-श्वामी सत्यव्रत
कुनै पनि सिर्जनशील विचार जब समाजमा आउँछ, त्यो कार्य रुपमा अगाडि नबढुन्जेल समाजलाई विश्वास हुँदैन र त्यो केही हदसम्म विवादास्पद समेत हुन जान्छ तर त्यसबाट विचलित नहुन र अगाडि बढी साथ दिन समेत अनुरोध गर्दछु । कुनै पनि नयाँ सिर्जना स्थापित हुनको लागि केही समय लाग्छ किनकि हामीहरु एउटा लिकमा हिडिरहेका छौ, हामीहरुलाई त्यही प्रिय लागेको हुन्छ अर्को नयाँ सिर्जना नपाएसम्म, तपाईँहरुलाई अज्ञाततिरको यात्रा गराउँनको लागि र जानकारी हैन रुपान्तरण चाहिन्छ भन्ने शाश्वत सत्यलाई यहाँहरु सामु हरेक अंकमा राखिदिएको त यहाँहरुलाई विधितै छ ।
अहिलेको समाजमा आर्थिक, राजनैतिक, सामाजिक, नैतिक लगायत प्रायः सबै क्षेत्रमा विकृति, विसंगति, भ्रष्टता र चरित्रहिनता व्याप्त छ । यो कुरालाई हटाउने काम कुनै एउटा क्षेत्रको प्रयासबाटमात्र सम्भब छैन । यो समस्याको प्रमुख कारण अहंकार हो, अज्ञान हो, आध्यात्मिक जागरणको कमी हो, सदाचार, नैतिकता, सच्चरित्रतामा कमि आउनुका साथै आफ्नाे अस्तित्वलाई साक्षात्कार नगर्नु हो, आध्यात्मिकतामा रहेको “अयं निज परोवेति गणना लघु चेतसाम्, उदार चरितः नाम तु वसुद्यैव कुटुम्वकम्” जस्तो शाश्वततालाई हृदयङ्गम नगर्नु हो, नैतिकता, सदाचार, परोपकार, धार्मिकता, सच्चरित्रता, समझदारी, जिम्मेवारी, ईमान्दारी, अनुशासन हुँदै जागरणसम्म नपुग्नु हा,े यस्ता पक्षहरुमा जागरणको कमी आउनु हो, योग, ध्यान र प्रणायाम जस्ता पक्षहरुमा दृष्टि नजानु हो ।
तसर्थ यस केन्द्रले आफ्नाे स्थापना कालदेखि नै यी शाश्वततालाई नै मुख्य लक्ष्य बनाएर काम गरिरहेको छ तर समयको आवश्यकता अनुसार अहिले आएर यसको अपरिहार्यतालाई महसुस गरी हामीहरु सबैको ऐक्य बद्धताको महसुस समेत भएको छ – “संघौ शक्ति कलौ युगे ।” वर्तमान समयमा नेपाली समाजका युवा जमातमा धर्म सँस्कृतिप्रतिको लगाब कम हँुदै गई आध्यात्मिकतामा त रुची शुन्य नै भइ सकेको छ । देशमा बढिरहेको कहालि लाग्दो महङ्गीले, शैक्षिक बेरोजगारले, गरीबीले र पश्चिमी सँस्कृतिको प्रभाबले युवाहरुमामात्र नभएर यत्र तत्र सर्वत्र– अश्लिलता, छाडापन, अनुशासनहीनता, मान्यजनप्रतिको आदरभावमा कमी जस्ता अवगुणहरुको बढोत्तरीमात्र भएको छैन कि लागु पदार्थको प्रयोग जस्ता कुलत, कुसंस्कारमा समेत लाग्नेहरुको संख्या बढ्दै छ । संसारलाई त्राहीमाम पारिरहेको एड्स जस्तो माहामारीको मारमा नेपाल समेत पर्नुको कारण यही हो । भोलिका संवाहक आजका युवाहरुलाई यी कुलत कुसंस्कारवाट मुक्त गरी सद्मार्गमा डोर्याउन र स–साना बाल बच्चाहरुलाई विद्यालय तहदेखि नै योग, ध्यान, प्रणायामका साथै नैतिकता, सच्चरित्रताका कक्षाहरु दिन नितान्त आवश्यक भएको छ साथै त्यस प्रकारको वातावरण दिन सकिएन भने आत्म सम्मान, स्वाभिमान एवं मानविय मूल्य र मान्यताप्रति सजग गराउन सकिएन भने भोलिको हाम्रो बैयत्तिक, पारिवारिक, सामाजिक एवं राष्ट्रिय भविष्य अन्धकारमय बन्ने प्रायः निश्चित छ र भोलि आउने नभलभचबतष्यल ले तपाई हामीहरुलाई, (जसले केही गर्न सक्थ्यौ तर समयमा नै गर्न लागि परेनौ) क्षमा गर्ने छैनन् ।
असहाय, बालबालिका, वृद्ध, अपाङ्गहरुको सेवा गर्ने, उनीहरुलाई सम्मानजनक जीवनयापनको लागि स्वार्थ रहित प्रयत्न गर्ने, आत्मिक जागरण तर्पm उन्मुख गराउने काम सबभन्दा ठूलो आध्यात्मिक काम हो, चाहे त्यो कुनै जाति, धर्म, वर्ण, वर्ग, क्षेत्र र समुदायको किन नहोस् । यसको लागि ब्यक्ति स्वयंमा जागरुक र सचेत हुनु आवश्यक छ । अतः यिनै आवश्यकताहरुको परिपुर्ति गर्ने उदेश्यले आध्यात्मिक जागरण मैत्री प्रवद्र्धन केन्द्रको स्थापना गरिएको हो ।
आदरणीय आमा बुबा, दाजु, भाई, दिदी बहिनीहरु साथै आध्यात्मिक जगत्मा तल्लिन सम्पूर्ण सहयात्री मित्रहरु तथा महानुभाबहरु यस आध्यात्मिक जागरण मैत्री प्रबद्र्धन केन्द्रले विगत १८ बर्षदेखि (वि. सं. २०५४ सालदेखि) समाजमा रचनात्मक कार्यहरु गर्दै आएको अबगत गराउँदै यो केन्द्रले योग, ध्यान, प्रणायामदेखि लिएर अन्य कुलतमा परेकाहरुलाई ब्यक्तिगत परामर्स दिएर समेत उनीहरुको भविष्य उज्जल गराउने कार्यहरु गर्दै आएको छ । यो सँस्थाले अहिलेको समाजमा देखा परेका कुरिति, कुसंस्कारबाट समाजलाई सही मार्गमा लगाउन र त्यो युवा शक्तिलाई रचनात्मक कार्य गर्न लगाउन निरन्तर रुपमा कार्य गरिरहेको छ र यस कार्यको लागि विभिन्न क्षेत्रबाट सहभागिता समेत भएको छ ।