अलैँचीको बजार भाउ लगातार ओरालो

3.3k Shares

काठमाण्डौ – अलैँचीको बजार भाउ लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ ।

गएको कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन अर्थात ४० किलोको एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ । हिजो प्रतिमन ९३ हजार रुपैयाँमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिनुभयो ।

अन्तरराष्ट्रिय बजारको माग र मूल्यअनुसार अलैँचीको भाउ निर्धारण हुने भएकाले उतारचढाव भएको व्यापारीहरु बताउँछन् । कोशी प्रदेशमा अहिले साढे सात हजार हेक्टरभन्दा बढी क्षेत्रमा अलैँची खेती हुँदै आएको छ ।

अघिल्लो आर्थिक बर्ष काँकडभिट्टा नाकाबाट मात्र सात अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । 

सम्बन्धित समाचार