-श्वमी सत्यव्रत
दोष कसलाई दिने, त्यो दोषि र दोष दिने दुबैलाई देख्नु नै द्रष्टा भाव हो । सच्चा अध्यात्मवादी जीवन्त हुन्छ, बृक्षको चित्र हैन – सजिव बृक्ष नै हुन्छ । विरोध हैन निरोध चाहिएको छ, सहानुभूति हैन समाधान चाहिएको छ । पूर्ण मानव महात्मा हो, पूर्ण मानव कहिल्यै पनि कसैको विरोधी बन्न सक्दैन, न त कामको न त रामको ।
नपुंषकले मात्र कामको विरोध गर्न सक्छन् । यस धर्तीमा न त शंकराचार्यले, न त पोपले, न त मौलाना (इमाम्) ले, न त बुद्ध पुरुषले, न त अध्यात्मवादीले, न त भौतिकवादीले, न त पण्डितले, न त कुनै जातिले कसैले पनि मनुष्यभित्र मेटाबोलिजम् प्रोसेसद्वारा बन्ने शुक्रकिट र डिम्बलाई रोक्न सक्दैन । त्यसले आफ्नाे निकास कुनै न कुनै रुपमा निकाल्छ नै । सपना दोषबाट होस् वा सन्तान उत्पत्तिको लागि होस् वा अबैध सम्बन्धबाट होस् वा सृष्टिको लागि होस् । मैले बारबार भनिसकेको छु, आध्यात्मिक क्रान्तिको जरुरी छ, शक्ति रुपान्तरण हुनु जरुरी छ । शक्ति कि त creation को लागि कि त creator को लागि प्रयोग हुन्छ, कि त जगत्को लागि प्रयोग हुन्छ कि त ब्रह्माको लागि प्रयोग हुन्छ । कसैको समर्थक हुनको लागि कसैको विरोधी हुनु जरुरी छैन । अध्यात्मवादीहरु भौतिकताका विरोधी हुनु जरुरी छैन र भौतिकवादीहरु अध्यात्मवादीहरुको विरोधी हुनु जरुरी छैन । यस सम्बन्धमा यौन मनोबेज्ञानिक सिग्मन फ्रायडको एउटा सानो अनुभवलाई यहाँ राख्दा अलि प्रष्ट हुने लाग्यो –
सिग्मन फ्रायड पुग नपुग ५० बर्षका भइ सकेका थिए र बाटामा हिड्दा उनले एउटी सुन्दरी महिलालाई देखे । मनमा आँधी आउन थाल्यो उनको, उनलाई त्यस युवतीसँग केही कुरा गर्ने इच्छा जाग्यो, अझ भनौ, उनलाई स्पर्श गर्न मन लाग्यो । उनीभित्र द्वन्द्व चल्न थाल्यो एक मनले भन्छ – स्पर्श गरौ अर्को मनले भन्छ – स्पर्श नगरौ र कुरा पनि नगरौ । अन्त्यमा उनले ती महिलालाई स्पर्श पनि गरे र कुरा पनि गरे । उनीभित्र कामवासना जागेको थियो । सिग्मन फ्रायड, कार्ल गुस्ताभ जुङ्ग र एडलर एलन पो यौन मनोबैज्ञानिक हुन् तर पनि उनीहरुमा त्यस्तो भावना आयो, जसलाई उनले control गर्न खोजे तर चाहेर पनि control गर्न सकेनन् कारण उनमा आध्यात्मिक चेतको कमी नै थियो । कुनै पनि इच्छा आकांक्षा र कामनालाई दमन गर्ने हैन, रोक्ने हैन, त्यसको द्रष्टा बन्नु पर्दछ, साक्षी बन्नु पर्दछ । जसले गर्दा त्यो स्थूल शक्ति सूक्ष्म शक्तिमा रुपान्तरण हुन्छ । यो नै अध्यात्मको अन्तिम उपलब्धि हो । यदी धृतराष्ट्रको बारेमा गहिरिएर हेरेका र बुझेका भए सुरदासले आफ्ना आँखा फोर्ने थिएनन् ।
यी सबै केही प्रसङ्गलाई अगाडि ल्याउनुको कारण – कामको विरोधी बन्ने हैन कि कामलाई राममा रुपान्तरण गर्ने हो । अज्ञानबाट भाग्ने हैन कि अज्ञानलाई ज्ञानमा रुपान्तरण गर्ने हो । काम शक्ति भनेको अति नै शक्तिशाली हुन्छ, यो भन्दा ठूलौ शक्ति अर्को छँदै छैन, संसारका सारा उपलब्धि १०० प्रतिशत नै कामका उपलब्धिहरु हुन् । आजसम्म जति पनि बलात्कार, ब्याभिचार, अश्लिलता, दुब्र्यावहार भएका छन् ती सबै कामका विरोधीका कारणले भएका छन् । बाह्य रुपमा भनाउँदो so called सम्मान र आदर पाउनका लागि आफ्नो आन्तरिक शान्तिलाई जसले तिलन्जली दिएका छन्, त्यो भन्दा ठूलो पाप केही हुन सक्दैन, (मैले फेरी यहाँ विवाह गर्ने वा नगर्नेलाई तिरष्कार गरेको छैन, कसैको इच्छामाथि अंकुस लगाउनु हँुदैन, यतिमात्र भन्न खोजेको हूँ, यसलाई अन्यथा बुझन र अर्थ लगाउन जरुरी छैन, मानिसको अवस्थामा रुपान्तरण हुनु जरुरी छ, शक्ति रुपान्तरणको नाम नै अध्यात्म हो – बस ।) बाहिर सदाचारिता देखाउने र भित्रभित्र बदमासी गर्ने जुन परिपाटी छ, त्यसैको कारण हो homosexual बन्ने lesbian बन्ने जसको कारण एड्स जस्तो प्राणघातक रोग पनि भित्रिएको छ, यस सुन्दर, शान्त र विशाल विश्वमा । एक दशक भित्रकै एउटा घट्ना यहाँ राख्दै छु, भौतिक उन्नतिबाट विश्वको चरम सीमामा पुग्न सफल अमेरीकाको भर्जिनिया स्टेटको एउटा उदाहरण –
“पादरीले गरेको यौन दुव्र्यहार ”वासिङ्टन डीसीरएजेन्सी–
भर्जिनियाकी एक महिलाले एक पादरीले तन्त्रमन्त्र गर्ने नाउँमा आफूमाथि यौन दुव्र्यहार गरेको भन्दै पादरी, क्याथोलिक सम्प्रदाय र गैरगर्भपतन समूहविरुद्ध उजुरी दिएकी छन् । उजुरीसँगै उनले ५ दशमलब ३ मिलियन क्षतिपूर्तिसमेत माग गरेकी छन् ।
भर्जिनियाको आर्लिङ्गटन कन्ट्री सर्किट अदालतमा दिएको उजुरीमा महिलाले रिभ थोमस इयुतिनर नाम गरेका एक पादरीले सन् २००८ – २०१० सम्म आपूmलाई निरन्तर यौन दुव्र्यहार गरेको आरोप लगाएकी छन् । निवेदनमा आर्लिङ्गटनको क्यथोलिक सम्प्रदाय, यसका पादरी पउल लोर्भडी र गर्भपतनविरुद्ध काम गर्ने संगठन हयुमन लाइफ इन्टरनेसनललाई विपक्षी बनाइएको छ ।
इयुटिनरलाई फ्लोरिडाको पाल्म बीचबाट सन् २००० मा भर्जिनियामा सरुवा गरी ह्युमन लाइफ इन्टरनेशनलको अध्यक्षको जिम्मा दिइएको थियो । उनले सन् २०१० मा सो पदबाट राजीनामा दिएका थिए ।
जेन डु नाम गरेकी महिलाका नामबाट दिइएको उजुरीमा महिलाले सन् २००८ को फेबु्रबरी महिनामा “आध्यात्मिक सहयोगका लागि ” इयुटिनरसँग सहमति गरेकी थिइन् । उनीलाई तन्त्रमन्त्रको आवश्यकता भएकाले सो सहमति गरेको निवेदनमा उल्लेख छ । उनलाई पवित्र शक्ति ल्याउने भन्दै इयुटिनरले बारम्बार अंकमाल गरी चुम्बन गरेको महिलाले जुन १९ मा दिएको उजुरीमा उल्लेख छ । इयुटिनरले छ पटकसम्म लुगा खोल्न लगाई उनको शरीरमा स्पर्श गर्नुका साथै उनलाई शरीरका अति सम्बेदनशील अङ्गलाई स्पर्श गरी emotional बनाउन अनेक प्रयत्न गर्दै भन्नै नहुने खालका अति घृणित र दानवीय ब्यबहार गरेको भन्ने अदालतको अभिलेखमा उल्लेख छ । निवेदनमा लोर्भडो र आर्लिङ्गटनका चर्चका पादरीका नजिकका ब्यक्तिहरुले इयुटिनरले महिलालाई यौन दुव्र्यहार गर्दा थाहा पाउने गरेको पनि निवेदनमा उल्लेख छ ।
यस्तो हुन किन पुग्यो ? किन मानिस यस्तो पासविक भएको हो, के उसलाई थाहा छैन यो गर्नु नराम्रो हो भन्ने ? यति हुँदा हुँदै पनि अझै जनतालाई ठग्ने खालका खोल भिर्ने र कामको विरोध पनि गर्ने र कामकै शिकार पनि बन्ने ? अमेरिका जस्तो कामको सम्बन्धमा खुला रुपमा प्रस्ताब राखेर सहज रुपमा यसलाई लिने देशमा एक दिनमा ५,००० जवर्जस्ती करणीको औपचारिक डाटा छ भने नेपालको हाल के होला । हामीहरुलाई प्रमाण के छ भन्ने जिज्ञासा हुन सक्छ, त्यसको लागि एम्नेष्टी इन्टरनेशनल र फेस द ह्युमन राइट्समा हेर्यौ भने वा आफै पनि अहिलेको इन्टरनेटको जवानामा थाहा पाउन सक्छौ, यदि हामीहरुमा सम्वेदनशील भएर त्यसलाई जान्ने उत्कण्ठा आफैभित्र छ भने । प्रकाशमा आउन बाँकी छ तर अन्त्यमा आउँछ नै । अमेरिकामा आफ्नो छोरी १३ बर्षको पुग्दा नपुग्दै, यदि ऊ कुनै boy friend सँग हिड्न थालिन भने यसलाई के रोग लाग्यो वा हार्मोनको कमी भयो भनी चिकिस्सककोमा लैजान्छन्, आफ्नै बाबु आमाले । बाबु आमाले बेलुका boy friend काे घरमा लगेर छाडिदिने र विहान लिन जाने गर्छन्, त्यो त मैले आफ्नै आँखाले देखेको कुरा हो । त्यस समुदायमा एड्स बजारको उपज हैन, एड्स ब्रदर र सिस्टर को कारणले गर्दा हो । अब विचार गरौ त अरु देश र समाजको हालत के होला । यो सबै हुनुको कारण कामको विरोधी हुनु हो, यिनै मानसिक रोगीहरुको कारण हो र यिनै रुग्ण मनस्थिति हुनेहरुको कारणले गर्दा हो । मानिस एक्ट्रीममा गएको छ, कि त कामको विरोध नै गर्ने, कि त सेक्स फ्रि सोसाइटी नै बनाउन चाहने । हाम्रो समाज sex free समाज हैन sex responsible समाज हो । या त पानी नै नछुने, या त पानीमा डुबेर मर्ने । हुनु प–थ्र्यो – न अतिवादी, न हीनवादी, न मिथ्यावादी बन सम्यकवादी – साबधान ।