनीर चीज आदि
३. बजारबाट उपलब्ध सम्पूर्ण रिफाइन्ड फुड, प्याकेट बन्द खानेकुरा, जंक फुड, आइसक्रिम, चकलेट, मिठाई,
कोकाकोला आदि जस्ता पेय पदार्थ लगायत।
४. सम्पूर्ण केमिकल युक्त दवाई,ड्रग्स आदि
दोस्रो चरण (Second Step):
स्वभोजी संयन्त्र पुनः सन्चालन (Reactivation of Autophagy Mechanism)
सन २०१६ को नोवेल पुरस्कार विजेता विज्ञान स्वभोजी संयन्त्र (Autophagy Mechanism)/स्वभोजी
संयन्त्र कसरी चालू गर्ने (How to Switch On Autophagy) भन्ने Topic मा जापानका वैज्ञानिक
योशिनोरी ओसुमी (Yoshinori Ohsumi) लाई नोवेल पुरस्कार प्रदान गरिएको थियो । यस विज्ञानले
स्वभोजी संयन्त्र सक्रिय भएमा क्यान्सर सेलको अनियन्त्रित वृद्धिलाई नियन्त्रण गर्दै उचित व्यवस्थापन गर्दछ र हामीलाई क्यान्सरको समस्याबाट मुक्त गराउँदछ भन्ने कुरा साबित गरेको थियोे। स्वभोजी संयन्त्र सक्रिय गराउन उपवास सबैभन्दा उत्तम देखिन्छ । स्वभोजी भनेको पुनर्चक्रण (Recycling) संयन्त्र/प्रक्रिया हो जसले हाम्रो शरिरमा जम्मा भएको बिकारलाई recycle गर्दछ । उपवासको समयमा, कोशिकाहरूले प्रोटिन र अनावश्यक अवयवहरू (Components) टुक्याउछन (Break Down) र तिनीहरूलाई ऊर्जाको लागि पुनः प्रयोग गर्दछन् । यो स्वभोजी प्रक्रिया क्यान्सर, संक्रामक रोगहरु, प्रतिरक्षा रोगहरु र तन्त्रिका
अपक्षयी विकारहरु (Neurodegenerative Disorders) मा कमजोर भएर जाने विश्वास गरिन्छ ।
उपवासको सहयोगमा यो स्वभोजी संयन्त्रलाई पुनः सन्चालनमा ल्याउन सकिन्छ, सक्रिय गराउन सकिन्छ।
जुन यस प्रकार छ :
पहिलो पाईला (First Step):
१२ घन्टा उपवास बस्ने:
बेलुकाको ६ बजे सम्म आफ्नो खानेकुराको सेवन गरि सक्ने र ६ बजे देखि अर्को दिन बिहान ६ बजे सम्म केही सेवन नगर्ने, प्यास लागि नै हाले छ भने पानी सम्म पिउन सकिन्छ, अन्यथा अरु केही सेवन नगरेर
यसरी साँझ ६ बजेबाट अर्को दिनको बिहान ६ बजेसम्म १२ घन्टा उपवास गर्ने ।
दोस्रो पाईला (Second Step) हप्तामा एक दिन पूर्ण उपवासः
हप्तामा एक दिन पानी मात्र पिएर जलहार उपवास गर्ने । क्यान्सर सेलको आहार हामीले सेवन गर्ने भोजनबाटै उपलब्ध हुने भएकोले खाना बन्द गर्नासाथ क्यान्सर सेलको वृद्धि स्वतः बन्द भैहाल्छ । यसरी
उपवास गरेको बेला शरिरले शरीरभित्र जम्मा भएको विजातिय द्रव्य/विकारहरु जस्मा क्यान्सर सेलको
पालनपोषण हुन्छ त्यसलाई नै प्रयोगमा ल्याउँछ भने अर्कोतिर क्यान्सर सेलको आहारलाई नै टुक्रा पारेर शरिरको जीवनी शक्ति (Immunity Power) वृद्धि गर्न उपयोग गर्दछ ।
बिमारी मानिसको पेटबाट भोजन अलग गरिदियो भने बिमारी मानिसलाई होइन, बरु बिमारलाई भोको
बनाएर मार्न सकिन्छ भन्ने कुराको बारेमा ग्रिकका महान दार्शनिक हिप्पोक्रेट्सले हजारौं बर्ष पहिलेनै स्पस्ट गरिसकेका थिए कि, "बिमार शरिरलाई जति धेरै खुवाउने पियाउने गरिन्छ त्यतिनै उसको हालत खराब हुदै जान्छ"।
उपवास बस्ने चलन नौलो होइन, यो एक प्राचीन अभ्यास र तन्दुरुस्तीको कुशल दृष्टिकोण हो । अझै पनि वर्तमान पुस्ताका धेरैले यसलाई आत्मसात गर्न सकिरहेका छैनन् । पृथ्वीमा हरेक संस्कृतिले यसलाई प्रयोग गर्दछ, विभिन्न धार्मिक सम्प्रदायहरू पनि आध्यात्मिक शुद्धिको लागि उपवास
बस्ने गर्छन्। हिप्पोक्रेट्स को भनाइलाई थप स्पष्ट पार्दा उहाँले आफ्नो रोगीहरुलाई भन्ने गर्नुहुन्थ्यो "तपाईं बिरामी हुँदा
खानु भनेको आफ्नो रोगलाई खुवाउनु हो।"
तेस्रो चरण (Third Step)
शरिरलाई प्रयाप्त अक्सिजन आपूर्ति गराउने (Optimal Oxigen Supply To The Body)
ईस्वी संवत् १९३१ मा नोवेल पुरस्कारद्वारा सम्मानित बैज्ञानिक डाक्टर अटो हेनरिच वारवर्ग (Dr Otto Heinrich
Warburg) को अनुसन्धानले "क्यान्सर सेल अक्सिजनको उपस्थितिमा जिवीत रहन सक्दैन । क्यान्सर
सेल र अक्सिजन संगसंगै अस्तित्वमा रहदैनन्"। अर्थात अक्सिजनले क्यान्सर सेललाई मार्छ भनेर प्रमाणित
गरेका थिए। तसर्थ, शरिरमा प्रयाप्त मात्रामा अक्सिजनको आपूर्ति बढाउन सकेमा क्यान्सर सेललाई समाप्त
पारेर क्यान्सरको समस्याबाट मुक्त हुन सकिन्छ । शरिरमा अक्सिजनको मात्रा बढाउने बिभिन्न उपायहरु मध्ये जुनसुकै पनि आफ्नो सुबिधा अनुसार प्रयोगमा ल्याउन सक्छौं जस्तै, शारीरिक व्यायाम, योगासन प्राणायाम , गहिरो श्वासप्रश्वास हुने कसरत, दौडने, मार्शल आर्ट आदिको अभ्यास दैनिक १ घन्टा गर्ने तर सूर्य प्रकाशको सम्पर्कमा रहनु अति जरुरी छ । शरिरमा अक्सिजनको आपूर्ति बढाउनको लागि सबैभन्दा उत्तम उपाय हाँस्य योग (Laughter Yoga) को उपयोग गर्न सकिन्छ जुन अति सर्वसुलभ अति मितव्ययी तर सबैभन्दा प्रभावकारी छ।
तेस्रो र चौथो अवस्था (Third & Fourth Stage) को क्यान्सर पिडितहरुको लागि विशेष :
तेस्रो अवस्था (3rd stage) को लागिः
१. माथि प्रथम चरणमा उल्लेखित पकाएको खाना प्लेट नम्बर २ लाई साँझ या बिहान दिनमा
एक पटक मात्र सेवन गर्ने ।
२. ३-४ किसिमको हरियो साग पात आफ्नो शरिरको वजन बराबर ग्राम मा साँझ बिहान दुबै पटक सेवन गर्ने । जस्तै शरिरको तौल ७० किलो ग्राम छ भने साँझ र बिहान ७० x२ ग्राम = १४०
ग्राम हरियो सागपात प्लेट नम्बर १ को साथमा दैनिक सेवन गर्ने ।
चौथो अवस्था (Fourth Stage) को लागि :
क्यान्सरको चौथो अवस्था ल्याव टेस्टबाट देखा परेकाहरुले अरु सबै तेस्रो अवस्थाको डाइट प्लान अनुसार सेवन गर्ने तर निम्नानुसार केही थप गर्नुपर्नेछ :
१. रातो र हरियो रंगको मौसमी तरकारी सागपातको रस जस्तै पालक, चुकन्दर, टमाटरको रस
बनाएर साँझ बिहान दुबै पटक प्लेट नम्बर १ को साथमा सेवन गर्ने । मात्रा २५० मिलि लिटर
साँझ, २५० मि लि बिहान गरि जम्मा ५००मि लि (आधा लिटर) दैनिक प्लेट नम्बर १ को साथमा एक महिना सम्म सेवन गर्ने।
२. प्लेट नम्बर २ को पकाएको खाना दुबै छाक १ महिना बन्द गर्ने । एक महिना पश्चात् चौथो
अवस्थाबाट तेस्रोमा पुगिन्छ र १ महिना पछिबाट फेरि तेस्रो अवस्थाको जस्तै सेवन गर्ने ३
महिनासम्म। ३ महिना पश्चात तेस्रो अवस्थाबाट पहिलो या दोस्रो अवस्थामा पुगिन्छ र ३
महिनापछि पहिलो या दोस्रो अवस्थाको अनुसार सेवन गर्ने। यसरी ६-९ महिना सम्मन सेवन गर्दै जाँदा पूर्णरूपमा क्यान्सरको समस्याबाट मुक्त भएर सामान्य स्वास्थ्य अवस्थामा पुग्न सकिन्छ।
ॐ तत सत
सबैको मंगल होस्