-श्वामी सत्यव्रत
मानिसले आफूले शरीर धाराण गर्दादेखि नै जुन प्रकारको गुण लिएर आएको हुन्छ, त्यसैको आडमा नै आफूलाई अगाडि बढाएको हुन्छ । शाश्वत सत्य के हो भने मानिसले शरीर धारण गर्दा एक्लै आएको हुन्छ, जहाँसम्म जुम्ल्याहाको प्रश्न छ त्यहाँ पनि उनीहरुको छुट्टै र एक्लै जीवन हुन्छ । अन्त्यमा आफ्नो शरीर त्याग गर्दा वा छोड्दा पनि एक्लै नै जानु पर्छ । जसले होस पूर्वक जीवन जिएको छ, उसले होस पूर्वक नै शरीर छोड्न सक्छ तर जसले बनावटी जीवन जिएको छ, उसले बेहोस् पूर्वक नै जीवन जिएको हुन्छ । कुनै मानिस गृहस्थ होस् वा सन्यासी वा योगी यसले कुनै तात्विक फरक पार्दैन ।
स्वामी दयानन्द सरस्वती जो आर्य समाजका सँस्थापक रहे, उनी मूर्ति पूजाका विरोधी थिए । उनी कुनै मठ, मन्दिर, मस्जिद, गीर्जा, गुरुद्र्वार जाँदैनथे तर एक दिन उनको रामकृष्ण परम्हंससँग भेट भयो र उनीहरुको सत्सङ्ग शुरु भयो । दयानन्द सरस्वतीलाई काली मातासँग के लिनु दिनु तर रामकृष्ण परम्हंस भने काली मातासँग साक्षात् कुराकानी गर्दथे । त्यसै प्रसङ्गमा दयानन्द सरस्वतीलाई रामकृष्ण परम्हंसले भन्नु भयो कि हेर्नुहोस् मैले त साक्षात् कालीमाताको मूर्तिका जीवन देख्छु र कुराकानी गर्दछु । यदि तपाइ पनि यसको अनुभव गर्न चाहनु हुन्छ भने मैले कुराकानी गराइदिन सक्छु भनेपछि स्वामी दयानन्द सरस्वतीज्यूले भन्नु भयो कि ल मैले कुराकानी गर्न चाहन्छु भनेपछि रामकृष्ण परम्हंसले कुराकानी गराइ दिनु भयो । दयानन्द आत्मा ज्ञानी त हुनुहुन्थ्यो नै, कसैले भगवानलई मानोस् वा नमानोस् त्यससँग आत्माज्ञानको कुनै सम्बन्ध छैन । जसरी कुनै व्यक्ति संसारिक जीवनमा जावस् वा नजावस् त्यसले आत्माज्ञानको लागि कुनै फरक पार्दैन ।
जब स्वामी दयानन्द सरस्वतीले काली मातासँग कुराकानी गर्नु भयो, त्यो शाश्वत सत्य दयानन्द सरस्वतीले राजालाई सुनाउनको लागि जानु भयो तर दुर्भाग्य त्यो बताउँन नपाउँदै उनको इहलिला समाप्त भयो । जब उनी दरबारमा पुगे राजा एकजना नाम चलेकी नगरबधुसँग उनलाई आफ्नो काखमा लिएर रमाइलो गरिरहेका थिए । त्यो दयानन्द सरस्वतीलाई पाच्य भएन र उनले सिंहको काखमा कुकुर सुहाएन भनेर त्यो नगरबधुलाई आँच पु–याए, जसको बदलामा ती नगर बधुले आँचको बदला काँच पिसेर दुधमा मिलाएर दिइन् र उनको मृत्यु भयो ।
दयानन्द सरस्वती आत्मा ज्ञानी त थिए नै, बैगुनीलाई गुनले मार्ने भन्दछन् नि त्यसै अनुसार उनले ती आपैmलाई हत्या गर्ने युवतीलाई भने, हेर राजाले यो थाहा पाए भने तिमीलाई मार्ने छन्, म त मर्ने नै भए मेरो तकिया मुनि पैसाको थैली छ, त्यो लिएर तिमी भागी हाल । विचार गर्नुहोस्, महापुरुषको चरित्र र व्याबहार कस्तो हुन्छ । यस धर्तीमा कोही गल्ती छैन, उनीहरुले आवश्यकता अनुसार कार्य गरिरहेका हुन्छन् । बुझ्नु पर्ने अति महत्वपूर्ण पक्ष के हो भने नयाँ विषय वस्तुमा प्रवेश गर्दा गल्ती हुन्छ तर आफ्नो स्वविवेकको गल्ती होस् । गल्तीका पनि आफ्नै पना होस् । कहिले काही महापुरुषहरुबाट पनि जानी नजानी गल्ती भएका हुन्छन्, कसैको बारेमा टिकाटिप्पणी गर्नु भनेको राम्रो पक्ष होइन । स्वामी दयानन्द सरस्वतीले त्यस नगरबधुको बारेमा टिकाटिप्पणी गर्नाले ठूलो मूल्य चुकाउँनु पर्यो । त्यसैले आफ्नो गन्तव्यमा व्यक्ति कहिल्यै पुग्न सक्दैन, यदि उसले बाटोमा भुक्ने कुकुरहरुलाई ढुङ्गा हिर्काउँछ भने ।
अर्को एउटा प्रसङ्ग के छ भने आदि शंकराचार्यले आपूmले आफ्ना शिष्यहरुलाई शिक्षा दिक्षा दिएको बेलामा एउटा कार्यक्रममा एक जना चण्डालले सुँगुरलाई चराउँदै आयो र कार्यक्रम स्थलमा छुयो । त्यस बेलामा छुवाछुतले समाज जकडिएको थियो, त्यो देखेर आदि शंकाराचार्यले त्यस चण्डाललाई छि छि र दुर् दुर् गरे । उनले भने यस चण्डालले छोयो, यो सबै अछुत भयो । कहाँबाट आयो यो चण्डाल यसलाई यहाँबाट धपाऊ, अझ यसले त सुँगुर पनि ल्याएको छ भने पछि त्यस चण्डाले भन्यो – “गुरुबर को तल्लो जात को माथिल्लो जात, मानिस मानिस एकै होइन र १ प्रत्येक मानिसभित्र रहेको आत्मा एउटै होइन र १ सबैको रातो रगत हुन्छ, सबैले ज्ञान आर्जन पाउँनु पर्ने होइन र १ मन्दिरभित्र पुजारीहरु राख्नेले बाहिर कति भिखारीहरु छन् भन्नेतिर पनि ध्यान दिनु पर्ने हुन्छ । मानिसले आफ्नो जीवनलाई प्रगतिको पथमा लैजाने, आफूलाई सक्षम बनाउने कार्यमा अगाडि बढ्ने अधिकार पाउँनु पर्छ । जन्मले सबै शुद्र नै हुन्, ब्रह्मणत्व त आर्जन गर्नु पर्ने हो भन्दै ती चण्डाले आदि शंकराचार्यका आँखा खोलिदिए । त्यो देखेर आदि शंकराचार्य मौन रहेर यो को हो त, चण्डालको भेषमा पक्कै कोही महापुरुष नै हुनुपर्छ भनी अन्तर ध्यानले हेर्नासाथ आदि शंकराचार्य ती चण्डाल भनिएका व्यक्तिको पाऊँ समाप्त पुगें । जब शंकराचार्य प्रणाम गरेर उठे, उहाँले साक्षात् त्रिशूलधारी शिवजीलाई देख्नु भयो ।
यसपछि शिवजीले यसरी मनुष्य मनुष्य बीचमा भेदभाव गरी विष घोल्ने कार्य गर्नु हुँदैन भनी आदि शंकराचार्यलाई सम्झाउँनु भयो र त्यसै अनुसार कार्य गर्नको लागि निर्देशन दिनु भयो । शंकर भगवानले भन्नु भयो कि मैले त मनुष्यमात्रलाई बनाएको हुँ, यी सम्प्रदायहरु ध्र्मको नाममा पाखण्ड मच्चाउने कार्य त मानिसले नै गरेका हुन् । त्यस समयमा आदि शंकराचार्य २८ बर्षको मात्र हुनुहुन्थ्यो, उहाँले शंकर भगवानको निर्देशन अनुसार ज्ञान ध्यान सिकाउँनको लागि निस्कनु भयो तर दुर्भाग्य उहाँले कैलाश हुँदै भारतमा भूमिको केदारनाथ पुग्नासाथ ३२ बर्षको उमेरमा समाधि लिनु भयो । उहाँको समाधि केदारनाथ मन्दिरको पछाडि तर्पm छ । महापुरुषहरुले मार्ग दर्शन गर्ने हो, हिड्नु प्रत्येक व्यक्तिले व्यक्तिगत रुपमा आपैm नै पर्दछ । आध्यात्मिक ज्ञान भनेको मनुष्यमात्रको लागि अमूल्य नीधि हो, यसमा सबैको बराबर अधिकार छ ।
मानिसले दुई प्रकारले ज्ञान आर्जन गर्दछ, एउटा अभ्यास ज्ञान अर्को विवेक ज्ञान । व्यक्तिको वास्तविक ज्ञान भनेको विवेक ज्ञान नै हो, अभ्यास ज्ञान त सापटी लिइएको मात्र हो । कुनै सक्षम व्यक्ति जसले मानताको लागि केही योगदान दिन सकोस्, ऊ कुनै पनि राज्यको किन नहोस् ऊ सम्पूर्ण मानव समुदायको साझा सम्पत्ती नै हो ।
धार्मिक र राजनीतिक योद्धा खुदिराम बोस सानै बेलादेखि नै बृटिश साम्राज्यको विरोधमा उभिएका थिए । जुन राज्यमा रहिएको छ, त्यसै राज्यको विरोध गर्नु त्यति सहज थिएन । जसरी सानै उमेरमा नै अमेरीकाले आफ्नो राज्य साउदीमाथि गरेको ज्यादतीलाई आफ्नो देशले मौन रुपमा हेरेर बसेको देखेर त्यसको प्रतिकारमा उत्रनु पर्छ भनी आवाज उठाउँदा राज्यले उदासिनता देखाएपछि अन्त्यमा आफ्नो राज्यलाई नै छाडेर अफगानिस्तानमा आएर निर्वासित जीवन विताएका थिए । भगवान रजनीसले अमेरीकामा रहेर क्रिश्चियन धर्मका कमी कमजोरीलाई निर्धक्क उदाङ्गो पार्नुका साथै, खुलेरै अमेरीकी शासकहरुको साम्राज्यवादी नीतिको विरोध गरेका थिए । जसको कारणले गर्दा उनलाई अमेरीकाले अन्त्यमा देश निकाला गर्यो । एउटा व्यावहारिकता के हो भने जुन राज्यमा हामीहरु बसेका छौ, त्यस राज्यको नियम कानूनलाई अवलम्बन गर्नु पर्छ । यदि त्यस राज्यको नियमलाई अवलम्बन गरिदैन भने कि त त्यस राज्यलाई नै छोड्नु पर्छ, कि त त्यस राज्यको नियम कानून अनुसार सजायको भागी हुनु पर्छ ।
मानिस सामाजिक प्राणी भएको कारणले गर्दा केही केही कुराहरुमा सम्झौता गर्नु पर्ने हुन्छ, त्यो पनि आफ्नो स्थितिलाई नविगारीकन । हुन त जबसम्म मानिसले “अहं ब्रह्मस्मी” को अवस्था प्राप्त गर्दैन, तवसम्म सम्झौता गर्ने विन्दु आउँदैन तथापि होसमा केही हदसम्म सम्झौता पनि गर्नु पर्ने हुन्छ । किनकि राजहठ, बालहठ र नारीहठले कसैलाई पनि छोड्दैन, राज्यको पनि आफ्नो हठ हुन्छ । राज्यले अहंकारको यात्रामा आपूmलाई उद्दत गराएकै हुन्छ र त्यो अनिवार्य छ । राज्यले भौतिकता तर्पmको यात्रालाई गति दिनु पर्ने हुन्छ किनकि अध्यात्मले भौतिक संसारलाई अज्ञान भनेको छ । अज्ञानले जीवन चल्छ तर जीवन रुपान्तरण हुँदैन । यसको यात्रा पनि होसमा गरियो भने, भौतिकतालाई अज्ञानता नै मानेर गरियो भने जीवन खेर जाँदैन ।
बृटिश सरकारले आफ्नो अहितमा काम गर्ने एक जनालाई मात्रै होइन, धेरै जनालाई मृत्यु दण्डा दिएको देखेपछि खुदिराम बोसमा बदलाको भावना जाग्यो । त्यस बेलामा परिवर्तनको संबाहक बनेर विरोधी शक्ति पनि अगाडि नबढेको होइन । यसै बीचमा खुदिराम बोसले एउटा बमको व्याबस्था गरेर त्यसरी मृत्यु दण्ड दिने न्याधीशलाई कारमा सवार भएको बेलामा बम प्रहार गरे तर उनको निशाना असफल भयो । त्यो बम कारमा नलागेर न्याधीश सवार भएको कारको नजिकै खस्यो, मानवीय क्षती भएन । त्यसपछि खुदिराम बोस भाग्ने प्रयास त गरे तर सफल भएनन् । उनलाई समातियो र अन्तिममा मृत्यु दण्डको सजाय भयो । उनलाई मृत्यु दण्ड दिनुभन्दा पहिले उनलाई आफ्ना आफन्त जनहरुले भेट गर्ने क्रममा खुदिराम बोसकी फुपुले अति नै विलौना गरिन् । त्यस बखतमा खुदिराम बोसले भनेका थिए, फुपु तपाईले मेरो जीवनप्रति कुनै चिन्ता नलिनुहोस् किनकि यो बृटिश साम्राज्यलाई खतम गर्नको लागि मैले जन्म लिइसकेको छु । त्यस बेलामा फुपुले मैले कसरी चिन्ने बाबु तिमीले जन्म लिइ सकेका छौ भन्ने भन्दा उनले भनेका थिए कि फुपु मलाई फाँसीमा झुण्डाएपछि थाहा पाउनु हुने छ कि जसको घाँटीमा नीलो डाम देखिन्छ, म त्यही हुँ । यदि भनेपछि उनलाई फाँसी दिइयो ।
पछि हेर्दा फुपुको छोरा सुवासचन्द्र बोसको घाँटीमा नीलो डाम देखियो । सुवासचन्द्र बोस २३ जनवरी १८९७ मा जन्मिएका थिए र उनको मृत्युको बारेमा विवाद छ तैपनि १८ अगस्ट १९४५ लाई मानिएको छ । भनिएको छ कि उनले प्रयोग गरेको बम्बर दुर्घटना ग्रस्त हुँदा उनी अगस्ट १७ मा घाइते भएका थिए, अगस्ट १८ मा उनले शरीर छोडे र अगस्ट २० मा उनको शरीरलाई अन्तिम सँस्कार जापानको थाइहोकु क्रिमेशन केन्द्रमा गरिएको थियो । सुवासचन्द्र बोसले त्यो नीलो डाम कसैलाई पनि देखाएनन्, जीन्दगीभर उनले आफ्नो घाँटीबाट मखुलर हटाएनन् । यदि मखुलर हटाए भने घाँटीलाई ढाकिने गरी कोट लगाउँथे । सुवासचन्द्र बोसमा दुई आत्माको मिलन थियो, त्यो हो – खुदिराम बोस र सुवासचन्द्र बोस । सुवासचन्द्र बोसलाई भारत स्वतन्त्र संग्रामका पिता भनेर चिनिन्थ्यो ।
उनको मृत्युलाई अनुमानित रुपमा यसरी घोषणा गरे तापनि उनी अन्तिममा गुमनामी सन्यासी भएर जीवनको उत्तरार्ध विताएको पनि भनिन्छ । उनी जनवरी १९४१ मा एक्कासी अदृश्य भएका थिए । उनी ४८÷४९ वर्षको उमेरमा विते भन्नेमा त्यति सत्यता नभएकोमा दुई मत हुन नसक्ला । आफ्नो भूमिको धर्म सँस्कृतिको रक्षाका लागि समेत सुवासचन्द्र बोसले ठूलो योगदान दिनु भएको छ । उहाँलाई थाहा थियो कि देशलाई खोक्रो बनाउँनु छ भने त्यस त्यसको धर्म सँस्कृतिमाथि आक्रमण गर्नु पर्दछ । त्यसैले आफ्नो भूमिमा विदेशी हैकम नहोस् भन्ने उहाँको धारणा प्रष्ट देखिन्थ्यो । जसरी जोमो केन्याटा उहाँ केन्याको राष्ट्रपति हुनुहुन्थ्यो, उहाँले (२० अक्टोबर १८९१ – २२ अगस्त १९७८) भन्नु भएको छ – “जब इसाई मिशनरी अफ्रीकामा आए, त्यतिबेला उनीहरुसँग बाइबल थियो र हामीसँग प्रशस्त जमीन थियो । उनीहरुले हामीलाई भने कि आँखा बन्द गरेर प्रार्थना गर,जब हामीहरुले आँखा खोल्यो त हामीहरुले पायौं कि हामीहरुसँग वाइबल थियो र उनीहरुसँग नमीन ।”
यसै प्रशङ्गलाई नेलशन मण्डेला र बिशप डेसमण्ड टुटुले पनि राम्ररी व्यक्त गर्नु भएको छ । कुनै पनि राष्ट्रको प्राण भनेको त्यस राज्यको परम्परा, धर्म, सँस्कृति, रीति रिवाज र त्यस राज्यमा बस्ने मानिसहरुको आचार विचारमा निर्भर गर्दछ । यदि कुनै अर्को राष्ट्रको व्यक्तिले कुनै कुटनैतिक ढंगले वा बलमिचाइ नै अर्को राज्यमाथि बलात् काम गर्छ भने त्यो दण्डनीय र निन्दनीय नै हो, यो बलात्कार नै हो । अहिले हाम्रो राष्ट्र नेपालको अवस्था हेर्दा पनि हाम्रा अधिकार प्राप्त व्यक्तिहरुले यस तर्पm ध्यान नदिए जस्तो लाग्छ । राज्य भनेको कुनै भूमि नभएर राज्यमा रहने जनतामा निर्भर गर्दछ, त्यसैले राज्यले राज्यमा रहेको जनतालाई शान्ति सुरक्षा र अमन चयन पूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न सक्दैन भने त्यस राज्यको विकास कसरी होला ।