पूर्ण सुशासन सहित सम्बृदीको बाटोमा वडा

5.8k Shares

अमृत जुङ्ग महत वडा अध्यक्ष, वडा नं १४

वडाअध्यक्ष भएको पनि अढाइ वर्ष भयो ? कार्यकालको यो अढाइ बर्से अवधिलाई कसरी मुल्यांकन गर्नु भएको छ ?

निर्बाचित जाप्रतिनिधिको २ बर्से कार्यकाल पुरा भएको छ।  यो आवधिलाई पूर्ण सुशासनको कार्यकाल बनाउन हामी सफल भएका छौं। पूर्वाधार विकासका कार्यक्रम सँगसँगै सामाजिक कार्यक्रम पनि सुरु भएको छ । पहिलो वर्ष सिक्ने र दोस्रो वर्ष पहिलो वर्ष बटुलेको अनुभवलाई कार्यान्वयन गर्ने हिसाबमा राम्रो सह्यो ।

ललितपुर महानगरपालिकाको वडा नं १४ कस्तो वडा हो ? 

वडा नं १४ मा हाइब्रिड समुदाय छ। पहिला पहिला यो वडालाई पूर्व र पश्चिम क्षेत्रबाट आएका लाहुरेहरुले बसोबास स्थलको रूपमा हेर्ने गरिन्थ्यो तर अहिले त्यो मात्रै छैन । यहाँ देशैभरिका मानिसहरू भेटिन्छन् । यहाँ विभिन्न जातजाति, धर्म संस्कृति मान्ने मानिसहरू भेटिन्छन् । त्यसैले यो वडा हाइब्रिड समुदाय युक्त वडा बनेको छ ।

आर्थिक वर्ष ०८१-०८२ मा यहाँहरुले कस्तो बजेट ल्याउनुभयो ? 
हरेक वर्ष जस्तै यो वर्ष पनि हामीले ६० प्रतिशत पूर्वाधारलाई र ४० प्रतिशत शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक, युवा, लक्षित कार्यक्रमका लागि बजेट विनियोजन गरेको छौं। वडालाई प्राप्त भएको ३ करोड २५ लाख बजेटलाई ब्रेक गरेर बजेट विनियोजन गरेका छौं। हामीले ५ प्रतिशत भैपरीमा र मर्मतमा पाँच-छ लाख राखेर बजेटको प्लानिङ गरेका छौं।

यहाँहरुले पूर्वाधारमा चाहिँ कुन क्षेत्रमा बढी प्राथमिकता दिनुभएको छ ? 
हाम्रो वडाको कान्तिपुर कोलोनिदेखि रणिबु क्षेत्र जमीनको अलि खाल्डो भागमा रहेकाले लामो समयदेखि विकासका गतिविधिहरु एकदमै कम मात्रामा भइरहेको हुँदा त्यस क्षेत्रको लागि बजेट अलि बढी विनियोजन गरेका छौं। माथिल्लो क्षेत्रमा पनि कतिपय ठाउँहरूमा पिच भए पनि ओभरले (overlay) गर्ने, कतिपय ठाउँहरूमा ब्लक ढुङ्गाहरू हालिसकेको ठाउँमा पनि फेरि मर्मत गर्नुपर्ने छ । ती क्षेत्रहरूमा आवश्यकता अनुसार बजेट विनियोजन गरेका छौं ।

यस वडामा मूर्त तथा अमूर्त सम्पदाहरूको अवस्था कस्तो छ ? 

सम्पदाको हिसाबले हाम्रो वडामा धेरै सम्पदाहरू छन् । हामीले सम्पदाहरूको रिसर्च गरेर किताब पनि निकालिसकेका छौं । पहिलो वर्ष हामीले वडाभन्दा तल रहेको सोभाहिटी धारालाई पूर्णनिर्माण गर्यौ । त्यसैगरी दोस्रो वर्ष हामीले उमामहेश्वर मन्दिरलाई पूर्णनिर्माण गर्नको लागि बजेट छुट्यायौं भने, यो वर्ष टुटेपानिमा रहेको पुरानो सपाजरु र त्योसँगै रहेको पाटी पुनःनिर्माणका लागि बजेट विनियोजन गरेका छौं । त्यसैगरी ताल्चिखेल पिपल बोटमा रहेको चौतारा र थासिखेलमा रहेका चौतारीलाई पनि पुनःनिर्माण गर्ने हाम्रो योजना छ।

यहाँले कार्यकालको अढाई वर्ष बिताउँदै गर्दा, वडाबासीले भाेगेकाे समस्याहरु पनि बताइदिनुस् न ?

ललितपुर महानगरपालिकाको वडा नं १४ का वडाबासीले भोग्न परेको समस्या भनेको खानेपानी हो । पहिलो वर्षमा हामीले हाम्रो वडाको चापागाउँ दोबाटोमा युलेन्स स्कूलसम्म पुरानो धारामा मेलम्ची पानी विस्तार गरिसकेका छौं ।

दोस्रो वर्ष हामीले १४ र १५ नं वडाको २ वटा साइडमा नै युलेन्स स्कूलसम्म मेलम्चीको पाइप नयाँ खनेर विस्तार गरिसकेपछि पानीको समस्या भएका सबै ठाउँमा ट्रनक लाइन लागेर पुरानो धारामा नै मिसाएर पानी खुवाएका छौं । यो कार्य सम्पन्न भएपछि धेरै ठाउँमा खानेपानीको समस्या समाधान भइसकेको छ ।

अहिले हामीले कान्तिपुर कोलोनीसम्म पानी पाइप पुराइसकेका छौं। तर रणीबुँ, झुलपाखा क्षेत्रमा पानी नै नआउने त होइन धेर थोर आउँछ यी क्षेत्रमा हामीले सात प्रतिशत नै काम चाहिँ गर्न सकेका छैनौं । हाम्रो कार्यालय भित्रै खानेपानीको समस्या समाधान गर्ने योजना छ ।

खानेपानी बाहेक यस वडाका अन्य समस्याहरू पनि बताइदिनुस् न ?
हाम्रो वाडका लगभग सबै ' ल्यान्डहरु अकु पाई ' भइसकेको र सबै ठाउँमा घर बनिसकेको हुनाले सार्वजनिक स्थल (पब्लिक प्लेस) को आभाव देखिन्छ । उपलब्ध भएका सार्वजनिक स्थलमा पार्क निर्माण गर्न दुई ठाउँको डीपीआर तयार पारिसकेको छौं ।

हाम्रो वडाकै अगाडि, उमामहेश्वर मन्दिरमाभन्दा अगाडि बच्चाहरु खेलिरहेको पाइन्छ । त्यसमा हामीले व्यवस्थित पार्क बनाउन डीपीआर गरेर महानगरमा पेश गरिसकेका छौं । अर्को , झुलपाखामा रहेको सार्वजनिक जग्गामा पार्क बनाउन डीपीआर गरेका छौं । तर त्यसको फाइनल रिपोर्ट बुझाउन बाँकी छ । त्यसपछि पनि हाम्रो कार्यालयमा दुई - तीन वटा पार्क बनाउने हाम्रो योजना रहेको छ ।

अहिले सबैभन्दा ठुलो समस्स्य रोजगारी हो।  स्वदेशमा रोजगारका अवसर प्राप्त नहुँदा दैनिक हजारौं मानिस विदेश गईरहेका छन्।  रोजगारी सिर्जना गर्न यो वडाको तर्फबाट वा महानगरसंग समन्वय गरेर कस्तो योजना आघि बढाउनुभएको छ ? 

हामीले हाम्रो वडामा जति पनि संस्थाहरु छन्, ती सबै संस्थाहरुसंग समन्वय गरेर स्थानीयलाई रोजगारीमा अवसर दिन पहल गरिरहेका छौ  हाम्रो कार्यकालको दोस्रो वर्षमा हामीले महिला तथा युवाहरुका लागि उद्यमशीलता जोडेर मात्र कार्यक्रमहरु राख्यौं । विशेष गरी धेरै महिलाहरुले यसबाट लाभ लिइराख्नु भएको छ। उहाँहरूले आफ्नो समुहआन्तर्गत विभिन्न कामहरु गरिरहनुभएको छ । युवाहरू धेरै विदेश गएको देखिन्छ यो एकदमै दुःखद कुरा हो । हामीले युवाहरुलाई पनि पढाइका साथसाथै उद्यमी बन्नुपर्छ, साइडमा सानातिना व्यवसायहरू सुरु गर्नुपर्छ भन्ने हिसाबले विभिन्न ट्रेनिङ्गहरु गराइरहेका छौं । हामीले सुरुको वर्ष युवा तथा महिलाहरुलाई कफी मेकिङ ( बरिस्ता ट्रेनिङ ) दिएका थियौं । तीमध्ये ४ र ५ जनाले कफी हाउस खोलेर राम्रोसँग चलाइरहनु भएको छ । हामीले दिएकै ट्रेनिङबाट महिला दिदीबहिनीहरुले पनि लाभ लिएर घरैमा बसेर जुत्ता, ब्याग लगायतका सरसामान बनाउँदै बजारमा ल्याइदिनु भएको छ । 

यहाँहरुले दिनुभएको तालिमबाट कति जनाले व्यवसाय चलाइरहनुभएको छ, तथ्याङ्क बताइदिनुस् न ?

हाम्रोमा जम्मा १५ वटा महिला समुह रहेका छन् । हामीले सिलाई बुनाई सम्बन्धी (जुत्ता, ढाका टोपी, ब्याग - कुर्ता सुरुवाल सिलाउने सम्मको) तालिम गरायौं । तालिम लिनु भएका कति महिलाहरुले जुत्ता, ब्यागहरु बनाएर बजारमा ल्याएर काम अघि बढाइरख्नु भएको देखिन्छ । त्यसैगरी हामीले पाँच जनाको समूहलाई तीन महिना सिलाई तालिम दिएका थियौं । उहाँहरूले घरैबाट व्यवसाय गर्नुभएको छ। त्यसैगरी हामीले दिएका ट्रेनिङबाट नै लाभ लिएर जुत्ता, प्लास्टिक ब्यागको सत्ता प्रयोग गरिने ब्यागहरु, द्राई फुडहरु उत्पादन गरेर व्यवसाय सुरु गर्नुभएको छ । आगामी दिनमा कम्तिमा महिनामा एकचोटि हाम्रो (Night Market) वा हाट बजार नाम दिएर उद्यमशीलतालाई प्रवर्धन गर्नको लागि मेला सुरु गर्ने योजना बनाएका छौँ।

तपाईं त विदेशमा अध्ययनपछि नेपाल फर्किनुभयो, जनप्रतिनिधि हुनुभयो। तपाईंजस्तै युवा वर्गहरुलाई नेपालमै बसेर केही गर्न अलिकति एडभोकेसी (Advocacy) गर्नुपर्छ जस्तो लाग्छ । युवा वर्गहरूलाई नेपालमा पनि अवसर छ भन्ने बुझाउन वडाले केही सोचिरहेको छ ?

हामीले यो वर्ष युवा लक्षित कार्यक्रम अन्तर्गत युवाहरूलाई मनि भ्यानेजमेन्ट (Money Management), पूँजी लगानी सम्बन्धी कार्यक्रम गर्यो । अब चाहि हामीले स्मार्ट जमाना बसेर व्यवसाय गर्न प्रोडक्टहरू बजारको आवश्यकता अनुसारको सप्लाई (Supply) गर्न डिजिटल मार्केटिङ मार्फत उद्यमी बन्नलाई युवाहरूलाई प्रेरित गर्दै गयो भने विदेश जाने युवाको क्रममा कमी आउँछ । कतिपय युवाहरू नेपालमा कोसिस नै नगरी सिधै विदेश जाने सोचमा हुनुहुन्छ । सानाे उमेरमा गीत गाएर काठमाडौँमा घर बनाएर बसेको कुरा हामले युट्युबमा देखिरहेकै छौं । पढाइसकेपछि विदेश जाने ट्रेन्ड फलो (Trend follow) गरी बाहिरिने युवाहरूलाई वडाले Training दिई देशमै अध्ययनको साथसाथै व्यवसाय गरी आफ्नो सान र मानका साथ देशमै बस्न प्रेरित गरेका छाँ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी वडाबाट केही कार्यक्रम ल्याउने योजना छ ?

अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत, हामीले अपाङ्गता भएका मानिसहरूलाई सरसामान दिने काम गरेका छौं भने अपाङ्गता भएको, अटिजम डाउन सिन्ड्रोम (Autism down syndrome) भएको बालबालिकाहरूको परिवारलाई विशेष गरी अभिभावकहरूलाई सिलाई बुनाईको ट्रेनिङ गरायौँ।

एकल महिलालाई, बच्चालाई स्कुल पठाउन नसक्ने कतिपय अभिभावकहरूलाई घरमै बसेर केही गर्न सक्ने हिसाबका कार्यक्रमहरू ल्याएका छौं। अटिजम डाउन सिन्ड्रोम भएका बच्चाहरूको स्कुल स्पेसल हुने र पैसा पनि धेरै लाग्ने हुँदा, हामीसँग नजिक भएका धेरै संघसंस्थाहरूबाट उहाँहरूलाई छात्रवृत्ति प्रदान गर्ने, त्यस्तै एनजीओ (NGO) आईएनजीओ (INGO) मार्फत पनि सहयोग लिएका छौं। महानगरबाट पाउने सुविधाहरूका लागि सिफारिस पनि गरेका छौं।

यस वडामा रहेका सामुदायिक विद्यालयहरूको अवस्था कस्तो छ?

हाम्रो वडामा दुईवटा सामुदायिक विद्यालय छन्। श्री महालक्ष्मी विद्यालय र श्री चोइना बिना गुरु गणेश आधारभूत विद्यालय हुन्। महालक्ष्मी विद्यालयमा सिट भरिएको अवस्था छ। त्यहाँको शैक्षिक गुणस्तर पनि एकदमै राम्रो छ। चोइना बिना गुरु गणेश आधारभूत विद्यालयको पनि पहिला भन्दा शैक्षिक गुणस्तर निकै राम्रो भएको छ ।

आगामी दिनमा अझै राम्रो बनाउने हाम्रो योजना छ । अहिले ८ कक्षासम्म छ, यो वर्ष ९ सम्म बनाउन लागेका छौं । हाम्रो कार्यकालमै १० कक्षासम्म बनाउने एसइई (SEE) परीक्षामा सहभागी गराउने योजना छ । महालक्ष्मी विद्यालयमा ११-१२ कक्षा पनि सञ्चालन भइरहेको छ । 

विद्यालयहरूको प्रदर्शन (performance) राम्रो छ ?

श्री महालक्ष्मी विद्यालयको प्रदर्शन धेरै राम्रो छ । चोइना गुरु गणेश विद्यालयको पनि प्रगति हुँदैछ । हाम्रो कार्यकालमा नै चोइनालाई पनि महालक्ष्मी विद्यालय सरह बनाउने छौं ।

चक्रपथबाहिरको वडा भए पनि केही स्थान कोरसिटी एरियाभन्दा पनि व्यवस्थित देखिन्छन्, बाँकी क्षेत्रमा पूर्वाधार विकासलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

यो अढाई वर्षका गतिविधि हेर्दा बाँकी अवधिमा निकै काम गर्ने योजना बनाएको छु । वडा-नगरको बजेट बाहेक प्रदेश-संघबाट कति बजेट ल्याउन सक्छौं त्यो अनुसार कार्यक्रम निर्धारण गर्नेछौं । ५ वर्षको अवधिमा धेरै ओटा योजना सम्पन्न हुनेछन् ।

वडाले अहिले कुन क्षेत्रलाई प्राथमिकता दिएको छ?

हामीले बजेट बाँडफाँट गर्दा ६० प्रतिशत पूर्वाधार विकास क्षेत्र र ४० प्रतिशत सामाजिक कार्यलाई छुट्याएका छौं। पूर्वाधार मात्र विकास नभई सामाजिक विकास पनि आवश्यक छ भनी बजेट योजना बनाएका छौं।

यो वडा Hybrid समुदायको बस्ती हो भन्नुभयो, उहाँहरूको माग पनि त स्वाभाविक नै भयो। यो अनुसार जाँदा स्रोत साधन व्यवस्थापन गर्न कठिनाइ हुँदैन?

जातीय परम्परा, चाडपर्व, जात्रा, पूजाआजा लगायत जनजातिहरूको पर्वलाई सकेको बजेटहरू विनियोजन गरेका छौं।
महिला समूह, क्लब तथा टोल विकास समितिहरूलाई ३-३ वटाका दरले माग पेश गर्न सूचित गरेका थियौं। महिला समूह, क्लब तथा टोल विकास समितिबाट आएका माग, जनप्रतिनिधिका योजनाका आधारमा योजना छनोट गरेका छौं।

अबको अढाई वर्षमा यो वडा कस्तो बन्ने छ?

मठमन्दिर, मैले प्रतिनिधित्व गरेको वडा घरहरूले भरिएको र जनसंख्या धेरै भएको वडा हो। वडाभित्रका सार्वजनिक जग्गा, पाटीपौवा जति छन् ती सबैको संरक्षण गर्ने, ऐलानी जग्गालाई बालमैत्री, ज्येष्ठ नागरिक पार्क बनाउने।

खाली जग्गामा सामुदायिक भवन नबनाउने। हामीसँग पहिला नै सामुदायिक भवन पर्याप्त रहेकाले भवन बनाउन स्वीकृत नदिने। Hybrid समुदायमा Social Harmony सिर्जना गर्न विभिन्न कार्यक्रम दिने। चक्रपथ भित्र चाडपर्वलाई विशेष मान्यता दिँदै आए पनि चक्रपथ बाहिर मनाइने चाडपर्वलाई पनि भित्र जसरी व्यवस्थापन गरिएको छ सोहीअनुसार व्यवस्थापन गर्न आगामी दिनमा विशेष जोड दिनेछौं। यहाँका युवा, बालबालिका, ज्येष्ठ नागरिक सम्पूर्णलाई उहाँहरूको मागअनुसार कार्यक्रम दिएर वडा नं १४ सामाजिक हिसाबले Social harmony लाई सकारात्मक बनाउने मेरो सोच रहेको छ।

अन्तिममा केही भन्न चाहनु हुन्छ?

हाम्रो कार्यकाल अब लगभग दुई वर्ष ८ महिनाजति बाँकी छ। हाम्रो योजनाहरू धेरै छन् तर हामी यहाँको प्राथमिकता र आवश्यकताको अनुसार पूर्वाधारको हिसाबले बाटोघाटो देखि लिएर सुरक्षाको हिसाबले बत्ती, सी.सी. क्यामेरा जडान गर्दै र नेटवर्किङ गरेर वडालाई सुरक्षित बनाउने तर्फ लागिरहेका छौं।

सम्पदाका हिसाबले यहाँ भएका मठमन्दिरहरू संरक्षण गरेर पाटनकै शैलीमा बनाउने योजना छ। पाटी, पौवा, चौतारी, पानीका स्रोत (इनार-धाराहरू) पनि संरक्षण गर्ने योजना छ। बाटोघाटो, ढल, खानेपानी त प्राथमिक रुपमा संरक्षण गरिने भइहाल्यो सामाजिक विकासको हिसाबले महिला दिदीबहिनीहरूलाई वडामा उत्कृष्ट महिला बनाउने हिसाबका योजनाहरू ल्याउने छौं।

रिङरोड भित्रका महिलाहरू नगर सभाहरूमा धेरै पहिला देखि नै उपस्थित हुने तर रिङरोड बाहिरका त्यस्ता कार्यक्रममा उपस्थित नहुने हुँदा महिलाहरू पछाडि परेको हुन्। हाम्रो कार्यकालमा हाम्रो वडाका महिलाहरूलाई वडामा पाउने सुविधादेखि महानगरले दिने सुविधासँग आबद्ध गराउने छौं।

भोलिका दिनमा महिलाहरूलाई घरबाट बाहिर निकाली पुरुष सरहको लेभलमा लैजाने हाम्रो योजना छ। युवादेखि लिएर बालबालिकाहरु पनि अहिले २१ औ शताब्दीमा अभिभावकको गाइडलाइन अनुसार पढ्ने र विदेश जाने मात्र नभई पढाइका साथसाथै व्यवसाय गर्ने आर्थिक बाटोमा पनि कसरी जोडिने भन्ने कुरामा जोड दिएर युवाहरूलाई विदेशिनबाट कमी गर्ने योजना छ।

सम्बन्धित समाचार