हारको कारण

6k Shares

-श्वामी सत्यव्रत

यस संसारमा कसैले पनि हार मान्न  तयार छैनन्, झुठो बोलेर भए पनि आफ्नो सान र आन राख्न नै चाहन्छन् । यो प्रसङ्ग अध्यात्ममा होस् वा भौतिकतामा उत्तीकै  महत्वपूर्ण छ । अझ खास गरिकन भौतिक जगत् र राजनीतिमा त हार मान्न कुनै  शासक तयार नै हुँदैन । जित्नको लागि साम, दाम, दण्ड र भेद अनेक नीति अपनाउने गर्दछन्, जित्नको लागि छल, बल र दल सबैको प्रयोग गर्दछन् । यसको लागि पहिले त मैले एउटा प्रसङ्ग अगाडि ल्याउन चाहन्छु, जसले  यस विषयलाई प्रष्ट पार्न र यहाँहरु सबैलाई बुझ्न सहज बनाउने छ।

एउटा देशको दरबारमा राजा थियो, विचार गरौ त अहिलेको आकडा र डाटा अनुसार भारतमा मुकेश अव्वानी लगायतका पाँच धनी व्यक्तिहरुले एक दिनमा ५  करोड भारतीय रुपिया खर्च गर्दछन् । उनीहरुको प्रति सेकेण्ड आम्दानी कति होला, म त्यतातिर गएर प्रसङ्गलाई लामो बनाउन चाहन्न ।  मुकेश अव्वानीको महलमा २४ घण्टा नै ६०० जना  नोकर चाकरहरु सेवामा खटिएका  छन् । अब त्यतातिर नजाऊँ विषय बस्तुमा केन्द्रित हुँदा त्यो दरबारको राजाको एउटा बफादार नोकर सरसफाइको लागि बसेको थियो । उसले फुलदानी सफा गर्दा खसेर फुट्यो, पछि राजाले सोध्दा डरले गर्दा त्यो  नोकरले भन्यो कि उसले सफा गर्न लगेको छ । अन्त्यसम्म फुलदानी नलिएपछि खोइ त फुुलदानी भन्दा त्यो  नोकरले मैले सफा गर्दा फुटेको थियो महाराज, डरले गर्दा मैले भन्न सकिन भन्यो । त्यो राजाले झुठो बोल्ने मानिस मलाई चाहिदैन भन्दै त्यसलाई सजाय दिएर मेरो दरबारमा झुठो बोल्ने मानिस हरनु पर्दैन भनी उर्दी जारी गर्यो । त्यसपछि दरबारका सबै भाइभारदारलाई बोलाइयो र सोधियो कि कोही झुठो बोल्छन् कि बोल्दैनन् । त्यहाँ सबैले झुठो नबोल्ने बाँचा गरे तर मुख्य मन्त्री बोल्दै बोलेनन् ।

ती राजाले फेरी त्यो मुख्य मन्त्रीलाई भने कि तिमी त बोलेनौ नि के विचार छ, ती मुख्य मन्त्रीले भने कि म त छुठो बोलेको छु महाराज । राजाले तुरुन्त नै त्यो मुख्य मन्त्रीलाई आफ्नो कार्यभारबाट छुटकारा दिई यो दरबारमा प्राणको माया भएमा नआउनु गैहाल भने । मन्त्रीले एक शव्द पनि नबोली हस महाराज भनी त्यो दरबारबाट बाहिरिए । उनी आफ्नो निवासमा पुगेपछि एक जना आफ्ना सहयोगीलाई बोलाएरु भने कि हेर तिमी सुनारकोमा गएर सुनको लहलह झुलेको धानको बाला बनाएर ल्याएर आऊ । त्यो सहयोगीले भने जस्तै  गरी धानको बाला तर सुनको बनाएर ल्याएर आए । त्यसपछि ती मुख्यमन्त्री राज दरबारमा पुगे, त्यहाँ राजाले देख्दा उनले भने कि तिमीलाई मर्नदेखि डर छैन । तिमीलाई मेरो सामु अनुहार नदेखाऊ भनेको होइन भने पछि ती मुख्यमन्त्रीले भने महाराज म  यहाँ मेरो लागि होइन, यो देशको हितमा काम हुने भएकोले आएको हुँ । मेरो प्राणभन्दा पनि मेरो देशको प्रगति मेरो लागि महत्व राख्ने विषय हो । 

राजाले ती मन्त्रीलाई भने कि विषय के हो भन र तुरुन्त नै मेरो अगाडिबाट गइहाल । मुख्यमन्त्रीले भने कि महाराज ७०  वर्षसम्म हिमालयमा गएर तपस्या गरी फर्केको एकजना महात्माले मलाई यो सुनको धानको बाला दिनु भएको छ । यदि  यो धानको बालालाई राम्रो उर्वर भूमिमा रोप्यो भने सुन नै फल्दछ रे, अनि त देश आर्थिक रुपमा समृद्ध हुने भयो । त्यसैले म महाराज कहाँ आएको, मेरो विषय बस्तु यही हो । म हिँडे पनि भनेर ती मुख्यमन्त्री त्यहाँबाट हिड्न खोजे तर महाराजले भने कि हैन, हैन सुन – त्यसो भए कुन ठाउँमा रोप्ने त ? ती मुख्यमन्त्रीले भने कि उर्वर भूमि त मैले हेरिसकेको छु, गएर रोप्न मात्र बाँकी हो महाराज । 
 राजाले त्यसो भए जाऊँ न  त रोप्नको लागि भने, त्यसपछि सबै भाइ भारदारहरुलाई बोलाएर त्यो धानको बालालाई रोप्नको लागि गए । मुख्यमन्त्रीले ऊर्वर भूमी भएको ठाउँमा लगेर देखाए, त्यसपछि राजाले भने कि अब ढिला किन त रोपौं न त । मुख्यमन्त्रीले भने कि महाराज यो मैले रोपेर हुँदैन । यो त्यो व्यक्तिले रोप्नु पर्छ , जो जिन्दगीभर झुठो नबोलेको होस् । जीवनमा कहिल्यै झुठो बोलेको मानिसले यदि यो धानको बालालाई रोप्यो भने यो सुन उम्रने छैन । राजाले आफ्ना भाइ भारदारहरुलाई रोप्नको लागि  आदेश दिए तर सबै भाइ भारदारहरुको मुण्टो निहुरिएको पाए । जसले दरबारमा पहिले हामीहरु कहिल्यै झुठो बोलेका छैनौ भनेका थिए । अब राजा असमन्जस्यमा परे, राजा बोल्न सकेनन् । ती मुख्यमन्त्रीले राजालाई भने कि हे महाराज अब विलम्ब किन ? हजुर त जीवनमा झुठो बोल्नु भएको छैन  नि, रोपिबक्सियोस् न त ।

त्यसपछि राजाले के भने थाहा छ – राजाले भने कि मैले पनि सानोमा त झुठो बोलेको थिए । अब मुख्यमन्त्रीले भने कि हे महाराज मैले त जीवनमा एक पटक झुठो बोलेको थिए तर यी भाइ भारदार र महाराज त दुई दुई पटक झुठो बोलिबक्सियो । एक पटक  पहिले र अर्को पटक झुठो बोलेकोलाई बोलेको छैन भनेर । पहिले बोलेको झुठोलाई लुकाउनको लागि अर्को झुठो बोल्नु राम्रो होइन । 

त्यसपछि महाराजले त्यो मुख्यमन्त्रीलाई सम्मानको साथ पुनः बहाली गर्नु भयो । त्यसपछि त्यो मुख्यमन्त्रीले भन्यो कि महाराज यो सुनको बाला कुनै सन्तले दिएको होइन, सबैको सत्यतथ्य पत्ता लगाउनको लागि मैले आपैm बनाएर ल्याएको थिए । त्यसैले झुठोका आफ्ना खुट्टा हुँदैनन्, झुठोले सत्यबाट खुट्टा सापटी लिएर कार्य गरिरहेको हुन्छ भन्ने प्रष्ट पारेपछि महाराजले त्यो मुख्यमन्त्रीको बुद्धिलाई हृदयदेखि नै सम्मान गरे । 

त्यसैले जहिले पनि सत्यको नै  जित हुन्छ, क्षणिक समयको लागि असत्यले स्थान लिन सफल भए पनि अन्त्यमा  जित सत्यको नै हुन्छ । जीवनमा हार खानुको मुख्य कारण झुठो बोल्नु हो । झुठो साहित्यले छिटो प्रसिद्धि कमाउन सक्छ तर त्यो टिकाऊ हुँदैन, सत्यमेव जयेते ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                 

सम्बन्धित समाचार