-श्वमी सत्यव्रत
गुरु गोबिन्द दोउ खडे काके लागूँ पायँ ।
बलिहारी गुरु आपने दियो गोबिन्द बताय ।।
गुरु र भगवान दुबै एकै ठाउँमा भएको बेलामा पहिले मैले कसलाई प्रणाम गरुँ भन्दा भगवानसम्म जाने बाटो देखाउने गुरु नै भएकोले भगवानभन्दा पनि पहिले गुरुलाई प्रणाम गर्नु पर्छ भनेर आफ्नो दोहाद्वारा महात्मा कविरले प्रष्ट पार्नु भएको छ । गुरु गोविन्द रामकै साक्षत अवतार नै हुनुहुन्थ्यो भन्ने बारेमा उनका प्रतिद्वन्दी मुगल सम्राट औरङ्गजेवले सहश्र स्वीकार्नु भएको छ । आजको देशको अवस्थालाई हेर्दा नेपालको परिप्रेक्ष्यमा देशको धर्म सँस्कृति धरापमा परेको छ । यसो हुनुमा धर्म गुरुहरु र राज्यको पनि उदासिनता देखिएको छ । धर्म सँस्कृतिलाई कुहिएको आलुको मूल्यमा किनबेच भएको छ ।
मैले एकदम छोटकरीमा केही विषय बस्तु यहाँ प्रस्तुत गर्दै छु, त्यो के हो भने गुरु गोबिन्द सिंहका पिताको नाम टेक बहादुर सिंह थियो । भारतको दिल्लीबाट नजिकै हनुमान मन्दिरको छेउमा शीषगञ्ज भन्ने एउटा ठाउँ छ, त्यस ठाउँको नाम कसरी रहन गयो शीषगञ्ज भन्ने बारेमा जान्नु सान्दर्भिक हुन जान्छ । त्यो के हो भने मुस्लिमहरुबाट हिन्दू नारीहरुप्रतिको ज्यादतीले गर्दा जौहर व्रत त घटेको नै हो । यसको लागि इतिहास साक्षी नै छ । आँखा बन्द गर्दैमा सूर्यास्त भएको हुँदैन । हुन त नेपालको एकिकरणको समयमा मुस्लिम कालिगडहरु लिएर हतियार बनाउने काममा पृथ्वी नारायण शाहले लगाएको इतिहास पनि छ । त्यसै समयमा पृथ्वी नारायण शाहले मुस्लिम कालिगड ल्याउनुको साथै क्रिश्चियन पादरी केपुचिनलाई चारपाटे मुडेर चार भन्ज्याङ्बाट निकालेका पनि थिए । त्यसैले गर्दा पनि आज धार्मिक रुपमा मुस्लिमभन्दा क्रिश्चियनहरु आक्रमक ढंगले अगाडि आएको देखिन्छ । त्यस विषयलाई मैले उजाग्र गर्न खोजेको होइन, मनुष्य मात्रको हितमा कार्य हुनु पर्छ भन्ने सिद्धान्तमा हामीहरु जिउनु पर्दछ ।
औरङ्गजेवको समयमा भारतमा मुगल साम्राज्यको विगविगी थियो र हिन्दूहरुमाथि अत्याचार भइरहेको थियो । यसै बीचमा हिन्दूहरुमाथिको दमनका बाबजुद, औरङ्गजेवले एउटा प्रस्ताव राखे कि यदि प्रमुख हिन्दू धर्म गुरुले हिन्दू राज्य पुनः फिर्ता गर्ने सर्तमा आफ्नो बलिदान गर्न सक्छ भने हिन्दू राज्य फिता गरिदिन्छु । यस प्रस्ताबलाई हिन्दूहरुले मनन् गरे र निष्कर्षमा पुगे कि यदि एक जनाको बलिदानले हिन्दू राज्य फिर्ता हुन्छ भने त्यो गर्नु पर्छ । त्यसपछि गुरु गोविन्द सिंहले आफ्ना बाबु गुरु टेक बहादुर सिंहलाई भन्नु भयो कि बुबा हजूरले जीवन धेरै देख्नु भयो, जिउनु भयो हिन्दूहरुको हितको लागि हजूरले औरङ्गजेवले भने भैm आफ्नो जीवनको आहुति दिनु होस् । किनकि औरङ्गजेवले हजूरले आहुति दिएपछि हिन्दू राज्य फिर्ता गर्छु भनेका छन् ।
त्यसपछि टेक बहादुर सिंहको सिरलाई औरङ्गजेवले काटिदिए, त्यही टाउको काटेको ठाउँलाई नै शीषगञ्ज भनिन्छ । तर गुरु गोबिन्द सिंहले भने जस्तो भएन, औरङ्गजेवले हिन्दू राज्यलाई फिर्ता गरिदिएन । त्यस पछि गुरु गोविन्द सिंहमा ठूलो भूकम्प गयो, उनले आफ्नो बाबु टेक बहादुर सिंहको बलिदानको सम्मान गर्न चाहे । उनले आफ्ना आसपासको समर्थकहरुलाई एकजुट हुनको लागि भने कि हेर्नुृहोस् – मेरो बुबाले हिन्दूहरुको हित हुन्छ भने म आफ्नो जीवन आहुति दिन तयार छु भनेर जीवन विसर्जन गर्नु भयो ।
यो धर्ती धर्म सँस्कृति र मनुष्यमात्रको हितको लागि आफ्नो जीवनलाई हाँसी हाँसी विसर्जन गर्ने वीर र विरङ्गनाहरुको रगतले सिँचित भएको भूमि हो – जहाँ मानिसहरुले आलु र मुला उव्जाएर खाएका छन् । त्यसरी आफ्नो जीवनलाई विसर्जन गर्नको लागि कसैले जवर्जस्ती गरेको पनि होइन, आफ्नो बैयक्तिक जीवनभन्दा राष्ट्रको लागि धर्म सँस्कृतिले मूल्य र मान्यता राख्दछ भनी हाँसी हाँसी मत्युलाई वरण गर्ने महात्माहरुको गौरब गाथा बोकेको हाम्रो सँस्कृति हो यो ।
तर औरङ्गजेवले गति छाडे, हामीहरु सबै एक जुट भएर यसको प्रतिकार गर्नु पर्छ भन्दा सबै डरले अगाडि बढ्न मानेनन् । हामीहरु औरङ्गजेवको विरुद्धमा जानु भनेको मृत्यु वरण गर्नु हो भने । बरु हामीहरु औरङ्गजेवको दास भएर बस्न चाहन्छौ तर औरङ्गजेवको विरोधमा जाने साहस हामीहरुसँग छैन भने । औरङ्गजेवले त्राही त्राही मच्चाएको थियो, तात्कालिन समयमा मुगल साम्राज्यको विगविगी नै थिायो । त्यसपछि गुरु गोबिन्द सिंहले अलि टाढा टाढाका स–साना राज्यहरुलाई आपूmमा मिलाए र नजिकका राज्यहरुका मानिसहरु जसले पहिले उनको भनाइ मानेका थिएनन् । उनीहरुलाई पनि आपूmमा मिलाएर औरङ्गजेवको विरुद्धमा युद्ध छेंडे । अन्त्यमा सबैले गुरु गोबिन्द सिंहलाई साथ दिए । एक ठाउँमा त मुस्लिमहरुको मस्जिदबाट रगतको खोला नै बगेको थियो ।
मुस्लिमहरुका सेना र औरङ्गजेवको गुरु गोविन्द सिंहको सामु केही चलेन, उनीहरुले छलबल, कपट आदि नीति अवलम्बन गरे । गुरु गोबिन्द सिंहका छोराहरु पनि सानैदेखि धर्म सँस्कृतिका वेत्ता नै थिए र महान लडाकु पनि । गुरु गोबिन्द सिंहका चार जना छोराहरु थिए, अजित सिंह – १७ बर्षको, जुधार सिंह – १४ बर्षको, जोराबर सिंह – ११ बर्षको र फत्ते सिंह – ७ बर्षको ।
उनका दुईवटा छोराहरु – जेठो अजित सिंह – १७ बर्षको र माहिलोजुधार सिंह – १४ बर्षको मुस्लिमहरुसँग तरबार युद्ध गर्दा गर्दै वीरगतिको प्राप्त भएका थिए ।
अर्का दुई छोराहरु जोराबर सिंह – ११ बर्षको र फत्ते सिंह – ७ बर्षको, उनीहरु हजूर आमा माता गुजरीसँग सर्रा नदी पार गर्दा अर्कै ठाउँमा पुगे र त्यहाँबाट मुस्लिमहरुले उनीहरुलाई अपहरण गरेँ । त्यसपछि उनीहरुलाई माफी मगाउँनको लागि अनेक प्रयास गरे तर उनीहरुले भने कि हे कायर हो, तिमीहरुलाई हाम्रो बुबाको बारेमा थाहा छैन होला । हाम्रो बुबाले कहिल्यै पनि दुष्मनको सामु शिर नझुकाउनु र आफ्नो धर्म सँस्कृतिको रक्षाको लागि अन्तिम श्वाससम्म लड्नु भन्ने शिक्षा दिनु भएको छ, जब हाम्रो बुबालाई थाहा हुन्छ कि तिमीहरुले हामीहरुलाई अपहरण गरेका छौ, त्यसपछि तिमीहरुको के गति हुने हो थाहा छैन । हामीहरुलाई छाडिदेऊ भनी ती ७ र ११ वर्षको बच्चाहरुले भनिरहेका थिए तर कसाहीको सामु निर्दोष प्राणीहरुले अनुनय विनय गरे पनि कसाहीले जिवित राख्दैन । यहाँ पनि ती दुई बालकको शिर औरङ्गजेवको चरणमा पार्नको लागि घरको कोठाको भित्तालाई प्वाल पारेर त्यसबाट टाउको छिराउन लगाउँदा ती बालकहरुले पहिले खुट्टा छिराई दिए । किनकि अर्को कोठामा औरङ्गजेव थिए र टाउको पहिले छिराएका भए, ती बालकहरुको टाउको औरङ्गजेवको चरणमा पर्ने थियो ।
अन्त्यमा ती निर्दोष दुई बालकहरुलाई जिवितै तड्पाउँदै गा–हो सिलिदिए । उनीहरुले हाम्रा बुबालाई यो पत्तो होला कि नहोला, ए भाइ, ए दाई हामी दुईमा को पहिले मर्छौ होला भन्दै आलाप विलाप गर्दै शरीर छोडे । पछि जब गोबिन्द सिंहलाई यो सबै ज्ञात भयो, उनलाई कसैले रोक्न सकेन, उनी स्यालको बधानमा सिंह जाइ लागेजस्तो गरी सारा मुस्लिमहरुलाई तहस नहस पारे । गुरु गोबिन्द सिंहलाई मार्नको लागि सम्पूर्ण मुस्लिम एक भई घेरा हालेको बेलामा हालको पञ्जाब, जहाँ पाँचवटा नदीहरु मिसिएका छन्, त्यस नदीबाट गुरु गोबिन्द सिंह पोडिदै बच्न सफल भए ।
गुरु गोबिन्द सिंह भन्दा पहिले नै औरङ्गजेव मरे, औरङ्गजेव मर्ने बेलामा गुरु गोबिन्द सिंहको दर्शन गर्न चाहेका थिए तर गुरु गोबिन्द सिंहले भन्नु भयो कि औरङ्गजेवले निहत्था र निर्दोष दुई बालकहरुको हत्या गरेको छ । त्यो क्षम्य हुँदैन, यदि उसले लडाइमा हराएको भए म नतमस्तक हुन्थे, उसले आफ्नो कायरपनको पराकाष्टा नाघेको छ, उसलाई मैले भेट दिन्न भन्नु भएको थियो । त्यस बेलामा औरङ्गजेवले भनेका थिए कि गोबिन्द सिंह राक्षस रामको अवतार नै हो, भगवान नै हो भन्दै तड्पिदै मृत्यु वरण गरे, शरीर छोडेका होइनन् ।
यसरी धर्म सँस्कृतिको लागि अविष्मरणीय योगदान दिएर गएका अदम्य साहसका धनी दैवी पुरुषहरुबाट रक्षित हाम्रो धर्म सँस्कृति आज दुई टुक्रा रोटी र दुई मिटर कपडाको लागि बेचिएको छ, यो भन्दा जल्लाको विषय अर्को हुन सक्दैन । एक जुट हुनुको विकल्प छैन – “संघौ शक्ति कलौ युगे ।”
“इतिहास मर्दैन” हाम्रा धर्म गुरुहरु, महात्माहरुले धर्म सँस्कृतिको लागि, आफ्नो भूमिको लागि, मनुष्यमात्रको लागि के गरेनन् ।