- डी. बी. नेपाली (कालिकाेट)
मानव समाज जतिजति विकसित र उन्नत हुँदै गयाे, उसले नितान्त आफ्नु कम्फर्टकाे लागि के के गर्नु पर्छ युगाैं देखि लगातार शाेध खाेज,अनुसंधान अनि विकास, उन्नत्ती, शुस्वास्थ्य लगायत हरेक क्षेत्रमा सजिलाे जीवन जिउन, स्वस्थ रहन र शिक्षित हुन चाँहिने या त्याे नभइ नहुने साधन जब धनलाई मान्न बाध्यकारी सिस्टम कायम गर्याे तबदेखि मनुश्यकाे जीवन न पूर्ण स्वस्थ छ,न उ धन कमाएर अघाउछ, न उ सुखी र खुशी छ ? भन्ने वेला चाैरासी लाख जुनी (प्राणी) हरुमा सबै भन्दा सर्वश्रेष्ठ, बुद्धिमान, साेच विचार गर्न सक्ने, साैर मण्डलकाे जानकारी राख्न सक्ने, अनेक खालका भाैतिक उपभाेग र उपयाेगका साधनहरु निर्माण गर्न सक्ने, जल, थल र आकाशमा गुडन, उड्न र पाैडिन सक्ने साधनहरु निर्माण गरेर एक ठाँउबाट अर्काे ठाँउमा सहजै जान सक्ने संसारमा भएका प्राणीहरुमा मनुश्य मात्रै यस्ताे प्राणी हाे जसले स्वयं अनेक खालका कामहरु गर्न सक्छ यस्ताे सुपर अधिकार प्रकृतिले अन्य कुनै प्राणीलाई दिएकाे छैन । मनुश्य मात्रै प्रकृतिले सिर्जना गरेकाे यस्ताे प्राणी हाे जसले बाटाेमा खुट्टाले कुल्चिदै हिडेकाे ढुंगाेलाई भगवान बनाउन सक्ने क्षमता वरदान पाएकाे छ ।
भगवान, देवी देवता र उनिहरुलाई बस्ने र पूज्ने मठ मन्दिर निर्माण गर्ने क्षमता राख्छ । मनुश्यसंग असिम क्षमता,कला,याेग्यता र सीपकाे कहिलै नसकिने भण्डार छ तर उ आफैले फेरी आफै जिउन र बाँच्नकाे लागि जाेतिएर काम गर्नै पर्छ । यसरी काम गर्नै पर्ने मनुश्यकाे बाध्यतामा मानव समाजकाे वर्ग बिभाजन भएकाे छ बिश्व दुई खेमामा बाँडिएकाे छ विकसित र विकासशिल राष्ट्रहरुमा । विकसित राष्ट्रहरुले उद्याेग,शिक्षा,स्वास्थ्य ,कृषि लगायत अन्य तकनिकी क्षेत्रमा पनि कब्जा जमाएर आफ्नु राष्ट्रकाे विकास र उन्नतिसंगै विकासशिल राष्ट्रहरुका सर्वसाधारण नागरिकहरुलाई श्रमकाे या राेजगारीकाे खाेजीमा विकसित राष्ट्रहरुमा राेजगारी खाेजेर आउनै पर्ने वातावरण सिर्जना गरेकाे पाइन्छ । साेह्राैंदेखि उन्नाइसाैं शताब्दीसम्म ब्यापार गर्न या सम्पन्न राष्ट्रहरुलाई लुट्ने अभ्याससंगै आफ्नु राष्ट्रकाे सिमाना बढाउने गरेकाे इतिहास भेटिन्छ भने बीसाैं शताब्दी यता सिमाना बढाउने कार्य राेकेर आफुभन्दा कमजाेर राष्ट्रहरुलाई उपनिवेश बनाउने, विकासशिल राष्ट्रहरुका सत्ताधारी नेताहरुलाई कठपुतली बनाएर नचाउने र जनता रुलाउने चलनमा वृद्धी भएकाे देखिन्छ । यस्ता देशहरुमा हाम्राे देश नेपाल हालकाे संघीय लाेक गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा शायद एकनम्बर मै पर्छ हाेला ।
पञ्यायती व्यवस्थामा राजतन्त्रले स्थापना गरेका सबै उद्याेगधन्दा बेचे पछि कतिपय उद्याेगहरु माओवादी जनयुद्धकाे नाममा ध्वस्त पारे पछि स्वदेशमा राेजगारी गर्ने आम नागरिकलाई कतै कुनै व्यवस्था रहेन अर्काे तिर युवाहरुलाई जबरजस्ती लडाकु बनाउने गरे पछि ०४६ अघि बहुत कम नेपालीहरु राेजगारी खाेजेर बिदेश जान्थे गए पनि २/३ महिना देखि ५/६ महिना काम गरेर आफ्नु घर फर्किन्थे या लामाे समय काम गरे पनि प्रत्येक बर्ष आउने चाड पर्व र त्याैहारमा एकदुइ पटक आफ्नु घर विदामा आएर फेरि जान्थे तर माओवादी युद्धले त्याे फर्किने चलन बन्द गरायाे ,फर्किन छाेडे या फर्के पनि आफ्ना जहान बच्चालाई माओवादीकाे सहजै पहुँच हुन नसक्ने राजधानी लयायत अन्य शहरहरु या सदरमुकाममा भाडामा काेठा लिएर या घर बनाएर बस्न बाध्यकारी अवस्था सिर्जना भयाे र त्याे वेला गाँउ छाेडेकाे मान्छे गाँउ नफर्के पछि विस्तारै गाँउका अन्य मान्छे पनि शहर तिर पलायन भए र शहरमा बस्न या स्थापित हुन पैंसा चाहियाे अनि पैसा कमाउन काम चाहियाे यसरी कामकाे खाेजीमा बिदेशिनु पर्ने बाध्यता पञ्चायत कालमा मुस्किलले १०/२०% थियाे भने देशमा बहुदलिय व्यवस्था र संघीय शासन व्यवस्था लागु भए पछि ९५% पुग्याे भने पनि हुन्छ? गाँउमा असक्त बुढापाका बाहेक प्राय: राजनीतिक पार्टीकाे तेल र खानाकाे कुपन बाेक्ने झाेले बाहेक मेहनत परिश्रम गरेर खाने युवा र उनीहरुका जहाँन बच्चा भेटिन गाह्राे छ । गाँउहरु युबालेस बनाएर कस्ताे उन्नत गणतन्त्र स्थापना गरेका हुन् , सेना र प्रहरीहरुमा पनि तलबले जहाँन बच्चालाई साधारण जीवन जिउन पनि नसक्ने अवस्थाले गर्दा घुस ,कमिशन या संयुक्त राष्ट्रसंघकाे मिशनमा काग जति ठुला मच्छर लाग्ने ठाँउ सुडान जस्ता देशमा हाकिमकाे चाप्लुसी गरेर जान बाध्य बन्नु परेकाे कसलाई थाह छैन, आफ्ना बालबच्चालाई छाडेर खाडी मुलुकमा नारकीय जीवन जिउन कसलाई रहर हाेला ? अरु राष्ट्रहरुकाे त कुरै नगरे पनि हुन्छ हाम्रै पडाेसी देश जसकाे बाँदर लड्ने भिरमा ढाडमा डाेरी बाँधेर पहाड खाेपी गाडी गुड्ने सडक बनाउदा परहा फाेर्ने ब्लास्टले चाेक्टा चाेक्टा हुन बाध्य छन्,शहरका गल्ली गल्लीमा डण्डा र सिट्टी बजाउदा गुण्डाहरुबाट हत्या र कुटाइ खान बाध्य छन् । ब्रिटिश र भारती सेनामा जागिर खाएर ती देशकाे सिमानाकाे रक्षामा रगत पसिना बगाउन बाध्य छन् । संसार भरिका लगभग एकसय भन्दा देशहरुमा नेपाली युवाहरु राेजगारी गरिरहेकाे र थ्रिडी (Dirty,Dangerous & Difficult) काम गर्न बाध्य भएकाे वर्णन गर्नै पर्दैन सबैलाई थाह छ । अध्ययनकाे नामबाट कलिला युवाहरु समेत पढाइसंगै थ्रिडी काम गर्न बाध्य छन्, रसिया र युक्रेन बीच भएकाे लडाइमा पैंसा कमाउने लाेभ लालचकाे वातावरण वर्तमान सत्तामा बस्ने दलालहरुले रेमिटेन्स नआए खान नपाउने भएकाे कारण युवाहरुलाई जसरी पनि बिदेश पलायन हुन बाध्य पारिरहेका छन् । विश्वभरिका सयाैं देशमा नेपालीहरु बिभिन्न खाले काम गर्न बाध्य छन् । जतिजति नेपालकाे सत्ता परिवर्तन र देशकाे मुहार फेर्ने एक कुम्लाे उधाराे भारी बाेकेर यहाँ नयाँ नयाँ राजनीतिक दल उदाउ छन्, आन्दाेलन गर्छन्,संसदमा, मिडियामा, आफ्ना बिभिन्न लेख रचनामा नेपाललाई केही बर्ष भित्रै अत्यन्त उन्नत राष्ट्र बनाउने,सुशासन कायम गर्ने जस्ता बकमफुसे गफ हाँकेर जनतालाई उल्लु बनाउछन,सडक र संसद तताउछन् तर सत्तामा सहभागी हुने, भागबन्डा पाउने सम्भावना देखियाे भने तिनीहरुकाे सुशासन, देश विकासकाे कुरा कता पुग्छ कता ?
मिडिया, पत्रकार, नागरिक समाज, बिदेशिन बाध्य नेपालीहरु माथि शाेध खाेज र अनुसंधान गर्नेहरु जसले पनि कुन देशमा कति नेपालीहरु छन् भन्ने तथ्याङ्क वाहेक उनिहरुले भाेग्नु परेका दुख कष्ट र उनिहरु माथि हुने अपमानका, अन्याय, अत्याचारकाे बारेमा खासै कसैले चासाे लिएकाे देखिदैन । बर्षाैं देखि थाइलेण्डमा लुकेर बस्न बाध्य नेपालीहरुले न थाइलेण्डकाे न नेपालकाे नागरिकता नपाएर दुख पाएका नेपालीहरु बारे जति आवाज उठे पनि ,नेपालमा जुन सरकार आए पनि यसरी दुख खेपी रहेका नेपालीहरु बारे कसैलाई चासाे छैन, भारतकाे बिभिन्न शहरमा याैन व्यवसायमा आफुखुशी या छलेर ठगेर बेचिएका चेलिहरुकाे कसैलाई चासाे छैन । पत्रकार र मिडियाहरु हाम्राे सत्तामा बस्नेहरु,अन्य नागरिक समाज र मानवाधिकारवादीहरुले यसरी दुख पाउने चेलीवेटीहरु र युवाहरुले बिदेशमा गएर शरिर बेचेकाे,चाेरी गरेकाे हत्या गरेकाे, ठगेकाे जस्ता कैलेकाही भुलबस, या मालिककाे यातना सहन नसकेर आक्राेशमा गरेका या यीनै सम्पन्न वर्गले तल्लाे स्तरकाे काम र शरिर बेच्न बाध्य बनाएका घटना वर्णन गर्दैनन् तर एउटा सामान्य घरमा चाेरी गरे पनि उचालेर ससमाचार प्रेशित गर्छन्, । बिना प्रमिशन कै बिदेशी प्रहरी स्वदेशमा भित्र्याएर गाँउगाँउसम्म पुग्न जनप्रतिनिधि स्वयं मदत गरेर आफ्नु नागरिकले के कति कारणले त्यस्ताे गरेकाे हाे नबुझेर बिदेशी प्रहरीलाई बुझाउछन् ।
कस्ताे विडम्बना, उनिहरुकाे देशमा काम खाेजेर गए पछि हेपेकाे ठिकै छ तर राष्ट्रकाे र अन्तर्राष्ट्रिय कानुनकाे धज्जी उडाएर हाम्राे देशकाे कुना काप्चाकाे त कुरै छैन राजधानी काठमाडाैंमा अनुमति बिना आएर हाम्राे देशकाे नागरिकलाई अपराधी भनेर समातेर लाँदा एकशब्द फुट्दैन नेपालीहरुकाे मुखमा । राजतज्त्र या पञ्चायती शासनमा नेपालकाे संसारमा जुन इज्जत र सम्मान थियाे, जनतामा राष्ट्रप्रति जुन राष्ट्रिय भावना थियाे,हामी स्वाभिमानी नेपाली हाैं भन्ने थियाे त्यसलाई ०७ सालकाे आन्दाेलन र वदलाव हाेस, ०४६ सालकाे पञ्चायती व्यवस्ता मास्ने जनआन्दाेलन हाेस , दश बर्षे लाधेकाे १७ हजार जनताकाे हत्या गर्ने कथित जनयुद्ध हाेस ०६४काे राजतन्त्र र ०४६ मा आफैले निर्माण गरेकाे अन्तरिम संबैधानिक राजतन्त्र मास्ने जनआन्दाेलना या परिवर्तन हाेस या ०७२ले स्थापना गरेकाे र बिभिन्न संविधान विद्,नागरिक समाज,पत्रकार,मानवाधिकारवादी,बुद्धिजीवि, सिमाविद्, कानुन विद् आदि सबै लागेर निर्माण गरेकाे संसारमै सर्वश्रेष्ठ , अत्यन्त राम्राे भनिएकाे सुगाैली संधीले छाेडेकाे बाँकि भूभाग अखण्ड नेपाल टुक्राटुक्रा पारेकाे देश र टुक्राटुक्रा पारेर याे राष्ट्रलाई र जनतालाई शुखी,समृद्ध र उन्नत बनाउने बाचाबन्धन र कसम खाएर लाधिएकाे संघीय लाेक गणतन्त्रले राष्ट्रलाई धाेवीले खाेलामा कपडा चुटे जस्तै गरी यसरी चुट्याे, लुट्याे कि दश बर्ष पछि फेरी देश खरानी बनाउने डिपस्टेटका कलाे खान अब्बल देखिएकाे शक्ति ५०/६० बर्ष दुख कष्ट झेलेर, जेलनेल सहेर सत्तामा आएका हिजाेका क्रान्तिकारी र आन्दाेलनकारी शक्तिलाई With in hour ज्यान जाेगाइ भाग्न बाध्य बनाएर हाम्राे राष्ट्रकाे सत्ता कसकाे हातमा सुम्पे उनिहरुलाई नै थाह भएन ? विगत दुइ महिनाकाे सत्ताकाे काम कार्वाही हेर्दा, हिजाे जेनजीले के भनेर आन्दाेलन गरेकाे थियाे त्यसकाे कतै वहस हुँदैन, भ्रष्ट्राचारी, कमिशन खाेर, तस्कर, जनता बेच्नेहरु खुला घुमिरहेका मात्रै छैनन् जसलाई हटाउने मास्ने कार्वाही गर्ने भनेर स्थापित गरियाे त्यही सरकारले दैनिक वार्तामा आएर चुनावमा भाग लिन अनुराेध गरी रहेकाे छ ।
एउटा गैरसरकारी संस्था चलाउने ब्यक्तिले नेपाल सरकारलाई अर्डर गर्छ याे भन्दा लाज मर्दाे घटना अरु के हाेला ? माओवादी विध्वंसमा बाँचेर बाँकि रहेका सिंहदरबार,सर्वाेच्च अदालत,मालपाेत कार्यालय,ब्यापारिक सेन्टर,जेलहरु ध्वस्त पारिएका छन्, प्रहरीका हथियार लुटिएकाछन्,जेलवाट कैयाैं अपराधी भगाइएका छन् के परिवर्तन भन्या यस्तै हुन्छ त ? इतिहासले इतिहासकाे पानामा बाख्या गर्ने गरेका परिवर्तनहरुकाे स्वरुप यस्तै हुन्छ ? यस्तै यस्तै कारण र सत्ताधारी र बिभिन्न आन्दाेलनले स्थापित गरेकाे कार्यपालिका,न्याय पालिका र व्यवस्थापिकाकाे राष्ट्र हाँक्ने,राष्ट्रलाई उन्नत र समृद्ध बनाउने,राष्ट्रमा सुशासन कायम गर्ने अंहंकारी,अकर्मन्य,असक्षम,अयाेग्य अरुले अराएकाे काम गर्ने, अनुदान र सहयाेगकाे कलाे खाएर देश लुट्ने लुटेराहरु शासन व्यस्थामा बसालिए पछि त्याे देशका जनताकाे स्वदेश मै इज्जत सम्मान छैन भने बिदेशमा के हुने । आज अमेरिका जस्ताे शक्तिशाली राष्ट्रकाे राष्ट्र प्रमुखले खुलेआम हामीले तिम्राे देश विकास गर्न भनेर दिएकाे धन तिमीले लुटेर खायाै भनेकाे सबै तैं चुप मैं चुप, दक्षिणी मिडियाहरुमा खुलेरै त्यहाँकाे सत्तामा पहुँच भएका या बिभिन्न संस्थामा गुप्तचरकाे काम गरेका गुप्तचर र पत्रकारहरुले नेपालमा खुलेआम तिम्रा कथित आन्दाेलन,कथित क्रान्ति, कथित युद्ध, कथित परिवर्तन सबै हामीले गराएका हाैं भनेर सार्वजनिक रुपमा हाम्राे सार्वभाैमिकता र स्वाभिमान माथि साइवर हमला गरिरहेका छन तर हामीहरुसंग त्यसकाे दाँत झार्ने गरि दिन सक्ने कुनै तथ्य छैन,कुनै नेपाली माइका लालमा त्याे साहश र आँट छैन ।
मेराे देश भनेर गर्व गर्ने, मेरा पुर्खाले आर्ज्याकाे मेराे देश भन्ने एउटा शक्ति भिगी बिल्ली भएर तमाशा हेरी चुपलागेर बस्या छ भने अरु परिवर्तन गर्याैं भन्ने शक्तिहरु डिप स्टेटका कर्मतरचारी भएर छेपारे राजनीति ( छेपाराेलाई जब चिसाे लाग्छ त्यति वेला , अब भाेली बिहानै उठ्छु लेख जान्छु दाउरा ल्याउछु,आगाे बाल्छु र आगाे तापी बस्छु भन्छ रे तर बिहान उठे पछि घाम लागि सक्या हुन्छ अनि दिन भरी पहरामा घाम तापेर बस्छ राती हुन्छ दुला पस्छ ) गरेसम्म तीन कराेड नेपाली मारिए पनि याे देशमा परिवर्तन हुने सम्भावना कतै देखिन्न । अब याे देश बचाउनु छ भने पृथ्वी नारायण शाह र महेन्द्रकाे पुनर्जन्म हुनै पर्छ ।अन्यथा याे देश सिक्किम भूटान हुनबाट कसैले बचाउन सक्दैन, हाम्राे देशमा पृथ्वी महेन्द्र जन्मिनु पर्ने हाे तर हजाराैं लेन्डुपहरुकाे जन्म भएछ ।
जनताकाे स्वाभिमान, जनताकाे सम्मान संसारमा जुन राष्ट्रमा गए पनि तब मात्र हुन्छ जब त्याे देश चलाउने शासकहरुकाे संसारभरिका राष्ट्रहरुले मान सम्मान गर्छन । अमेरिकन,चाइनिज,जापानिज,युराेपियन आदि बिदेशीहरु आएर हाम्राे देशमा अरु देशमा हामीले गर्ने जस्तै काम गरे पनि हाम्रा नेता देखि जनतासम्म उनिहरुलाई आदर सम्मान गर्छाैं ।जानी नजानी उनिहरुकै भाषामा बाेल्न बाध्य छाैं भने हामी उनीहरुकाे देशमा गए पनि उनीहरुकै भाषा बाेल्नु पर्ने बाध्यता छ । हिन्दीमा एउटा कथन छ " काैवा अपनी भाषा बाेलता है इसलिए काैवा स्वतन्त्र है पर ताेता मनुश्य की या दुसराैं की भाषा बाेलता है इसलिए ताेता पींजडे मै कैद हैं ।"
भनाइकाे अर्थ कागले आफ्नै भाषा बाेल्छ त्यसैले उ स्वतन्त्र छ सम्मानित छ । हिन्दूहरुले त उसकाे पुजा गर्छन तर सुगा मान्छेकाे भाषा यानि अरुकाे भाषा बाेल्छ त्यसैले उसले जसकाे भाषा बाेल्छ उसैले पिंजडामा कैद गरेर राख्छ । मनुश्यकाे मर्जी बिना न उ आफै खान सक्छ,न बाेल्न सक्छ,न उ उड्न सक्छ त्यसैले हामी नेपालीहरुकाे अवस्था पनि याे संसारमा पिंजडामा कैद गरिएका ताेता मैनाभन्दा रतिभर पनि फरक छैन । वास्तवमा साेच्ने सक्ने र मनन गर्न सक्ने आफ्नै नेपाली बुद्धी चलाएर साेच्ने हाे भने संसारमा अहिले पनि सबैभन्दा धनीदेश सम्पत्तिमा, खनिजमा, जडिबुटीमा, पानीमा, उर्जा शक्तिमा, पर्यटनमा, धर्ममा, भाैतिक काम गर्न सक्ने क्षमतामा केवल नेपालीहरुमा मात्रै पाइन्छ । हामीलाई प्रकृतिले यति ठुलाे वरदान दिएकाे छ कि बर्षाैं देखि केही काम नगरि दिन भरी चाैतारामा बसेर फाल्तु गफ चुटेर पनि बिहान वेलुका दिउसकाे अन्नी तीन टायम खान पाइरहेका छाैं, एउटा छाप्राे मात्रै भए पनि सुत्ने ठाँउ र आकाश छेक्ने छत प्रायः सबै नेपालीकाे छ । तर अमेरिका, जापान जस्ता विकसित देशका जनता हाेमलेसकाे लाइसेन्स बाएर पार्क, पुल आदि ठाँउमा जीवन जिउन बाध्य छन तर हामी केवल हाम्राे गरिबी बेचेर, हाम्राे श्रम बेचेर खाने,जनताकाे रगत चुस्ने जुँकाहरुकाे भनाइमा लागेर उनकै बाेलिमा राष्ट्र माथि गरिबीकाे ट्याग लगाएर उनिहरु स्टार लाइफ जिउछन भने आम नागरिकमा हामी अत्यन्त गरिब छाैं भन्ने मानसिकता फैलाएर बिदेशी कुल्ली बन्न बाध्य पार्छन् ।
संसारमा सुन्दर पर्यटकिय स्थलहरु पनि नेपाल मै बढी छन्,शुद्ध र पिउने लायक पानीमा संसारमा नेपाल मात्रै यस्ताे देश हाे जहाँ फिल्टर या प्रशुदन नगरेर साेझै खाेलामा हात थापेर पानी पिउन सकिन्छ,जडीबुटी ,खनिजहरु त्यस्तै छ । संसार भरि नेपालकाे सिलाजित प्रसिद्ध छ । पर्यटक, ट्रेकिङ्ग, माउन्टेनियरिङ् गर्नकाे लागि पनि नेपालमा संसारमा सबैभन्दा बढी हिमाल छन् । यहाँकाे माैसम पनि प्रायः सबै सिजनमा मान्छे बस्न सक्ने एकैनाशकाे छ । वास्तवमा नेपालमा नेपालकाे र नेपाली जनताकाे उन्नति ,समृद्धी,र सुशासनकाे व्यवस्था गर्न सक्ने ब्यक्ति सत्तामा आउन सक्ने हाे भने नेपाल जस्ताे धनी,नेपाली जस्ताे स्वाभिमानी,नेपाली जस्ताे साैभाग्यशाली र नेपाली जस्ताे बहादुर र मेहनती संसारमा अरु काेही हुन सक्दैन ,त्यसैले त जति हेपे पनि,जति गरिब र खान नपाउने बेइमान भने पनि अंझै पनि संसारभरिका शासक र सिक्युरिटी आवश्यक पर्ने ब्यापारी,कलाकार सबैले नेपालीहरुलाई ढुक्क भएर काममा,आफ्नु सिक्युरिटीमा राख्न मन पराउछन्, नेपालीहरुलाई अमेरिकी सेना जाे शान्ति मिशनकाे नाममा गरिब राष्ट्, लुट्न जान्छ आफ्नु सिक्युरिटीमा नेपाली राख्छ ..।
हजाराैंमा एकआध घटना छाेडेर अहिले पनि नेपालीहरुकाे बहादुरी, मेहनत र इमान्दारी माथि संसारलाई भराेसा छ तर राजा त्रिभूवन,नेपाली काँग्रेस र राणा मिलेर प्रजातन्त्रकाे नाममा २००७ सालमा भारत सरकारकाे एउटा कर्मचारी नेपालकाे संसदमा निर्देशक भएर राख्नु पर्ने शर्तमा देशमा प्रजातन्त्रकाे नाममा बिदेशी इशारामा चल्ने बाध्यकारी सरकार प्रजातन्त्रकाे नाममा स्थापित गरिन्छ त्याे दिन देखि नेपालीहरु हेपीने, बेचिने चलनकाे थालनी भएकाे देखिन्छ । यही दलाली प्रवृतिबाट रुस्ट युवराज महेन्द्रले त्रिभूवनकाे अवसान पछि सत्ता आफ्नु हातमा लिएर बिदेशी हस्तक्षेप बिरुद्ध अत्यन्त कडाइकासाथ उभिएर तीस बर्ष पञ्चायती व्यवस्ता चलाएर उद्याेगहरु स्थापना गरे, शिक्षाकाे लागि स्कुल कलेजकाे स्थापनाका साथै नैतिक शिक्षा पनि पढ्नु पर्ने व्षवस्था गरे ,पुर्व पश्चिम राजमार्गहरुकाे निर्माण गर्न लगाए तर नेपालकाे विकास हुन नदिने बिदेशी शक्तिका दलालहरुले प्रजातन्त्रकाे नाममा सत्तामा बसालिदिने शक्तिहरुकाे दलाली गर्दा नै २००७ देखि २०८२सम्म आइ पुग्दा सत्तामा बिभिन्न खाले दलालहरु छनाैट गरेर राखिदा नेपाल र नेपालीकाे सगरमाथा भन्दा अग्लाे शिर आज निहुरिन पुगेकाे छ । हिजाे तिब्बत लगायत कतिपय देशलाई खाद्यान्न ,घ्यु तेल सप्लाई गर्ने सम्पन्न राष्ट्र आज काेदाे,मकै जस्ता केबल नेपालमा मात्रै उत्पादन हुने खाद्यान्न,तरकारी,फलफुल,घ्यु तेल सबै बिदेशबाट आयात गरेर खान बाध्य पारिएकाे छ ।
आज नेपालबाट निर्यात गरिनेमा जनता शरणार्थी बनाएर बेच्ने,युवाहरु राेजगारी खाेजेर बिदेश जानै पर्ने बाध्यकारी व्यवस्था कायम गर्ने चलनकाे लागि मात्रै आन्दाेलन हुने गरेका तथ्य कसैबाट लुकेकाे छैन।अन्तर्राष्ट्रिय एअरपाेर्टमा दैनिक २००० भन्दा बढी युवाहरु आफ्न्त र देश छाेडेर जाँदाकाे पीडामा बगेका आँशुका धारा नेपालका मिडिया, पत्रकार, नागरिक समाज, मानवाधिकार आदि समृद्ध, सुशासित र स्वाभिमान नेपाल निर्माण गर्ने भनेर डलर भिख मागेर स्टार जीवन जिउनेहरुले देख्दैनन्,महशुस गर्न सक्दैनन् किन कि उनीहरुकाे डलर उम्ररिने खेत बाँजाे हुन्छ ? अहिलेकाे दकियानुसी दास लेखनकाे आँखा र मैकाले शिक्षाकाे नजरले हेर्दा याे लेख बिषय बस्तुबाट धेरै पर हटेर खाने पिउने उपल्लाे वर्गले गर्ने गरेकाे व्यवहारकाे पीडाले छटपटिएर पूर्वाग्रही रुपमा सत्तामा बस्ने र खाने पिउनेहरुकाे विरुद्ध गएजस्ताे लाग्न सक्छ तर आज हामी संसारकाे कतिपय देशमा जाँदा हिजाे राजा हुँदा नेपाल भनेर राजतन्त्र र सगरमाथाकाे नामले चिनिन्थ्याे भने अहिले देशमा प्रजातन्त्र हुँदै संघीय गणतन्त्रमा आइ पुग्दा अरु कुनै बाह्ये शक्तिले स्थापित गरि दिएकाे अनुदान, सहयाेग र रेमिट्यानसमा चल्ने भ्रष्टाचारी, कमिशनखाेर, दलाल, तस्कर आदिले चलाएकाे देश भनेर कतिपयः देशका राष्ट्र प्रमुख र अफिसरहरुले खुलेआम सामाजिक संजालमा भन्ने गरेकाे कुरा हाम्रा सत्तामा बस्नेहरुकाे कानले सुन्दैन,आँखाले देख्दैन यस्तै यस्तै कारणले गर्दा विश्वमा नेपालीकाे मान सम्मान दिन प्रतिदिन खस्किदाे अवस्थामा छ, नेपालीलाई हेप्ने चलन दिन प्रतिदिन बढ्दै गएकाेछ ।
नेपालका मन्त्री, जनप्रतिनीधि ,प्राेफेस,ठुला कर्मचारी समेत केहीलाई छाेडेर अधिकांस Durty Dangerous & Difficult काम गर्न बाध्य छन् अनि त्याे देशकाे जनतालाई सम्मान गर्छ त काम गराउने मालिकले ? अब हामीले साँच्चै परिवर्तन चाहने हाे नेपालीकाे बिदेशमा गुमेकाे सम्मान फेरी कायम गर्ने जमर्काे गर्ने हाे भने बिदेशी एडबाट चलेका भ्रष्टहरुकाे पहिचान गरि तिनीहरुलाई राजा महेन्द्रले अपनाएकाे बाटाे अनुशरण गर्दै नागढुङ्गा कटाउन सक्नु पर्छ ,अन्यथा काग कराउदै गर्छ पीना सुक्दै गर्छ । नेपाली जनता ठग्ने भ्रष्ट लुटेराहरु,तस्कर कमिशनखाेर र नेपाली जनताकाे उन्नतिकाे नाममा,देश विकासकाे नाममा,जनताकाे स्वास्थ्यकाे नाममा डलर भिख माग्ने मगन्तेहरुले जनतालाई पीडा दिनेहरुले देशकाे उन्नति र जनताकाे पीडा बुझेर त्यसबाट मुक्ति दिदाउने छन भन्ने सपना बाेकेर उनकै कुम्लाे कुटिराे बाेकेर पछिलाग्ने र तिनीहरुलाई नै अन्नदाता, महान, आदरनीय, सम्माननीय भनेर पछिपछि लाग्ने चलनमा परिवर्तन गर्न नसक्ने हाे भने आज सारा युवा बिदेशमा अपहेलित भएर काम गर्न बाध्य छ भने राष्ट्र परिवर्तनकाे नाममा नेपाली जनता बेचेर बिदेशी डलर पचाउने भ्रष्टहरुले एकदिन सिङ्गै देशलाई डलर शरणम् गच्छामी गर्न धेरै समय कुर्नु पर्ला जस्ताे वातावरण देखिदैन ।
हिजाे राष्ट्रवादी राजाबाट खाेसेर देश राष्ट्रिय भ्रष्टहरुलाई सुम्पेर अहिले पछुत्ताे गर्दै हिंडेका छाैं भने अहिले आएर गहिरिएर एक नजरले हेर्ने हाे भने डलर खानेहरुले सत्तामा कब्जा जमाएकाे प्रष्टै देखिएकै छ । अब देश बचाउने, स्वाभिमान फर्काउने, अन्तर्राष्ट्रिय स्तरमा नेपालकाे पहिचान सार्वभाैम सत्ता सम्पन्न राष्ट्रकाे रुपमा केवल तीनै उत्पीडित, अपहेलित नेपाली जनताले मात्रै गर्न सक्छन् । पीडितकाे पीडा पीडितले मात्रै बुझ्छ र त्यसकाे लागि सर्वप्रथम पीडितले पीडादिनेहरुकाे भारी बाेक्न र दास बन्न इन्कार गर्न सक्नु पर्छ ? यिनीहरुलाई लखेट्न सक्नु पर्छ आम नेपाली जनताका आवश्यकता र पीडालाई रहर मानेर बिदेशीने हाेइन सत्ताधारीकाे कर्प्ट राजनीतिले बिदेशमा अपमानित काम गरेर बस्न बाध्य पार्ने व्यवस्ताकाे पाेस्टमार्टम गर्न सक्ने क्षमताकाे विकास गर्न जरुरी छ अन्यथा कुन देशमा कति नेपाली काम गर्न बाध्यछन् भन्ने भाषण र लेखहरुले ठाँउ पाउने छ । परिवर्तन केही हुने वाला छैन !
बिदेशमा काम गरे पनि त्यसलाई बाध्यता या रहर नभनेर संसारभरि जुन देशमा जस्ताे सुकै काम हाेस काम गर्नेहरुकाे सम्मान गर्ने व्यस्ता कायम गर्न लागि पर्नु पर्छ । जापानमा एकनम्बरमा काम गर्नेहरुलाई राखेकाे कारण काम नगर्ने बसेर खानेहरुभन्दा बढी इज्जत छ गरिन्छ । काम नगरेर बसीखान उनिहरु लाज मान्दछन । घरमा खाना पकाउने ,भाँडा धुने नाैकर राखिएकाे देखिन्न । नेपालमा भने ७/८ हजार तलब बुझ्नेले घर सफा गर्ने, खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने नाैकर राखेकाे हुन्छ अनि कराउछ हामी सारै गरिब याे सिस्टम अबकाे पुस्ताले वदल्न जरुरी छ नत्र परिवर्तनका नाैटंकीहरु जति गरे पनि देशकाे सामाजिक र राजनीतिक परिवर्तन रेगिस्तानकाे मृग मरिचिका जस्तै हुने छ । भ्रष्टाचारका, तस्करीका, बेचबिखन, कमिशनका फाइल खुल्छन आयाेग बन्छन् आयाेगका फाइल वालुवाटार र सिंहरबारका कुनै कुनामा राखिएकाे अल्मारिमा थन्क्याएर त्यसलाई जलाउने शक्तिमा राष्ट्रप्रति राष्ट्रियताकाे भावना छ भन्न कसरी सकिन्छ भ्रष्ट नेताहरुकाे रिसिवी राष्ट्रिय सम्पत्ती, अपराधीका फाइल,ऐतिहासिक दस्तावेज छानी छानी जलाउने शक्तिले असल राष्ट्रकाे निर्माण गर्छ भनेर कसैले भन्छ भने त्याे भन्दा ठुलाे राष्ट्रघात अरु के हाेला ?
अहिले देखिएकाे राजनीतिक विचार र त्यसमा सम्लग्न नेताहरुकाे कार्यशैलीमा नेपालीपन कुनै पनि दलकाे नेता कार्यकर्तामा देखिदैन ? देशकाे राजनीतिमा यिनै पार्टी र नेता कार्यकर्ता नै चयन हुने हुन र सरकार प्रमुख हुनेहुन् भने आफ्नै देशमा हेपिने, ठगिने, लुटिने, हत्याकाे शिकार हुने, कानुन र अन्य कार्यालयकाे हेपाह प्रवृतिकाे यसरी नै शिकार भएर बिदेश पलायन हुने हाे भने जसलाई आफ्नै घरमा सम्मान छैन उसकाे पराया मुलुकमा कसरी सम्मान हुन्छ ? आज विद्यार्थी, कर्मचारी, शिक्षक, जनप्रतिनीधि समेत स्वदेशमा राेजगारी नपाउने, न्याय कानुनमा समान अधिकार नपाउने आदि घटनाहरुकाे बढ्दाे क्रमका कारण दुख पाए पनि धनसम्पत्ति कमाउन सक्ने वातावरण बिदेशमा देखेर अपहेलित भए पनि राेजगारी, अध्ययन, ओैषधी उपचारकाे लागि विदेश नै राेज्ने रहरले हाेइन बाध्य बनाइएका छन् ।