नेपालीहरुले सिक्नु पर्ने पाठ

12.6k Shares

-श्वामी सत्यव्रत

आफ्नो सर्वस्व भए पनि अरुको भने कुभलो नै हुनु पर्छ भन्ने खास गरीकन मानवीय सम्बेदना नभएकाहरुको कारणले कति सम्म विद्धाम्स हुने रहेछ भन्ने बारेमा सजग हुनु जरुरी छ । फुटाउ र राज्य गर भन्ने नीति कस्तो हुन्छ भन्ने कुरा जातिय द्व्रन्द्व होस् वा धार्मिक वास्तविकताको ज्ञान हुनु जरुरी छ । यसको ज्वलन्त उदाहरणको रुपमा रुवाण्डालाई लिन सकिन्छ । अप्रिल ६, १९९४ का दिन रुवाण्डाका तत्कालिन राष्ट्रपति जुवेनेल हवियारमान चढेको प्लेनलाई मिसाइल प्रयोग गरी दुर्घटना गराइयो र उनको तत्कालै मृत्यु भयो । उनको हत्याको खबर पैmलिएसँगै संसारको सबैभन्दा डरलाग्दो नरसंहार हुन पुग्यो । त्यस समयमा १०० दिनसम्म लगातार रुपमा जातिय हिंसाले स्थान लियो । १०० दिनसम्म चलेको जातिय हिंसामा झण्डै १०,००,००० मानिसहरु मारिए । के बालक, के बृद्ध, के जवान, के महिला, के पुरुष, के अपाङ्ग सबैलाई खोजी खोजी मारियो । रुवाण्डाको हुटु र तुट्सी जाति बीच भएको झडपले रुवाण्डाको २० प्रतिशत मानिसहरु १०० दिनमा मारिए । 

मानवीय इतिहासमा त्यस्तो कहाली लाग्दो एवं लज्जास्पद घट्नाको बारेमा बुझ्नको  लागि त्यसको पृष्टभूमिलाई बुझ्नु जरुरी छ, ६०० वर्षभन्दा लामो समय रुवाण्डाका हुटु र तुट्सी जातिहरु एक आपसमा मिलेर बसेका थिए । हुटु जातिहरुले खेतिपाती गर्दथे भने तुट्सी जातिहरुले पशुपालन गर्दथे । रुवाण्डामा ८५ प्रतिशत हुटु जाति, १४ प्रतिशत तुट्सी जातिहरु र १ प्रतिशत तो जातिको बसोबास थियो । पशुपालन गर्ने तुट्सी जातिहरु अल्पसंख्यक भए पनि आर्थिक एवं समाजिक रुपमा सम्पन्न थिए । संख्याको हिसाबले धेरै भए पनि खेतिपाती गर्ने हुटु जातिहरु विपन्न वर्गमा पर्दथे । वंश परम्परा र अन्तर जातिय विवाहको कारणले गर्दा समाज क्रमशः अन्तर घुलनको अबस्थामा पुगेको थियो । 

विश्व भरी नै साम्राज्य पैmलाउने क्रममा बेलायतका खोज कर्ताहरु विभिन्न दिसामा निस्किएका थिए । सन १८०० तिर जोहान हान एस्पेक्ट नाम गरेका एक वेलायती खोज कर्ताले रुवाण्डाको जातियताको बारेमा खोज गरे । उनैले निष्कर्ष निकाले कि तुट्सी जातिहरुको नाक मसिनो, तुलानात्मक रुपमा गोरो र सबल हुन्छन् भने हुटुहरुको नाक मोटो, धेरै नै काला, होचा र निर्वल हुन्छन् । पेशा र आर्थिक विभाजनको अबस्थालाई बेलायती खोज कर्ताले नश्लिय विभाजन गराइदिए । त्यतिमात्रै होइन कि क्याथोलिक क्रिश्चियनहरुले तुट्सी जातिहरु पहिले क्याथोलिक भएकोसम्म बताइ दिए र क्रिश्चियन बनाई दिए । यो कुरा एलियो फेण्डर्सको कर्नेस्क ट्रेसेस पुस्तकमा उल्लेख गरेको पाइन्छ । पहिलो विश्वयुद्धमा जर्मनीको पराजयसँगै रुवाण्डा वेल्जियमको नियन्त्रणमा गयो । फुटाउन र राज गर्न सिपालु बेल्जियमहरुले तुट्सी जातिलाई प्रयोग गरे ।

युरोपियनहरु जस्तै मसिनो नाक र कम काला भएकोले तुट्सी जातिहरुलाई उच्च जाति र युरोपियनहरुकै  नश्ल भएको भन्दै  रुवाण्डामा शासन गर्न तुट्सी जातिहरुलाई प्रयोग गरे । अनिवार्य परिचय पत्रको व्याबस्था गरियो, जसमा हुटु, तुट्सी र तो भनेर स्पष्ट रुपमा उल्लेख गरियो । खेतिपाती र पशुपालन गर्ने  जातिहरुलाई बेलायतले नश्लिय विभाजन बनायो भने बेल्जियमहरुले शासन गर्ने क्रममा स्थायी विभाजन गरे । तुट्सी जातिहरुलाई प्रयोग गरेर बेल्जियममा शासन  गरेको कारण हुटु जातिमा तुट्सी जातिप्रति घृणा उत्पन्न भएको थियो । दोश्रो विश्व युद्धपछि राजनीतिक अवस्थामा परिवर्तन भयो । तुट्सी जातिका नेताहरु बेल्जियमबाट रुवाण्डा स्वतन्त्र हुनु पर्छ भनेर अडान राख्न थाले । एकातिर तुट्सी जातिहरु स्वतन्त्रताको माग राख्न थाले भने अर्कोतिर बहुसंख्यक हुटु जातिहरुलाई प्लेनिस प्रोटेष्टेण्ट पादरीहरुले प्रोटेष्टेण्ट इसाई बनाइ रहेका थिए । यो देखेर बेल्जियमका क्याथोलिक शासकहरुले तुट्सी जातिलाई छोडिदिए र हुटु जातिलाई समर्थन गर्न थाले । यसो गर्नाले हुटु जातिहरुलाई क्याथोलिक बनाउन पनि सजिलो र स्वतन्त्रताको माग राख्ने तुट्सी जातिहरुमाथि नियन्त्रण राख्न पनि सजिलो भयो । तर समयले कोल्टे फेरी सकेको थियो, हुटु जातिमा तुट्सी जाति विदेशी साम्राज्यवादीहरुसँग मिलेर आपूmमाथि दमन गरेको, आफ्नो आर्थिक अवस्था दयानीय बनाएको भन्दै तीव्र घृणा उत्पन्न भई सकेको थियो । त्यतिमात्रै होइन हुटु जातिहरु वास्तविक रुवाण्डाका भएको र तुट्सी जातिहरु इजिप्टबाट बसाई सरेर आएको भनेर विदेशीहरुलाई जस्तो व्यबहार गर्न थालिसकेका थिए । 

सन १९६२ मा रुवाण्डाले स्वतन्त्रता पाएसँगै बहुसंख्यक हुटुहरु शक्तिमा आए भने अल्पसंख्यक तुट्सीहरु दमनमा परे । साम्राज्यवादी शक्तिसँग मिलेर हुटु जातिलाई दमन गरेको भन्दै चौतर्फी विरोध हुन थाल्यो । हुटु जातिको दमनबाट बच्न तुट्सीहरु युगाण्डा, तान्जानीया, बुरुण्डी जस्ता देशहरुमा शरणार्थीको रुपमा पलायन भए । आफ्नो देश छोडेर शरणार्थी बन्नु परेको पिडा सबै रुवाण्डाका शरणार्थीको रुपमा बाहिर गएका युवाहरुमा थियो । सन १९९० मा शरणार्थी बनेर बसेका तुट्सी जातिहरुका मानिसहरुलाई एकत्रित गर्दै अल कागामीको नेतृत्वमा स–शस्त्र संगठनको निर्माण गरियो, जसको नाम थियो च्एँ ूत्जभ च्गधबलमबल उबतचष्यतष्अ ँचयलत। बहुसंख्यक तुट्सी जाति भएको च्एँ र रुवाण्डाका सेना बीच भिडन्त शुरु भयो जुन ४ वर्षसम्म जारी रह्यो । चर्को अन्तर्राष्ट्रिय दबाबपछि दुबै पक्ष बीच राजनीतिक भागबण्डा गर्ने सर्तमा युद्ध विराम गर्न सहमत भए । संयुक्त राष्ट्रसंघले शान्ति स्थापना गर्न आफ्नो कार्यालय स्थापना गर्यो । जसलाई अमेरीका, फ्रान्स, बेल्जियम लगायतका देशहरुले साथ दिए । त्यसपछि अप्रिल ६, १९९४ का दिन रुवाण्डाका हुटु राष्ट्र्पति चढेको प्लेनलाई किगाली एयरपोर्ट नजिकै मिसाइल प्रहार गरेर खसालियो र तत्काल नै राष्ट्रपतिको मृत्यु भयो । हुटु राष्ट्रपतिलाई तुट्सी जातिले मारेको आरोप लगाइयो र संसारकै सबैभन्दा डरलाग्दो र कहाली लाग्दो नरसंहार हुन गयो । 

हुटु जातिका अतिवादी समूह जो इब्राहामुको नेतृत्वमा थिए, उनीहरुले तुट्सी जातिलाई भेटेसम्म हत्या गरे । के बालक, के महिला, के बृद्ध, के अपाङ्ग सबैलाई खोजी खोजी मारे । खुडा, भाला, छुरी, खुकुरी, जे जे भेटिन्छ, त्यसैले रेटेर हत्या गरियो । कसैको टाउको काटियो भने कसैको हात, खुट्टा काटियो । यस्तो अवस्थाका लाशहरु २५,००० जति त कागाग्रा नामको खोलाले बगाएर ल्याएको अवस्थामा थिए । झण्डै ५,००,००० महिलाहरुको बलात्कार गरियो, एउटा घट्ना त हृदय विदारक थियो, कागाग्रा नदीमा बगाएर ल्याएको लाशमा एउटा महिलाको शरीरमा पाँच जना स–साना बाल बालिकाका लाशहरुलाई बाँधेर फालिएको थियो । टुट्सी जातिको चौतर्फी हत्या र बलात्कार भइरहँदा अमेरीका, फ्रान्स र बेल्जियम जस्ता देशहरुले आफ्ना नागरीकहरु फिर्ता ल्याउनको लागि आफ्ना प्लेनहरुमा सेना पठाए । किगाली एयरपोर्ट नजिकैबाट ट्रक, बस र भ्यानमा राखेर केवल गोरा जातिका मानिसहरुलाई मात्र फिर्ता ल्याइयो । त्यहाँ लुकेर बसेका रोइ कराइ गर्दै शरण माग्न आएका तुट्सी जातिहरुलाई कुनै सुरक्षित स्थानमा समेत लगिएन । एउटा मानसिक अस्पतालमा लुकेर बसेका मानिसहरुको उद्धार गर्न पुगेका बेल्जियमहरुले युरोपियन र गोरो छाला भएका आफ्ना सेना लिएर फर्कियो, बेल्जियमका सेना फर्किएको केही समयमा नै त्यहाँ लुकेर बसेका दुईहजार तुट्सी जातिका मानिसहरुको निर्मम ढंगले हत्या भयो । बेल्जियम सेनाका ठूला ठूला ट्रकहरु औलामा गन्न सकिने मानिसहरु लिएर फर्कियो तर एक जना पनि कालो छाला भएको मानिसको उद्धारको त कुरै छाडौ, कुनै सुरक्षित स्थानमा समेत लगिएन । १०० दिनमा झण्डै १०,००,००० मानिसहरुको हत्या भयो । यो  भनेको प्रत्येक मिनेटमा ६ जना मानिसको घाँटी रेटेर हत्या गरियो, त्यसै समयमा कसैको बलात्कार भयो त कसैलाई जिउँदै जलाइयो, कसैलाई लौरोले पिटी पिटी मारियो त कसैलाई घाँटी थिचेर मारियो । 

रुवाण्डामा युरोपियनको आँखा पर्नु अगाडि यस्तो अवस्था थिएन । च्एँ को गीतमा समेत युरोपियनहरुको आँखा लाग्नुभन्दा अगाडि हुटु र तुट्सी जातिहरु १०० औ वर्ष कसरी मिलेर बसेका थिए भनेर उल्लेख छ । हुटु र तुट्सी जातिहरु प्रकृति पुजक थिए, नदी, पहाड, जमिन, जङ्गल, बृक्ष, पशु पंक्षी सबैमा परमात्माको अंश अर्थात् जीवात्मा हुन्छ भन्ने विश्वास गरिन्थ्यो । बेलायती खोज कर्ताले तुट्सी जाति कौप्तिक हराएको ईशाइ जातिका हुन् भनेर विभाजनको रेखा कोरेर धर्म परिवर्तनलाई बाटो खोलेपछि जर्मनी र बेल्जियमको शासन अबधिमा स्थायी विभाजन गरियो । अहिलेको रुवाण्डाको धर्मको आकडा हेर्दा हुटु र तुट्सी जातिहरुको अस्तित्व यसरी बाँडिएको पाइन्छ – रोमन क्याथोलिक ४३.७  प्रतिशत, प्रोटेष्टेण्ट ईशाइहरु ३७.७ प्रतिशत, एडभेण्टिष्ट ईशाइ ११.८ प्रतिशत, मुस्लिम २ प्रतिशत भने प्राचीन कालदेखि मान्दै आएको आफ्नो धर्म ०.९ प्रतिशतमा खुम्चिएको छ । 

रुवाण्डामा भएको जातिय हिंसा, धार्मिक विचलन र चलखेलबाट नेपालले शिक्षा लिनु जरुरी छ । नेपाल र रुवाण्डा भुपेरिवेष्ठित मुलुक हुन् र भौगोलिक बटाबट पनि दुबै देशको मिल्दछ । फरक के छ भने रुवाण्डामा जस्तै एउटा जातिका मानिसहरु बहुसंख्यक र अर्को जातिका मानिसहरु अल्पसंख्यक भने नेपालमा छैनन् । नेपालमा सबै जातिहरु अल्पसंख्यक नै छन् तर पछिल्लो समयमा फुटाऊ र राज गर भन्ने विषयमा खप्पिस भएका विदेशी विधर्मीहरुको चलखेल भने नेपालमा अति नै बढेर आएको छ । नेपालमा कुनै पनि जातिको बहुमत पनि छैन र एक जातिको विरुद्धमा अर्को जातिलाई लडाउँन सक्ने अवस्था पनि छैन । जसरी रुवाण्डामा त्यहाँ शासन गर्नको लागि विदेशी विधर्मीहरुले एक जातिको विरुद्धमा अर्को  जातिलाई प्रयोग गरे ठीक त्यसै गरी बेलायती पादरीहरुले नेपालको धर्म सँस्कृतिमाथि धावा बोलेका थिए । 

सन १८६६ अप्रिल ९ का दिन लण्डनमा भएको ईशाई पादरीहरुको भेलाले आर्य शव्दलाई नाक चुच्चो भएको र अनार्य शव्दलाई नाक थेप्चो भएको भनेर अर्थ लगाए । हिन्दू धर्म सँस्कृतिका ग्रन्थहरुमा प्रयोग भएका आर्य शव्दहरुलाई नाक चुच्चो भएको भनेर अर्थ लगाए पछि एकातिर हिन्दू धर्म नश्लिय हुने भयो भने अर्कोतिर नाक थेप्चो हुनेहरुलाई यो तिमीहरुको धर्म होइन भनेर धर्म परिवर्तन गराउन सजिलो हुने भयो । आर्य र अनार्य, जुन नाक चुच्चो भएको र नाक थेप्चो भएकाहरु छन्, तिनीहरुको बीचमा द्वन्द्व गराउँन पनि सजिलो हुने भयो । त्यही बेलायती पादरीहरुले गरेको षड्यन्त्रलाई नबुझी हाम्रो संविधानमा समेत आर्य र अनार्य भन्ने शव्दको प्रयोग  गरिएको छ । नेपालको संविधान २०७२ को धारा २५९ को उपधारा १ क मा आर्य शव्द पारिएको छ । यसको अर्थ पनि नाक चुच्चो भएको भन्ने अर्थमा छ, रुवाण्डाका जनताले पनि एक जातिको विरुद्ध अर्को जातिलाई प्रयोग गर्दा नबुझेर सबै आफ्नै खती गर्न पुगे जस्तै हाम्रो मुलुकमा पनि एक जातिको विरुद्धमा अर्को जातिले सामाजिक संजालमा विष बमन गर्ने कार्य गरिरहेको पनि पाइन्छ । आर्यहरु भनेका नाक चुच्चो भएका मानिसहरु हुन्, ती मानिसहरु दक्षिण एशियाको ककेसियाबाट आएका हुन् भन्ने हावादारी पोष्टहरु  पनि प्रस्तुत हुने गरेका छन् भने केही मानिसहरुले अनार्य भनेका मंगोलियनहरु हुन्, ती मंगोलियाबाट आएका हुन् भन्ने गरेका छन् । 

हामी नेपालीहरु विदेशी विधर्मीको शव्द जालमा परी एक जाति र एक धर्म विरुद्ध आपसमा लड्ने हो भने रुवाण्डाको जस्तै नरसंहार नहोला भन्न सकिन्न । हामीहरुले विचार गरौ त के पाए रुवाण्डाका हुटु, तुट्सी र तो जातिहरुले ? यसबाट पाएका उपलव्धीहरु भनेको – लामो समयसम्म विदेशीको दास बन्नु पर्यो, लाखौं मानिसहरुको ज्यान गयो, आफ्नो धर्म सँस्कृति सबै नष्ट भयो । अहिले नेपालमा पनि सामाजिक संजालमा फेक आई डि बनाएर एक जातिको विरुद्ध अर्को जातिलाई गाली गलौज गर्ने पनि भएको पाइन्छ, यो सबै यिनै विदेशी विधर्मीहरुको काम हो र षड्यन्त्र हो, सबै सजग हुनु जरुरी छ । अहिले हिन्दू, बौद्ध, जैन, किरात धर्म जस्ता मौलिक सँस्कृतिमाथि विदेशीको आँखा लागि सकेको छ । जातियतामा जानु भनेको अज्ञानता हो, नेपालका सबै भाषा, सँस्कृतिहरु सबै हामी नेपालीहरुको साझा सम्पत्ती हुन्, चेतना आउनु जरुरी छ, बुझ्न जरुरी छ ।  

सम्बन्धित समाचार