दिवा स्वप्न होस् वा रात्री स्वप्न दुबैबाट जाग्न जरुरी छ

5.4k Shares

-श्वमी सत्यव्रत 

हाम्रो सनातन धर्म सँस्कृति अति नै प्राचीन धर्म सँस्कृति हो, यसको भौगोलिक फैलावट पनि विशाल थियो । हालको चीन राज्य जुन छ, प्राचीन धर्म सँस्कृतिबाट प्रा हटाएर चीन मात्रै राखेका हुन् भन्ने सम्म पनि तत्सम्बन्धी वीज्ञहरुले उल्लेख गरेका छन् । पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्नु भन्दा केही वर्ष पहिलेसम्म पनि अमेरीका बृटिश सरकारको अधिनमा थियो । अमेरीकामा बृटिशहरुले शासन गरेका थिए, बृटिशको अधिनमा अमेरीका थियो, यसलाई पनि अहिले सहज मानिदैन । 

एक समय चीनका वादशाहको एउटा मात्रै उत्तराधिकारी भएको वेलाको प्रसङ्ग हो । वादशाह उमेरले उत्तरार्धतिर पुगेका थिए, अचानक उनको एउटा मात्रै छोरो त्यो पनि सिकिस्त विरामी पर्यो । उनलाई बडो चिन्ता पर्यो, उनी र उनकी श्रीमती सँगै गएर शहरको एउटा ठूलो अस्पतालमा भर्ना  गरियो । महिनौ दिनसम्म अस्पतालमा राखेर उपचार गर्दा पनि खासै सुधार भएन । वादशाह राम्ररी सुत्न पनि पाएका थिएनन्, एक दिन उनी अस्पतालमा नै निदाउँन पुगेछन् । उनले एउटा सुन्दर सपना देखेछन् किनकि सपना त आफ्नो बासना अनुसार नै देख्ने हो । सुषुप्त रुपमा रहेका बासनाहरुको प्रत्यक्षीकरा नै साक्षात् सपना हो, वासनाद्वारा नै संसार सिर्जना गर्ने हो । उनले सपना यस्तो देखे कि उनी चीनमाबाट शासन  गर्ने एक चक्रवर्ती राजा रहेछन्, उनका १२ जना बडो सूर, वीर, सबै गुणले युक्त एकसे एक छोराहरु रहेछन् । उनको विश्वभरमा नै हाइहाइ रहेछ ।

त्यसै समयमा ती राजाले उनकी रानीको चित्कार सुन्न पुगेछन् – हाई मेरो लाल मलाई छोडेर कहाँ गयौं भन्दै चिच्चाएको आवाज सुनेछन् । नभन्दै श्रीमतीले ए उठ्नुहोस् न उठ्नुहोस्, छोरोलाई के भयो भनेर उठाइन्, उनी उठे र खिल्खिलाएर हाँस्न पो थाले । श्रीमतीले भनिन् – “तपाइ के गर्नु भएको यो, यहाँ छोराको मृत्यु भएको छ, तपाई भने खिल्खिलाएर हाँस्नु भएको छ ।” राजाले भने – “हेर प्रिय म कसको चिन्ता गरुँ, जिवित ती १२ जना छोराहरु र चक्रवर्ती राज्यको कि एकजना यो मरेको छोराको ।” सत्य कुन हो त्यो नीद्राको संसार भर्खरै मैले देखेर आएँ, त्यो कि अर्को निद्राको संसार जुन अहिले मैले देखि रहेको छु । यी दुबै निद्रा नै हुन्, एउटा दिवा निद्रा, अर्को रात्री निद्रा, एउटा दिवा स्वप्न अर्को रात्री स्वप्न । यी दुबै निद्राबाट व्युझनु जरुरी छ, यी दुबै निद्राको साक्षी हुनु जरुरी छ । 

चरित्र एउटा Pain Killer होइन कि खाएपछि ठीक भयो । चरित्र १,००,००,०००/– रुपियाँबाट खरिद गर्न सकिने निश्चित मूल्य तोकिएको कुनै वस्तु होइन, जसलाई त्यस मूल्यभन्दा बढी भनेमा कार्वाही गर्न सकियोस । चरित्रलाई सीमामा बाँध्न सकिँदैन तर पनि तात्विक विषयलाई लिएर केही बुभ्mनु राम्रो हो । एउटा पाटो हेर्दा चरित्र भनेको मानिसको व्याबहार हो, जस्तो आहार हुन्छ त्यस्तै व्याबहार हुन्छ । त्यसैले आहार शुद्धी हुनु जरुरी हुन्छ, मानिसको जस्तो विचार हुन्छ, त्यसै अनुसारको संसार भएको उसको अनुभव हुन्छ  किनकि जस्तो दृष्टि हुन्छ, त्यसै अनुसारको सृष्टि गर्ने न हो । जुन व्यक्तिको जस्तो चरित्र हुन्छ, उसका त्यसै प्रकारका  मीत्रहरु  हुन्छन् । भेडाको भेडा साथी बाख्राको बाख्रा साथी, जबसम्म विचार शुद्ध हुँदैन त्यति बेलासम्म व्यक्ति आफ्नो पवित्रताको बारेमा अनभिज्ञ नै रहन्छ । मानिसको दृष्टि शुद्ध हुनु पर्दछ, मन दुश्मन हुनु हँुदैन, राम्रो नराम्रो व्यक्तिको हेराइमा भर पर्दछ । हरेक व्यक्तिमा भगवत्ता छिपेको हुन्छ, त्यसलाई उजाग्र गर्ने व्यक्तिको क्षमताको विषय हो भने त्यस विलक्षणतालाई देख्न सक्ने व्यक्तिको दृष्टिको विषय हो । व्यक्ति रात्री स्वप्नमा छ कि दिवा स्वप्नमा कुनै फरक पर्दैन, तात्विक फरक जाग्नुमा पर्दछ । चर्म चक्षु खुल्दैमा आपूmलाई जागेको सम्झने भ्रमबाट मुक्त हुनु जरुरी छ । मानिसहरुले विभिन्न आकांक्षाहरु लिएर जिएका हुन्छन्, जबसम्म तिनीहरुका आकांक्षाहरु पूरा हुँदैनन् तवसम्म उनीहरु जाग्न सक्दैनन् । उनीहरुलाई जगाउनको लागि नै धर्ममा विभिन्न सम्प्रदायहरुले जन्म लिए, सम्प्रदायहरु सही रुपमा प्रयोगमा आउने हो भने तिनीहरु मनिसहरुलाई जगाउने केन्द्रहरु हुन्, भट्टीहरु हुन्, स्कूलहरु हुन् । यसलाई  विकृत रुपमा हेरिएकोले गर्दा धर्म अन्धो भएको हो । 

यहाँ गौतम बुद्धको जीवनको सच्चा घट्नालाई हेर्दा उनको जन्म कुण्डलिनी हेर्दा कि त यो युवक सन्यासी हुन्छ, कि त महाप्रतापी सम्राट हुन्छ भन्ने देखियो । गौतम बुद्धलाई राजाको छोरो भएको कारणले गर्दा पनि सम्राट नै बनाउने हर प्रयास गरियो, कुनै पनि अभावबाट टाढै राख्नको लागि उनलाई हर सम्भब सुविधा उपलव्ध गराइयो । कुनै बेला आत्मा ज्ञान पनि अनपेक्षाकृत हुन्छ, त्यस्तै  जाग्नको लागि पनि कुनै बेला विभिन्न धार्मिक सम्प्रदाय र स्कूल विना नै हुन्छ । बुद्ध सन्यासी बनेमा उसको  पाउ छुनु पर्ने यो त बडो संकटको विषय हो । अरुको छोरा सन्यासी बनोस्, उसको पाउ छुनको लागि कुनै कठीन हुँदैन, आफ्नै छोराको पाउ छुन त मुस्किल पनि हुन्छ । शुद्धोधनले ज्योतिषिहरुलाई सोधे कि अब बुद्धलाई सन्यासी नहुनको लागि के गर्नु पर्ला । ज्योतिषिहरुले भने त्यसको लागि एउटामात्रै उपाय छ, त्यो के भने बुद्धलाई निद्रामा कत्ति पनि बाधा पुर्याउनु भएन, मुर्छामा नै राख्ने हर प्रयास गर्नु पर्दछ ।

त्यसपछि बुद्धलाई कुनै प्रकारको दुःख महसुस हुन नदिनको लागि हर सम्भव प्रयास भइरहेको थियो । उनलाई जाडोले नविउँझाओस्, उनलाई गर्मीले नविउँझाओस्, उनलाई कुनै पनि अभावले नविउँझाओस् । कुनै पनि व्यक्तिलाई व्युझाउँनको लागि घण्टी नै चाहिदैन – हावाको झोकाले पनि व्यक्तिको नीद्रा टुट्न सक्छ, चट्याङ्ग पर्दा पनि निद्रा टुट्न सक्छ, कुकुर भुकाइले पनि निद्रा टुट्न सक्छ,  चरा चुरुङ्गीहरुको चिरविरले पनि निद्रा खुल्न सक्छ । बुद्धलाई उनका पिताले चार मौसमका चारवटा महल बनाई दिए । जाडोमा हिटिङ्गको व्यावस्था भएको महल, पूरा पुष्पमय सुगन्धले भरपुर । गर्मीमा एयर कण्डिसनको व्यवस्था भएको सुविधा सम्पन्न महलको व्याबस्था गरिदिए ।  बुद्धको लागि सुन्दर भन्दा सुन्दर युवतीहरुको व्याबस्था गरिदिए । परम् भोगले त्यागमा लैजान्छ, यसैलाई भगवान रजनीशले कामदेखि रामसम्मको यात्रा भनेर बताउँनु भएको छ । यदि गौतम बुद्धलाई एक दुई जना मात्र युवतीहरु दिइएको भए, उनमा अरु धैरै भोगको इच्छा, आकांक्षा र कामना रहिरहन्थ्यो ।  जीवनमा अरु पनि रस रहन्थ्यो तर गौतम बुद्धमा कुनै कार्य  गर्ने इच्छा बाँकी रहेन । बुद्धत्व त्यतिबेला घट्दछ, जति बेला जीवनका इच्छा, आकांक्षा र कामना पुरा हुन्छन् । इच्छा, आकांक्षा र कामनालाई त्याग्ने होइन कि पूर्ण रुपमा भोग गर्ने, त्यसपछि मात्र परम् भोगको समय शुरु हुन्छ । त्यसैलाई अध्यात्म भनिन्छ, त्यसैलाई  आत्म ज्ञान भनिन्छ, त्यसलाई परम् भोग भनिन्छ । धार्मिक व्यक्ति, आध्यात्मिक व्यक्ति, बुद्धत्व प्राप्त गरेका व्यक्ति त्यागी होइनन्, परम् भोगी हुन् । यदि बुद्धलाई सारा सुख र युवतीहरु न्मिलेको भए मैले भन्दछु, उनी पक्कै पनि सन्यासी बन्ने थिएनन् । बुद्धका पिताले अज्ञानताबस उल्टो गणित प्रयोग गरे । बुद्धको जीवनमा केही गर्न बाँकी नै रहेन । यसपछि गर्ने काम नै नभए पछि अब सन्तको अनुभवको लागि बुद्ध लालायित हुनु भयो ।

बुद्धलाई सानोमा यदि दुःख दिइएको भए, उनी सन्यासी बन्ने सम्भावना कम थियो तर उनको जीवनमा कुनै काम गर्न नै बाँकी रहेन । बुद्धको जीवनमा बुद्ध रहने ठाउँको बगैचामा सुकेका पातसम्म पनि राखिएको थिएन, बुद्धलाई कुनै पनि बनस्पती वा जीव मर्छ भन्नेसम्म पनि आभास हुन नदिने भन्ने दरबारको निर्देशन थियो । सत्यलाई कतिसम्म छिपाउँन सकिन्छ र, एक दिन न एक दिन त बुद्ध दरबारको महल बाहिर जान्छन् नै । त्यस बेलामा सत्यको उजाग्र त हुन्छ नै, त्यो सबैलाई डर थियो । एक पटक एउटा महोत्सबमा भाग लिनको लागि बग्गीमा सारथीलाई लिएर बुद्ध बाहिर निस्किए । संयोगबस बाटोमा चार जना मानिसहरुले बोकेर, माथिबाट सेतो कपडाले छोपेर ल्याएको बस्तुमाथि बुद्धको दृष्टि पर्यो । बुद्धले आफ्नो सारथीलाई यो के हो भन भनेर सोध्नु भयो, सारथी अलमलमा पर्यो तर सत्य कतिसम्म छिपाउँन सकिन्थ्यो र सारथीको भित्र दैवी शक्ति प्रवेश गर्यो र यो मरेको मानिस हो भनेर जबाफ दिए । त्यस बखत बुद्धको पिताले दिएको निर्देशनभन्दा दैवी शक्तिको पल्ला भारी पर्यो । 

बुद्धले तुरुन्त सोध्नु भयो, के म पनि मर्छु । त्यसबेला सारथीबाट प्रष्ट जबाफ आयो, जसले जन्म लिन्छ, त्यसको मृत्यु अवश्यम्भावी छ । राजन हजूरको पनि मृत्यु अवश्यम्भावी नै छ । त्यसपछि बुद्धले भन्नु भयो, सारथी अब रथलाई दरबारतिर लैजाऊ, कुनै कार्यक्रममा जानुको कुनै अर्थ छैन । मलाई जीवनको सार थाहा भयो, बुद्ध कुनै गुरु विना नै जागे, बुद्धले भन्नु भएको थियो कि आजसम्म मलाई अनभिज्ञ राखे तापनि म निचोडमा पुगें कि – “ गर्भ कै कब्र हो ।” बुद्धलाई कसैले जगाउनु परेन, उनलाई घट्नाले जगायो, परिस्थितिले जगायो ।                                

अर्को एउटा उदाहरण के भने गुरजिएफसँग भेट गर्नको लागि पि.डि. आस्पेन्स्की पहिलो पटक गएछन् । पि.डि. आस्पेन्स्की लेखक, तर्कशास्त्री, गणितज्ञ थिए, केही विषयमा पिएचडि गरिसकेका थिए । उनलाई आपूm विद्वान भएको अकड त थियो नै, गुरजिएफले आस्पेन्स्कीको शिरदेखि खुट्टासम्म हेरेर एउटा कागजको टुक्रा दिएर भने पहिले तिमीले के के जानेका छौ त्यो र अर्को तर्पm के के थाहा छैन त्यो सबै पल्लो कोठामा गएर लेखेर ल्याऊ । किनकि के विषयमा छलफल, सत् सङ्ग गर्ने भन्ने विषयमा हामीहरुलाई सजिलो हुन्छ भने । पि.डि.आस्पेन्स्की अर्को कोठामा त गए तर उनमा बेचैनी शुरु भयो । उनले परमात्माको बारेमा पनि पुस्तक लेखेका छन् तर परमात्मा के हो थाहा छैन । उनी आपैmलाई थाहा छैन त उनले लेखेको पुस्तक पढेर जनताहरुले के ज्ञान लेलान् । आस्पेन्स्की परिना पसिना भए, एक  घण्टापछि गुरजिएफको सामु आएर भने कि मलाई जीवनमा आज पहिलो पटक होस आयो, मलाई महसुस भयो, म जागें कि मलाई केही पनि थाहा छैन । 
पि.डि.आस्पेन्स्की जाग्नको लागि कारण त बने गुरजिएफ तर गुरजिएफको कुनै  प्रयास रहेन । उनी कुनै कारण विना नै कुनै धार्मिक स्कूल विना नै, कुनै सम्प्रदाय विना नै जागे । यसैलाई कविर साहेवले आफ्नो दोहामा भन्नु भएको छ – 

“जैसे तिलमे तेल है, जो चकमकमे आग ।
तेरे सही तुजमे है, तु जाग सके तो जाग ।।”

मानिसले के प्रमाण दिन आफू जिवित छु भन्ने वा जागेको छु भन्ने ? मानिसको जीवनमा जिवित छु भन्ने तर्क के हुन सक्छ ? श्वास प्रश्वास गर्नु नै जीवित हुनुको प्रमाण हो त ? एक जना मेरो मीत्र आगलागीबाट शक्त विरामी हुनु भयो, उहाँलाई भेण्टिलेटरमा राखियो । मैले डाक्टरलाई सोधे उहाँ कति समयसम्म बाँच्नु होला, डाक्टरले भन्नु भयो कि आवश्यकता अनुसार करीब एक वर्ष । त्यो एक वर्षलाई दश वर्षसम्म पनि बचाउन सकिन्छ । ती विरामी महिला थिइन्, उनलाई थाहा पनि थिएन कि उनी जिवित छिन् । उनी बेहोस नै थिइन् तर उनमा रक्त सञ्चार भइरहेको थियो, श्वास प्रश्वास भइ रहेको थियो । यस्तो झुम्बी जीवनको के अर्थ हुन्छ ? अहिले ९९  प्रतिशत मानिसको जीवन त्यस्तै बेहोसमा नै वितेको छ । त्यो व्यक्तिलाई कि त स्कुलिङ्गबाट जगाउनु वा व्युझाउँनु पर्छ, या त कुनै घट्ना वा परिस्थितिले नै उसलाई जगाउँछ वा व्युझाउँछ । बुद्धले भने जस्तै मानिसले जुन दिन गर्भ धारण गर्यो, उसै दिन नै मर्यो – “गर्भदेखि कब्रसम्म ।”

एउटा बृक्षलाई फेदबाट काटेर लडाएपछि पनि त्यस बृक्षमा लागेका फूल, फल, पात, हाँगाहरु  कैयौ दिनसम्म मुर्झाउँदैनन् र उनीहरुलाई थाहा हुँदैन कि उनीहरु मरिसकेका छन् । यदि कसैले बनस्पतिसँग कुरा गर्न सक्दछन् र उनीहरुलाई तिमीहरु मरिसक्यौ, तिम्रो जड पृथ्वीबाट विच्छेद भइसक्यो भन्ने हो भने उनीहरुले त्यसलाई स्वीकार गर्दैनन् । त्यस्तै जतिबेला मानिसले गर्भ धारण गर्दछ, त्यतिबेला नै उसको जीवनसँगको नाता विच्छेद भइसकेको हुन्छ । यो शाश्वत सत्यलाई यदि कुनै सिद्ध पुरुषले वा आत्मवेत्ताले भन्ने हो भने यो जीवनमा त्यस व्यक्तिलाई पागलको संज्ञा दिन्छन् । त्यसलाई कुनै पनि मानिसले मान्न राजी हुँदैनन् किनकि उनीहरुको जीवन दिवा स्वप्न वा रात्री स्वप्नमा नै वितेको छ । ठूला ठूला कविहरु, विद्वानहरु, लेखकहरुले आफ्नो अनुभवलाई बताएका छन् कि मृत्युको क्षणमा उनीहरुलाई आभास हुँदो रहेछ, जीवन व्यर्थमा वित्यो भन्ने । त्यो बेलाको  चेतले वितेको समयलाई किन्न सक्दैनथ्यो र आउने दिनहरु बदल्न सक्ने समय थिएन किनकि दियोमा तेल सकिइसकेको थियो । यो पनि अर्को शरीर धारण गर्नको लागि खुराक हो, यतिसम्म भए पनि उनीहरुमा जीवनको अन्तिम क्षणमा चेत आयो । त्यसैले जे कृष्णमूर्ति र युजे कृष्णमूर्तिले जाग्नको लागि कुनै गुरुको आवश्यकता पर्दैन, जबसम्म तिमी आपैm जाग्ने प्रयास गर्दैनौ भनेका छन् । कसले मान्दछ कि म बाँच्ने आधार स्तम्भ ढली सकेको छ भनेर, व्यक्तिलाई उसको अहंकारले अन्धो बनाएको छ । अहिलेको समाजका गुरुहरुले बुझेर वा नबुझेर निद्राको गोली दिइरहेका छन् । उनीहरुले सबै त्यागमा नै छिपेको छ भन्ने बताउँदै जान्छन् र आपूmले भने भोग नै गरिरहेका हुन्छन् । कृष्णमूर्तिले भनेका छन् कि यी धर्म गुरुहरुले त दासत्व प्रवृत्तिबाट माथि उठ्न नै दिदैनन्, मानिस पुजारीमात्रै बन्न सक्छ, मानिस भक्त मात्रै बन्न सक्छ भन्ने सिकाउँछन् तर मानिस पुजारीमात्र होइन पुजक पनि बन्न सक्छ अनि मानिस भक्त मात्रै होइन, भगवान पनि बन्न सक्छ ।   

हाम्रो समाजमा परम्परा छ नि शास्त्रार्थ गर्ने, तर्क गर्ने, अझ वेदमा त भनेको छ कि “वादे वादे जायते तत्व वोध, चरैवेति चरैवेती, नेती नेती ।” तर्कबाट आत्मासम्म वा परमात्मासम्म पुग्न सकिदैन । जसले शास्त्रार्थमा जित्छ, उसैको चेला बन्न पर्ने, जित्ने वाला गुरु बन्ने जुन आदि शंकराचार्यमा परम्परा थियो, त्यो काटिएको रुख र निदाएर गरिएको यात्रा जस्तै हो । त्यो त्यतिवेलाको लागि ठीकै थियो होला तर त्यो भनेको आँखामा पट्टी बाँधेर मलाई सूर्यको प्रकाशको बोध गराउँनुहोस् भने जस्तै हो । तर्क भनेको बुद्धिको खेल हो, आत्माको खेल होइन – आत्माबाट नै परमात्माको यात्रा गर्ने पहिलो सिँढी हो । त्यसैले दिवा  स्वप्न होस् वा रात्री स्वप्न दुबैबाट मानिसले आपूmलाई जगाउँनु नै पर्दछ, व्युझाउँनु नै पर्दछ । 

सम्बन्धित समाचार