-डी.बी. नेेपाली
मानव समाजकाे विकासकाे क्रममा ,मानव समाजकाे उन्नति,समृद्धी,सुशासन,नियम कानुन जेे जति र जे जस्ता नीतिहरु अनेक विज्ञहरुकाे सरसल्लाह र लामै छलफल पछि जति राम्राे बनाए पनि त्यसलाई कार्यान्वयन गर्ने पक्षहरुमा नैतिकता, कर्तव्य, स्वाचिमान र राष्ट्रिय भावनाकाे कमी लगायत राष्ट्र र जनतालाई समृद्ध, सुखी, सफल र सुव्यवस्थित गर्न नसकेर हाे या गर्न नचाहेर हाे राजनीतिमा प्रवेश गरे देखि जनतालाई झुठा आस्वासन बाँडेर आफु र आफ्ना आसेपासे तथा चम्चाहरुकाे मात्रै जीवन शैली कसरी उच्च बनाउन सकिन्छ, कसरी राष्ट्रिय ढुकुटी माथि कब्जा गरेर माैज मस्ति गर्न सकिन्छ भनेर अनेक जालझेल गरेर सत्तामा पुग्नकाे लागि गरिएका सरकार या सत्ता परिवर्तनका प्रतियाेगिताहरुबाट (उनिहरुकाे भाषामा आन्दाेलन या जन आन्दाेलन) आउने नतिजामा एउटाकाे हार र अर्काेकाे जीत बाहेक कुनै प्रकारकाे फरक या भिन्नता कुनै पनि आन्दाेलन पछिकाे परिवर्तनले देखाएकाे या दिएकाे जनताले कहिलै उपयाेग त के महशुससम्म गर्न पाएकाे देखिदैन !
महाराजा श्री ५ पृथ्वीनारायण शाहकाे साना साना राज्यहरु अतिक्रमण गरेर बिशाल नेपाल बनाएकाे बाहेक अरु राजा जाे विलासितामा रुमलिए उनिहरु कमजाेर भएर गए पछि र अख्तियारी,मुख्तियारी र प्रधानमन्त्री बन्न सफल भएका राणाहरुलाई प्रधानमन्त्री र केही राज्यकाे श्री३ राजा घाेषणा गरेर प्रधानमन्त्री संगै राजाकाे पावर पाए पछि राणाहरु शक्तिशाली हुँदै सिङ्गाे नेपालकाे शासन व्यवस्था माथि १०४ बर्षसम्म बिभिन्न काण्डै काण्ड र आफ्नै भाइभारदारहरुलाई षडयन्त्र गर्दै हत्या गर्ने र सत्ता कब्जा गर्ने खेल मै १०४ बर्ष सकियाे भने उता ब्रिटिश इण्डियामा अंग्रेजी शासन बिरुद्ध उठेकाे आन्दाेलनकाे असर नेपालमा पनि देखियाे । इ.स. १६ सयमा ब्यापार गर्न भनेर कलकत्तामा एउटा इस्ट इण्डिया कम्पनीकाे नामबाट कम्पनी खाेलेर बसेका अंग्रेजहरुले बिस्तारै ६/७ सय साना साना राज्य कब्जा गरेर ३०० बर्ष शासन चलाए भने नेपालमा पनि पृथ्वीनारायण शाहले सानासाना थुप्रै राज्य कब्जा गरेर अखण्ड बिशाल नेपाल सुघाैली संन्धी हुनु अघिसम्म पश्चिम काँगडा र पूर्व टिस्टासम्म शासन चलाएकाे इतिहास छ । पछि ब्रिटिस इण्डियामा अंग्रेज भगाउने अभियान शुरु र उता सेकेन्ड वर्ल्डवार लड्नु पर्दा दुइतिर लड्न गाह्राे भएकाे कारण इ.स. १९४७ मा ब्रिटिश संसदमा "इण्डियन इन्डिपेन्डेन्ट एक्ट" पास गरेर इण्डिया स्वतन्त्र भएकाे घाेषणा गरी इण्डिया छाेडेर गए तर उनिहरुले जाँदा जाँदै नेपाल भारतकाे बीचमा सुघाैली संघीद्वारा नेपालकाे सिमाना मेची महाकालीमा खुम्च्याएर गए । इतिहास विद्हरुले त्याे इतिहास ,संधी सम्झाैताहरुबारे इतिहासका पाना भरेका छन् तर ती संधी सम्झाैताहरु खारिज भए भने के हुन्छ त्यसबारे खासै बिश्लेषण गरेकाे पाइन्न ।
राणाहरुले पावर हातमा आए पछि आफ्नै खलकलाई ए .बी.सी. श्रेणीमा बाँढेर आपसी द्वन्द बढाए भने उता राजामा पनि शक्तिहिन बनाएकाे वदला लिने भावना पलाउन थालेकाे थाह पाए पछि राजालाई मार्ने या सत्ताच्युत गर्ने याेजना बनाएकाे थाह पाएर राजा त्रिभूवन भारतकाे शरणमा पुगेर राजतन्त्र जाेगाइ दिन हारगुहार गरे भने यता राणाशासनकाे बिरुद्ध नेपाली काँग्रेस र कम्युनिष्टहरुले पनि आन्दाेलन गर्ने याेजना बनाए र आन्दाेलन शुरु गरियाे गंगालाल,दशरथ चन्द,धर्मभक्त र शुक्रराज शास्त्रीहरुलाई राणाशासन बिरुद्ध आवाज उठाए वापत सर्वस्व हरण सही गाेली ठाेकेर या झुण्ड्याएर मारियाे तर आन्दाेलन रुकेन । शासन सत्ता हातबाट खाेसिने देखे पछि "भागते चाेर की लंगाैटी सही " भने जस्तै राजा, राणा र नेपाली काँग्रेससंग भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुकाे मध्यस्थतामा त्रिपक्षिय दिल्ली सम्झाैता गरियाे र राजा त्रिभूवन २००७सालमा नेपाल फर्किएर २००७ साल फागुण् ७ गते नपाल प्रजातन्त्रमा प्रवेश गरेकाे घाेषणा गरियाे तर ०७ साल देखि ०१५ सालसम्म नेपालमा रानीतिक अस्थिरता झन् बढ्दै गयाे दलका नेताहरुमा देशमा प्रजातन्त्रकाे स्थापना र सुरक्षाकाे बदला नेतृत्व र प्रम बन्ने चलखेल र षडयन्त्रकाे खेलमा लागे पछि सरकार र सत्ता पटकपटक काम चलाउ बनाउदै ८/९ बर्ष उथलपुथल मै खेर गयाे ।
दिल्ली सम्झाैता र त्याे सम्झाैतामा भारत सरकारकाे एउटा कर्मचारी नेपालकाे प्रजातान्त्रिक सरकारकाे संसदमा राजाले मनाेनयन गरेका या नेपाली जनताले चुनेका सांसदहरस भन्दा पावर फुल बनाएर राख्ने शर्त युवराज महेन्द्रलाई पटक्कै मन परेकाे थिएन २०११ साल फागुन ३० गते राजा त्रिभुवनकाे निधन भएपछि २०११ चैत १ गतेबाट नेपालकाे शासन व्यवस्ता राजा महेन्द्रकाे हातमा आयाे र २००७ सालकाे घाेषणा अनुसार २०१५ मा निर्वाचन गराएर नेपली काँग्रेसका नेता विश्वेश्वर काैइरालाकाे नेतृत्वमा नेपालमा पहिलाे पटक प्रजातान्त्रिक सरकार गठन भयाे तर त्याे सरकारकाे झुकाव भारत तिर बढी देखिए पछि र राष्ट्रिय हीत विपरित काम हुन थालेकाे देखेपछि राजा महेन्द्रले २०१७ साल पुस १ गते कु गरेर नेताहरु जेलमा हाली सत्ताकाे सबै जिम्मेबारीआफ्नेै हातमा लिए । दलहरु माथि प्रतिबन्ध लगाइयाे । राष्ट्रमा निर्दलिय पञ्चायती शासन व्यवस्था कायम गरियाे या लाधियाे जनताकाे माैलिक अधिकार हनन गरिए पनि राष्ट्रघाती कामहरु राेकिए, देशमा उद्याेगधन्दाकाे स्थापना, राजमार्गकाे निर्माण कार्य, भुमिसुधार, शिक्षा क्षेत्रमा थुप्रै राम्रा कामहरु भए तर राजा महेन्द्र हाेस या वीरेन्द्र नेपालका राजनीतिक दलहरुलाई राजतन्त्र र पञ्चायती व्यवस्था पटक्कै मन परेकाे थिएन । उनिहरु भित्र भित्रै सत्ता परिवर्तनकाे लागि संघर्षरत थिए राजा महेन्द्रकाे निधन पछि २०२८ सालमा राजा वीरेन्द्र राजगद्दीमा बस्नु २०२४ देखि २०२८ सालसम्म प्राय: सबै नेताहरु लगभग जेल मुक्त पनि भै सकेका थिए र उनिहरुले दल र नेताहरु भूमिगत भए पनि शिक्षक र विद्यार्थीलाई संगठित पारेर आन्दाेलनमा उतार्ने नीति बनाए पछि सिक्किम काण्ड र भुट्टाे काण्डमा काठमाडाैंका विश्वविद्यालय,कलेज आदिमा अध्यनरत विद्यार्थी हरुले गरेका आन्दाेलनहरुले उनिहरुकाे वलिदान र रगतले राजा वीरेन्द्रलाई साेच्न बाध्य बनायाे ०३६ सालमा जनमत संग्रह घाेषणा गर्न बाध्य बनायाे राजालाई तर नतिजा उही"ढाक के तीन पात" पञ्चायति व्यवस्थाकै पक्षमा बढी मत आयाे तर आन्दाेलन राेकिएन ।
आन्दाेलनहरु त हुँदै गए, संघर्षका कार्यक्रम पनि हुँदै गर तर दलहरुले आफ्नु असफलताकाे दाेषाराेपन एकअर्का नेतालाई,एकअर्का दललाई दिदै दल बिभाजनकाे नकारात्मक शैली शुरु भयाे । टुटफुछ र बैमनस्यता ००७ साल देखि नै भए पनि ०३७ पछिकाे जस्ताे अवस्था थिएन । विद्यार्थीले गरेका आन्दाेलनहरु केही सफल देखिए पछि विद्यार्थीलाई राजनीतिमा, आन्दाेलनमा अगाडी सार्ने नीति लगभग सबै पार्टीहरुले बनाए ०४६ सम्म आइपुग्दा दलहरु भन्दा विद्यार्थी कामयाव र सफल भएकाे देखे पछि सत्ता कतै विद्यार्थीकाे हातमा जान्छ कि भन्ने डरले प्राय: सबै दलहरुले बिदेशी राजनीतिज्ञकाे सरसल्लाह र निर्देशनमा मिलेर आन्दाेलनमा जाने निर्णय गरे पछि राजतन्त्र एक्लियाे, कमजाेर भयाे र राजा वीरेन्द्रलाई बहुदलिय व्यवस्था घाेषणा गर्ण बाध्य बनाए र ०४६ सालबाट नेपाल बहुदलिय व्यवस्थामा प्रवेश गर्याे तर बिडम्बना कुकुरकाे पुच्छर साेझाे हुनै सकदैन भने जस्तै दल उपदल,गुटबाजी शुरु भयाे शिसु प्रजातन्त्रलाई जाेगाउनु कता हाे कता सत्ता कब्जा कसरी गर्ने उही पुरानै खुट्टातानकाे खेल शुरु भयाे जनताले पटकपटक बहुमत दिएर सत्ता चलाउने म्यान्डेड दिंदा पनि सत्ता चलाउन असफल देखिए मन्त्री बन्न दिल्ली पुग्ने गरेकाे पनि देखियाे ०५२मा जनआन्दाेलनमा प्रमुख भूमिका खेले कै एउटा दल युद्धमा हाेमियाे, दश बर्षसम्म १७ हजार जनता वलि चढाएर अन्तमा दिल्लीकाे जाे हुकुम सरकार भन्न पुग्याे। अन्य दलहरु १ बर्षे २ बर्षे असफल सत्ताकाे पुच्छर समाउदै वालुवाटार र सिंहदरवारकाे भित्तामा फाेटाे टंसाउने खेलमा लागे ।
अहिलेसम्म पत्ता लगाउन नसकिएकाे क. मदन भण्डारी र क. जीवराज आश्रीत र दरबार हत्या काण्डले राजनीतिकाे शैली पनि फेरि दियाे । चुनाब लड्न अब विचार नैतिकता र दिल्लीकाे सहयाेग नचाँहिने जस्ताे भयाे ठुला ब्यापारी,गुण्डा नायिके र घुस्याहा उच्च पदस्त कर्मचारी हातमा लिन सक्याे भने जेल भित्र अपराधी साबित भएर, हत्या, बलात्कार, तस्कर कमिशनखाेर दलालकाे आराेपमा सजाए भाेगिरहेकाे भए पनि शिक्षक,कर्मचारी चाँही हुन नपाउने तर देश चलाउने, न्यापालिका, कार्यपलिका र व्यस्थापिका चलाउने नीति निर्माण र याेजना कार्यान्वयन गर्ने महान्आदरनीय, सम्माननीय हजाराैं नेताहरु जनप्रतिनीधी हुन पाउने व्यवस्था आयाे अनि फरक के आयाे त ? २०४७ ले संबैधानिक राजतन्त्र कायम गरेकाे तर २०६४मा फेरि मिलेर आन्दाेलन गरि राजतन्त्र पूर्ण रुपमा समाप्त पारे, राजतन्त्रमा जनताकाे अधिकार खाेसिन्छ भन्ने हाे भने अहिले कहाँ छ त अधिकार आफ्नाले या सत्तमा भएकाले हत्या, बलात्कार, तस्करी, लुटपाट, दलाली जे गरे पनि हुने जजसलाई मनलाग्दी जति तल्लाे स्तरकाे गाली दिए पनि हुने तर बिराेधीहरुले बाेल्न लेख्न नपाउने । याे कुन विचारधाराकाे उपज हाेला यति राम्राे संघीय लाेक गणतन्त्र उत्पादन गर्ने ।
पुराना नेता र दलहरुले अचाक्ली गरे ७० काटेका बुढाहरु भगाउनु पर्छ सत्ताकाे लगाम न्यु जनरेशनलाई हस्तारण गर्नु पर्छ, भ्रष्टाचार, तस्करी, कमिशन, दलाली नातागाेता, झाेलेहरु कति बाेक्ने अब भ्रष्टाचार रहीत, सुशासन, सुव्यवस्था कायम गर्न जरुरी भै सक्याे अब सत्ता जेनजीले लिनु पर्छ भनेर ७२ जनाकाे रगतमा लेखिएकाे र त्यसकै आधारमा बनेकाे बिदेशी डाेनेशनबाट संस्था चलाएका ६०/७० बर्ष नाघेका जेनजीहरुले नै सत्ता चलाउन आउनु पर्ने हाे भने, फेरि चुनावमा उनेै सेनाले रेस्क्यु गरेका नेता र दललाई नै हारगुहार गर्नु पर्ने बाध्यकारी अवस्थाले सत्ता या सरकार वास्तवमा परिवर्तन भएकाे महसुस राष्ट्रपति प्रधानमन्त्री तथा अन्य दलका नेताहरुलाई समेत सार्वजनिक रुपमा डराउने धम्काउने एउटा ब्यक्तिकाे धम्कीबाट संचालित व्यवस्था जेनजीकाे माग यही थियाे त ? पृथ्वीनारायण शाह पछिकाे नेपालकाे राजनीति र सत्ता परिवर्तन र सरकार चयनका सबै सिस्टमहरु सत्ता कब्जा गर्ने वाहेक अरु केही परिवर्न भएकाे देखिन्न ? त्यसैले सत्ता,सरकार र ब्यक्ति परिवर्तनले केही फरक पर्दैन जबसम्म उनिहरुकाे विचारमा परिवर्तन आउन्न । सत्ता,सरकार र बक्ति हाेइन विचार परिवर्तन गराैं अन्यथा जति घुमे पनि पुग्ने ठाँउ उही रुम्जाटार नै हाे ?