कामलाई मानवीय रुपमा हैन अस्तित्वगत रुपमा बुझनु जरुरी छ

8.8k Shares

-श्वमी सत्यव्रत 

समस्या हैन, समाधान दिन सक्नु पर्छ, प्रयासमा हैन नतिजामा बाँच्नु पर्छ । घरमा आगो लाग्यो – आगो लाग्यो भन्ने हैन, आगोलाई निभाउन सक्नु पर्छ । घरमा जति धेरै खाद्यान्न जम्मा गरेर राखे पनि भोक मेटाउनको लागि खाना खानु पर्छ । मानवताको लागि सहानुभूति हैन समाधान चाहिएको छ । कामलाई ब्यक्तिगत रुपमा बुझनेहरुका लागि यो  हुने छैन, कामलाई अस्तित्वगत रुपमा जसले बुझन र हेर्न सक्छ, म त्यसैको लागि हुँ र वास्तविक जीवन भनेको अस्तित्वगत जीवन जिउनु हो । कामलाई बासनाको रुपमा हेर्नेहरुले आफुलाई रुपान्तरण गरेर प्रेमको रुपमा हेर्नु पर्ने हुन्छ, अन्यथा उनीहरुको जीवनको कुनै सार हुने छैन । घृणा हैन मानिसको लागि प्रेमको जरुरी छ । घृणा विनासको आतुरता हो भने प्रेम जीवनको आकांक्षा हो ।

गुलाफको फुल फुल्नको लागि गुलाफको बोटमा काँढाहरु आउनु पर्छ, जसले गुलाफको काँढाको सामना गर्न सक्दैन वा गुलाफको काँढादेखि डराउँछ अथवा गुलाफको काँढाको विरोध गछनर्् उनीहरु जहिले पनि गुलाफको फुलबाट बञ्चित रहने छन् । गुलाफको काँढा भनेको काम हो भने फुल भनेको प्रेम हो । अन्धकार काम हो भने प्रकाश प्रेम हो, बृक्षको जरा काम हो भने बृक्ष प्रेम हो । जीवनमा आउने दुःख काम हो भने सुख जति प्रेम, संभोग काम हो भने समाधी (संयोग) प्रेम हो, असत्यले जीवन चल्छ र असत्य काम हो भने सत्य पे्रम हो, मृत्य काम हो भने जीवन प्रेम हो । ब्यक्तिको इच्छा काम हो भने अज्ञात (ब्यक्तित्व) को इच्छा प्रेम हो । जो कामदेखि त्रसित हुन्छ, उसबाट सदैब साबधान हुनु, त्यस्तो ब्यक्ति मानसिक रोगी हो, त्यो रोग कहिल्यै पनि निको हुँदैन र त्यही अवस्थामा रहिरह्यो भने उसले कहिल्यै पनि आत्मा साक्षात्कार गर्न सक्दैन । त्यस्ता ब्यक्तिहरुलाई रुपान्तरणको जरुरी छ, प्रेमको जरुरी छ न कि घृणाको ।

आफै बुझनुहोस् हाम्रा ९९ प्रतिशत बाहनामा जिएका, भनाउँदा धर्मगुरुहरु यसै रोगबाट पिडित छन् र ल्गचयतष्अ काम गर्नमा प्रथम छन्, समाजलाई रोगी र रुग्ण बनाएका छन् । यसको अर्थ म कसैको विरोधी भएर यसो भनेको हैन । यो प्रस्तुती करुणाको रोदन हो, यस समाजमा दुई प्रकारका मानिसहरु छन् । एक प्रकारका ननिदाइकन निदाए जस्तो गर्ने र अर्का प्रकारका अज्ञानी भएको बहाना गर्ने । निदाएकालाई ब्युझाउन सकिन्छ र अज्ञानीलाई ज्ञानी बनाउन सकिन्छ तर निदाएको बहाना गरेकालाई ब्युझाउन सकिदैन र अज्ञानी भएको बहाना गर्ने अहंकारीलाई ज्ञानी बनाउन सकिँदैन – साबधान मैले यति नै राखे यहाँ ।  बुझने काम तपाईँहरुको हो कसरी बुझनु हुन्छ, मैले त जागरणमा ल्याउन खोजेकोमात्र हो, इशारासम्म गरेको हुँ ।

आध्यात्मिक ज्ञानलाई आदान प्रदान गर्न सकिदैन, यो स्वयंले आर्जन गर्नु पर्छ – साधना, ध्यान, ज्ञान र स्वअध्यायबाट, त्यसैले मैले मार्ग दर्शनसम् मगर्न सक्दछु, हिड्नु आफैले पर्छ । अनुशासन अरुद्वारा दिइन्छ भने जागरण स्वयंबाट उत्पन्न हुन्छ, मेरो कसैसित बैरभाव र रोष भएर मैले यसो भनेको हैन । कामका विरोधी कामका भोगी हुन्, कामका विरोधी कामबाट मुक्त रहन सक्दैनन्, किनकि उनीहरुले बेहोसमा कामको विरोध गरेका छन् । जसको विरोध गरिन्छ, त्यसको याद बढी आउँछ र डर पनि त्यसैको बढी हुन्छ । हिन्दू भइकन पनि क्रिष्चियनको विरोध गर्छ भने त्यो ब्यक्ति हिन्दू हो तर क्रिष्चियन चिन्तनमा जिएको छ । कुनै पनि कार्य गर्नुभन्दा पहिले निर्णय गर्नुहोस्, बेहोसमा सन्त बन्नुभन्दा होसमा निर्णय गरेर सामान्य मानिस बन्नु राम्रो हुन्छ । कमसेकम आत्मा निर्णय त तपाइको हुन्छ । 

जसले दुःखलाई स्वागत गर्न सक्दैन, असत्यको खोजीमा निस्कन सक्दैन र सत्यको सामना गर्न सक्दैन, मृत्युको खोजमा निस्कन सक्दैन, त्यो मानसिक रोगी र भोगी नै हो – योगी हुन सक्दैन । मानिस आर्ट अफ लिविङ्गलेमात्र पूर्ण हुँदैन, उसलाई आर्ट अफ डाइङ्ग पनि उत्तिकै आवश्यक पर्दछ ।  

आज यस समाजमा ९९ प्रतिशत विक्षिप्त कार्यहरु यस्तै भनाउँदा धार्मिक ब्यक्तिहरुबाट भएका छन्, आप्mनो सम्प्रदाय – जसलाई धर्मको नाम दिएका छन् र आफ्नाे महानता सिद्ध गर्नको लागि विभिन्न प्रमाणहरु जुटाउनमा पछि परेका छन्, यसले युद्ध र अशान्ति ननिम्त्याएर के गर्छ त ? 

राम जन्मभूमि वावरी मस्जितका हिन्दू सन्तहरु हुन् वा थाइल्याण्डको बैककका बुद्धिष्टहरु, अमेरिकाको भर्जिनियाको आर्लिङ्गटनका पादरी हुन् वा हरिद्वारका, दिल्लीका नागा सम्प्रदायका नागाहरु, मस्जितका इमाम, मौलानाहरु हुन् वा कुनै पनि सम्प्रदायका मानिसहरुको मनस्थिति रुग्ण छ र तिनीहरु सिढीँमा नै सुतेका छन् भने तिनीहरुले हाम्रो विरोध गर्छन् । विरोध गर्ने एउटै कारण छ, तिनीहरु सिढीँमा सुतेका छन् र हामीहरु छतमा जादै छौ अनि हाम्रो र तिनीहरुको शरीरमा, टाउकोमा, यत्रतत्र नै पर्छ, उनीहरुलाई चोट पुग्छ । रिसाउनु पनि स्वभाविक हो, उनीहरुले अहंकारलाई पालेर बसेका छन्, जसको कारण यसो भएको हो । अरुबाट भनाउदो आदर र सम्मान लिन अनेक वितण्डा गरिएका छन् हाम्रो समाजमा – एक दिनभरी व्रत बस्नुहोस् र राती पनि नखाई सुत्नुहोस् त कति मीठामीठा मेवा मिष्टाङ्ग खाएको सपना देख्नु हुन्छ, एक पटक आफै परीक्षण त गर्नुहोस् तपाइ हैरान हुनुहुन्छ । विरोध र समर्थनको साक्षी हुनु पर्छ अध्यात्मवादी ब्यक्तित्वहरु। मैले पटक पटक भनेको छु र यो मेरो हृदयको आवाज हो । आउनुहोस् सहयात्री बनेर अगाडि बडौ । कुनै पनि कार्य लुकेर गरिन्छ भने त्यो बदमासी हो, भित्री मनस्थिति कुटिल राखेर बाहिर देखावटी सज्जनपन देखाउनु पाखण्ड हो । निकास त चाहिन्छ नै दबाएर राखेका अचेतन मनका इच्छा आकांक्षा र कामनाहरु भनेको अतृप्त इच्छाहरु हुन् जसले कति बेला के गर्छन उनीहरुलाई पनि थाहा छैन, मौकाको पर्खाइमा छन् 

“बकुल्लो हुन्छ, देख्नलाई मौन भई सधै मुनि भेस धर्छ ।
    जब मत्स्य नजिक पर्छ क्वाप्पै झपटेर निली पेट भर्छ ।।”  

सम्बन्धित समाचार