बालबालिकालाई दिन ८४ लाख डोज कोभिडविरुद्धको खोप ल्याइने

14.1k Shares

काठमाडौं । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिन ८४ लाख डोज कोभिड १९ विरुद्धको खोप ल्याउने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य सेवा विभागले यो उमेर समूहका बालबालिकालाई दिन मिल्ने खोप खरिदका लागि फाइजर कम्पनीसँग प्रस्ताव पठाएको हो । 

५ देखि ११ वर्षसम्मका बालबालिकाको संख्या करिब ४२ लाख रहेको सरकारको अनुमान छ । अहिले नेपालमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर र मोर्डना खोप कार्यक्रम जारी छ । 

सम्बन्धित समाचार