- डी. बी.शाही
राेग कुनै कीटानुले लाग्दैन- दैनिक कति कीटानु हाम्राे मुख,नाखबाट शरिरमा छिर्छन् कीटानुले मार्ने भए काेइ पनि नबाँच्नु पर्ने ?
राेग कुनै खाने कुराले लाग्दैन - खाने कुराले राेग लाग्ने भए एउटै घरकाे सबै परिवारलाई समान राेग लाग्नु पर्ने ?
राेग कुनै एक्सर्साइज नगरेर लाग्दैन- एक्सरसाइजले राेग सञ्चाे हुने भए याेग ध्यान गर्ने काेइ पनि राेगी नहुनु पर्ने, पतञ्जलीकाे ओैषधी खानु न पर्ने ?
राेग कुनै पिउने कुराले लाग्दैन- ड्रिङ्ग गरे राेग लाग्ने भए नर्वे,जापान आदि देशका नागरिकहरु सबै अल्पायुमै मरिसक्नु पर्ने ? सबैभन्दा खुशी र लामाे आयु तिनीहरुकै छ ?
राेग कुनै सुत्ने तरिका नमिलेर लाग्दै - अनिन्द्रा र सुत्ने तरिका नमिलेर राेग लाग्ने भए संसारकाे ९०% मान्छे मरिसक्नु पर्ने ?
राेग कुनै उठ्ने कुरा नमिलेर लाग्दैन - समयमा नउठेर राेग लाग्ने भए वेसमय सुत्ने र उठ्नेहरु सबै मरिसक्नु पर्ने ?
राेग कुनै बस्ने तरिका नमिलेर लाग्दैन - बस्ने तरिका नमिलेर राेग लाग्ने भए ९५% मान्छे मरिसक्नु पर्ने ?
राेग कुनै लागु भागुले लाग्दैन - कुनै लागुभागुले राेग लाग्ने भए लागुभागु छभने लागुभागु सबैलाई लाग्नु पर्ने ?
राेग कुनै देवी देवताकाे कारण लाग्दैन - राेग कुनै देवीदेवता रिसाएर लाग्ने हाे भने उनका भक्तहरु सबै निराेगी हुनु पर्ने ?
राेग कुनै भाग्यकाे कारण लाग्दैन - राेग लाग्ने भाग्यकाे कारण हाे भने संसार भरिका शतप्रतिशतकाे भाग्य कसरी खराब हुन सक्छ ?
राेथ कुनै दुर्भाग्यकाे कारण लाग्दैन - राेग कुनै दुर्भाग्यकाे कारण लाग्ने हाे भने भाग्यमानीलाई राेग किन लाग्छ ?
राेग कुनै पृतिदेवकाे कारण लाग्दैन - राेग कुनै पृतिदेव रिसाएर लाग्ने हाे भने पृति नमान्नेहरु मात्रै राेगी हुनु पर्ने ?
राेग कसैबाट कसैलाई सरेर लाग्दैन - राेग सरुवा हुन्छ भने त सबैमा फैलिनु पर्ने कसलाई संगै बस्दा खाँदा लाग्दैन ,कसैलाई टाढाबाट राेगी देखे किन सर्छ ?
यसकाे अलावा, मसान, भुत, नाग, बाेक्सीआदि अरु कतिछन् कति मनुश्यलाई राेग लाग्ने या लाग्ने कारणहरु तर यि सबै कुरामा अलि ध्यान दिएर साेच्ने हाे भने एउटा ठाँउकाे मान्छे अर्काे ठाँउ जाँदा उसलाई न बाेक्सी लाग्छ,न मसान, न नाग लाग्छ न कुनैदेवी देवता किन कि उसलाई त्याे गाँउमा यस्ता कथाहरुबारे केही थाह हुन्न, उसलाई त्याे ठाँउमा लागे पनि उसकाे आफ्नै गाँउकाे भुत पिचास या देवीदेवता नै किन लाग्छ ? किन कि उसकाे मेमाेरिमा यस्ता कुराहरु सानै देखि रिकर्ड गराएर राखि दिएकाे हुन्छ ?
समाज चाहे जुन सुकै हाेस उसले सुनाउने कथाहरु हुन वा असल समाजकाे सिर्जनाकाे लागि आजसम्म आइपुग्दा गर्ने गरेका समाज विकासका कामहरु हुन त्यसमा समान रुपमा लगातार एउटै ढंगले दुइटा कुराकाे फरक फरक शैलीमा वर्णन ,चर्चा परिचर्चा गर्ने गरिएकाे पाइन्छ ? त्याे हाे असल- कमसल, चल - अचल, सफल- असफल, दिन- रात, माथि- तल, वर- पर, उत्तर - दक्षिण,पूर्व- पश्चिम, धनि- गरिब, राजा-रंक, नर- मादा, पुरुष- महिला, पति- पत्नी, श्रीमान- श्रीमति, सकारात्मक- नकारात्मक आदि यस्तै कुरा माथि चर्चा र वहस तथा तिनै कुराहरु माथि शाेध अनुसंधान हुँने गरेकाे या हुँदै आएकाे छ र तिनै कुराहरुकाे लागि लडाइ युद्धहरु लगातार हुँदै आइरहेकाे मानव इतिहासका घटनाका कथाहरुले इतिहासका पाना भरिएका छन् ?
युद्ध हुने कारणहरुमा नकारात्मक साेचलाई दाेष लगाउछ,राेग लाग्ने कारणहरुमा खाने कुरा र भाग्य,देवी देवता,भुत प्रेतलाई दाेष लगाउछ । युद्ध जीत्नेहरु राम र कृष्ण बनाएर पुजा गर्छ ,युद्ध हार्नेहरुलाई रावण र धृतराष्ट्र,सकुनी बनाएर घृणित पात्रकाे रुपमा समाजमा एउटा समाज बिभाजनकाे पत्थर की लकिर जस्तै कहिले नमेटिने रेखा काेरी दिन्छ । राेग प्रकृतिकाे देन कदापि हुन सक्दैन याे स्वयं मनुश्यकाे साेचकाे उपज हाे । मनुश्यले उसकाे शारिरिक गतिविधीमा आउने गडबडीलाई शरिरकाे अंग अनुसार र उसकाे प्रकृति अनुसार एउटा नाम दिएर फलानाे राेग भनेर नामाकरण गरेकाे छ । ब्लड सेलहरु बिग्रेर क्यान्सर सेलमा परिणत हुन्छ भन्छ भने अर्काे तिर ट्युमर या स्टाेन आदि शरिरले सही तरिकाले व्यवस्थापन गर्न नसक्दा शरिरकाे कुनै पनि भागमा गाँठाे परेर बसेकाे प्राेटिनकाे डल्लाेलाई क्यान्सर भनेर शल्यक्रिया, रेडियसन, केमाे द्वारा सञ्चाे पार्न सक्ने दावी गर्छ तर यहाँ नेर गहिरियर साेच्नु पर्ने कुरा के छ भने ओैषधीले साँच्चै सञ्चाे हुने भए शतप्रतिशत सञ्चाे हुनु पर्ने तर विडम्बना ९९% क्यान्सर राेगी जति सुकै, जति ठुलाे, जति महंगाे,जति स्तरिय या अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराए पनि बचाउन सफल भएका घटनाहरु भेटाउन गाह्राे छ ।
सुगर, प्रेसरकाे कथा पनि फरक छैन ओैषधी सेवन र खाने कुराले सुगर, प्रेसरकाे मात्रा त कन्ट्राेल गरेकाे रिपाेर्टमा देखाउछ तर सुगर, प्रेसरका राेगीहरु सञ्चाे भएकाे शायद हालसम्म एउटा केस पनि कतै भेटिन्न अनि यसैलाई उपचार मान्दै आउनु उपचार गर्नेहरुकाे दाेष या कमजाेरी हाे कि उपचारकाे नाउमा यी विधीहरु अपनाउने, निर्देशन मान्ने राेगीहरु स्वयंकाे दाेष हाे ? राेग,ओैषधी,उपचारका कुरा भन्दा पनि यदि मनुश्य वास्तवमा स्वस्थ र शुखी रहन चाहन्छ भने उसले जान्नै पर्ने र मान्नै पर्ने केवल तीनवटा कुरा छन् :
१. राेग लाग्ने कारण,
२. कर्तव्य बाेध,
३ समयनिष्ठ
१ राेग लाग्ने कारण बारे वास्तवमा शाेध खाेज गर्ने हाे भने केवल एउटा मात्रै कारण छ त्याे हाे इम्युनिटी पावर , जुन ब्यक्तिकाे इम्युनिटी पावर ठिक छ उसलाई कुनै प्रकारकाे खाने कुरा,पिउने कुरा,सुत्ने उठ्ने कुरा,कुनै लागुभागु, कुनै भाग्य दुरभाग्यले छुनै सक्दैन तर जसकाे इम्युनिटी पावर कमजाेर छ उसलाई कुनै दवादारु या कुनै पुजापाठले बचाउन सक्दैन ? इम्युनिटी पावर कमजाेर छ भने त्यस्ता मनुश्यकाे साेचाइ पनि नकारात्मक हुन्छ र नकारात्मक साेचले शरिरकाे गतिविधीकाे संचालन पनि नकारात्मक ढंगबाट गर्न बाध्य पार्छ अनि मनुश्य शरिर नकारात्मक इनर्जीकाे क्रिडा मैदान बन्दै जान्छ । जसरी एउटा परिवारकाे विचारमा आएकाे गडबढी र संकाले ध्वस्त हुन्छ, जसरी एउटा संस्था विचारमा आएकाे गडबडी कै कारण टुट्छ, जसरी एउटा दल विचारमा आएकाे गडबढी कै कारण फुट्छ,जसरी एउटा सरकार विचारमा आएकाे गडबढी कै कारण टुट्छ । जसरी एउटा देश विचारमा आए कै गडबढीका कारण खुम्चिन्छ या अन्य राष्ट्रमा विलिन हुन बाध्य हुन्छ त्यसरी नै मनुश्य शरिर पनि बिभिन्न अंगहरु मिलेर बनेकाे एउटा ढाँचा हाे, एउटा संगठन हाे जसलाई एउटा स्वस्थ विचार र उर्जा (Energy) ले निरन्तर चलाउछ तर जब उसकाेे विचारमा नकारात्मक उर्जा शक्तिकाे मात्रा बढ्न थाल्छ उसकाे शरिरले भाैतिक तथा मानसिक दुबै अवस्थामा नकारात्मक काम गर्न थाल्छ । अनि हामीले हाम्राे विचारमा आएकाे नकारात्मक साेचकाे ख्यालै नगरी, हाम्राे शरिरले देखाउने मानसिक र भाैतिक गडबढीलाई राेग, लागु भागु,ग्रहदशा आदिकाे नाममा प्रकृति निर्मीत हाम्राे संरचनालाई हामी आफैले निर्माण गरेका साधनहरु रेडियाे टिभी, कम्प्युटर, गाडी, कुर्सी टेबुल जस्तै या लुगा फाटाेमा टालाे हाले जस्तै ओैषधी र उपचारकाे नाउमा टाल्न थाल्छाैं । टालाे हालेर कुन लुगा नयाँ भएकाे छ ? त्यसैले कुनै खानपिन, रहनसहन, उठ बस आदिकाे कारणले नै राेग लाग्छ भन्ने कुरा प्रकृतिले शतप्रतिशत नकार्छ, गलत हाे भन्छ । संसार भरिका प्राणी जगतलाई प्रकृतिले यति ठुलाे र महान वरदान दिएकाे छ कि स्वयंकाे इलाज स्वयं गर्न सक्ने तर मनुश्य अरुकाे समस्यामा भने विना युनिभर्सिटी कै पिएचडी गर्या हुन्छ तर आफु भने स्वयं टाउकाे दुख्दा अस्पताल खाेजेर डाक्टर खाेजेर हिड्छ ?
मनुश्यकाे राेगकाे ब्याख्या गर्ने त लाखाैंलाख चिकित्सक, मनाेचिकित्सक, स्वास्थ्य अभियान्ता देखि अंगुठा छाप सडकमा मजदूरी गर्ने सामान्य मजदूर, किसान लगायत जति पनि छन अहिले एआइले त झन् यति युट्युबरहरु पैदा गरेकाे छ कि सामाजिक संजालका पानाहरु ९०% केवल याे खाउ याे नखाउ,या याे गर याे नगर, याे झाडी खाउ, याे बाबा कहाँ जाउ, याे माता कहाँ जाउ, याे धामी झाँक्री, याे ज्याेतिष साह्रै जान्ने छ भनेर भरिएका हुन्छन र लाइक, सेयर र पाेष्ट गर्ने विश्लेषकहरु पनि च्याउ जस्तै छन् । यस्ताे अवस्थामा त अहिलेकाे मनुश्य पूर्ण रुपमा नभए पनि कम से कम फिप्टी फिप्टी त हुनु पर्ने तर कसकाे बिपी ठिक भएकाे छ,कसकाे सुगर ठिक भएकाे छ, कसकाे थाइराइड ठिक भएकाे छ, कसकाे, वाथ तथा नशा हाडजाेर्नी राेग उपचार पछि शतप्रतिशत ठिक भएकाे छ ? याे भन्नुकाे अर्थ त्याे टाेटलै ठिक छैन भन्ने हाेइन, राेग भनेर उपचार गर्ने वीधि आफ्नु कार्यमा ठिक छन उनिहरुकाे काम हाे मनुश्यकाे शरिरले संतुलित या सफा गर्न नसकेकाे प्राेटिन, भिटामिन र मिनरलहरु मनुश्यकाे शरिरकाे अंगकाे कुनै भागमा गएर जम्मा (Deposit) हुँदै गए पछि जब शरिरकाे त्याे अंगले त्यसलाई सहन नसक्ने अवस्थामा पुग्छ अनि मनुश्यकाे शारिरिक र मानसिक गतिविधिमा असर गर्न थाल्छ र जब मनुश्यले असजिलाे फिल गर्छ उ स्वास्य सम्बन्धी उपचारका बिभिन्न विधि अपनाउने चिमित्सक, बैद्य, ज्याेतिष, धामीझाँक्री, बाबा, माता आदिकाे शरणमा पुगेर ठिक पार्ने उपाए खाेज्छ उनिहरुले डिपाेजिट जम्मा भएकाे या देखिएकाे राेग, टक्सिन या भाइरस ओैषधी उपचारबाट हटाउन सक्छन तर त्याे टक्सिन जम्मा हुने या उत्पादन हुने प्राेसेसकाे बारेमा भने खासै शाेध खाेज र अनुसंधान गरेकाे देखिन्न ।
साँच्चै मनुश्य स्वयं या स्वास्थ्य सम्बन्धी शाेध खाेज र अनुसन्धान गर्न चाहनेहरुले मनुश्यलाई राेग मुक्त गर्न राेगकाे बारेमा हाेइन राेग लाग्ने या राेग पैदा गर्ने कारणकाे खाेजी गर्न जरुरी छ ।अन्थया राेगी, अस्पताल, चिकित्सक, ज्याेतिष, धामीझाँक्री, बाबा, माता आदिकाे संख्यामा कमी आउनुकाे साटाे वृद्धी हुने क्रम रकेटकाे गति जस्तै बढ्दै जाने क्रममा अंझै वृद्धी हुँदै जाने छर्लङ्ग छ । वास्तवमा राेग लाग्ने मात्र एउटै कारण हाे, इम्युनिटी पावरकाे गडबडी र विचारमा आउने नकारात्मक साेच ? त्यसैले अबकाे पुस्ता स्वस्थ, समृद्ध, सुखी रहने चाहना राख्छ भने इम्युनिटी पावरलाई कसरी संतुलनमा राख्न सकिन्छ भने कुरा शाेध खाेज र अनुसंधानकाे मुल विषय ,मुल मुद्दा बनाएर त्यस माथि शाेध खाेज,अनुसंधान गर्न जरुरी देखिन्छ ? आजकाे मनुश्य अरुकाे स्वास्थ्य, उसकाे खानपिन र काम कुरा प्रति जति चासाे राख्छ, कर्तव्यनिष्ठ बन्न खाेज्ज त्याे कुरा पहिले आफै माथि लागु गर्न जरुरी देखिन्छ । अर्काेआजकाे मान्छेहरुमा जुन देशका मान्छेहरु समयनिष्ठ छैनन् ती देशहरु अैझै पनि अविकसित छन्, त्यहाँका जनताले विकसित देशकाे अनुदानमा भर पर्नु पर्ने बाध्यता छ त्यसैले जुन देशकाे जनताले समयकाे सदुपयाेग गर्न सक्दैन त्याे देश नै अस्वस्थ हुन्छ ? समग्रमा भन्नु पर्दा तीनवटा कुरामा जुन समाज र देशकाे जनता गम्भिर हुन्छ त्याे देश,त्यहाँकाे समाज,त्यहाँकाे जनता सबै स्वस्थ,समृद्ध र सुव्यवस्थित हुन्छ भने प्रमाणित भएका, देखिएका कुरा हुन ।