मेस्सी प्रेरित इन्टर मियामीले जित्यो एमएलएस कप

4k Shares

काठमाडौँ । लियोनल मेस्सी प्रेरित इन्टर मियामीले पहिलो पटक मेजर लिग सकर (एमएलएस) कपको उपाधि जितेको छ । 

चेज स्टेडियममा आइतबार बिहान भएको फाइनलमा घरेलु टोली मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ गोलले हरायो । 

मियामीको जितमा रोड्रिगो डी पउल र ताडियो एलेन्डेले गोल गर्नुभयो । मेस्सीले यी दुवै गोलमा असिस्ट दिनुभयो । मियामीले अर्को गोल आत्मघाती उपहार पाएको थियो । भ्यानकुभरका लागि अली अहमले सान्वना गोल गर्नुभयो ।

सम्बन्धित समाचार