देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

7.4k Shares

काठमाण्डौ – आज पनि देशभरको मौसम सफा छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भू–भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार